घर नजिक तर मन टाढा हुने शहर

Byआहा सञ्चार

२०८० असार ८, शुक्रबार ०८:५२

हरि जिज्ञासु 
आजभोली विकास गाउँमा पुगेको छ तर गाउँका मान्छेहरू गाउँ छोडेर सहर पसेको खबर म आफै सहरमा बसेर अखबारमा पढ्छु । समय परिवर्तन संगै अहिले त इन्टरनेटको कारण सहर गाउँसँग जोडिएको छ अनी गाउँ पनि सहरसँग जोडिएको छ ।
विकसित देशहरूका नागरिकहरू सहरमा भन्दा बढि गाउँमा बस्न रुचाउँछन् । किनकि त्यहाँ शान्त र स्वच्छ हावापानी हुन्छ । सहरको चर्को कोलाहलले मान्छेलाई छिट्टै दिक्क लाग्छ । नेपालका सहरहरु झन दिक्क लाग्दा छन् । काठमाण्डौँको बाग्मतीको दुर्गन्धको समाचार तपाईँ जहाँ बसेपनि अनलाइन अथवा अखबारमा पढ्नुभएकै छ होला ।

जसरी काठमाण्डौमा बागमती दुर्गन्धित छ त्यसरी सहरमा बसोबास गर्ने मान्छेहरूको सम्बन्ध पनि दुर्घन्धित छ जस्तो लाग्छ मलाई । केहि वर्ष अगाडि केहि कामको सिलशिलामा काठमाण्डौँ  आउने काम प¥थ्यो त्यतिखेर छिटो भन्दा छिटो काटमाण्डौँ छोड्न मन लाग्थ्यो । अहिले काठमाण्डौमै बस्न लागेको वर्षौँ वित्न लाग्यो । यहाँको रहनसहन सबै थाह पाइयो र सहने बानी परिसक्यो ।
तर मलाई गाउँ प्रिय लाग्छ । गाउँका मान्छेहरु प्रिय लाग्छन् । गाउँका मान्छेहरुको अभावभित्र पनि खुसी लुकेको छ । तर सहरका मान्छेहरूमा प्रशस्तताभित्र डाह र क्रोध लुकेको छ । सहरका मान्छेहरुको अभावभित्र एकलोपन र निराशा लुकेको छ । तपाईँहरुले कहिले काँहि सामाजिक सञ्जालमा पढ्नुभएकै होला,‘गाउँमा घरहरु टाढा–टाढा हुन्छन् तर मन नजिक हुन्छ तर सहरमा घरहरु नजिक हुन्छन् मन चाँहि टाढा हुन्छ ।’ यो वास्तिविकता नै हो । सहरमा तपाईँ डेरा गरेर बर्षौँ बस्नुहोस् तर एउटा कोठाको मान्छेले अर्को कोठाको मान्छेलाई चिन्ने बातावरण मिल्दैन ।
म बाल्यकालमा गाउँमा हुँदा आमाले मलाई एउटा एउटा जिम्मेवारी दिएर घाँस काट्न जानुहुन्थ्यो । आमाले घाँस काटेर आउँनुभन्दा अगाडि मैले खाना पकाएर राख्नु पथ्र्यो । चुलोमा आगो हुँदैन्थ्यो र घरमा सँलाई, लाइटर केही पनि हुदैन्थ्यो । म डाढु लिएर छिमेकीको घरमा आगो माग्न जाँन्थेँछिमिकी जसले पनि सजिलै आगो दिन्थेँ र मैले मेरो घरको चुलोमा आगो बालेर आमालाई खान पकाएर राखिदिन्थेँ ।

छिमेकमा एउटा मात्र सँलाई भएपनि सबै घरमा आगो बल्न सक्थ्यो । कुनै पनि घरमा मिटो मसिनो पाक्दैछ भने घरछेउको छिमेकीलाई नदिएर खानै मन लाग्दैन्थ्यो । मिठो मसिनो जे जस्तो भएपनि बाँडेर खाने प्रचलन गाउँमा अझै पनि छ । तर सहरमा यस्ता कुरा तपाईँ भेटाउँनुहुन्न
सहरमा तपाईँले बुढी मान्छे गाडिमा सीट नपाएर उभिएको र लक्का जवान कानमा एअरफोन लगाएर गमक्क सीटमा बसेको देख्नुहुन्छ । एउटै घरको कोठामा एउटा मान्छे बिरामीले छटपटाएको हुन्छ अर्को कोठाको मान्छेलाई अत्तोपत्तो हुँदैन । उसले चासो पनि दिदैन । तपाईँ सहरमा बिरामीले थला पर्नुभयो भने अस्पताल र मान्छेहरु धेरै नजिक छन् तर तपाईँलाई अस्पतालसम्मा पु¥याउँने मान्छेहरु धेरै टाढा छन् ।
केहि महिना अघि गाउँ गएको थिएँ । त्यहि समयमा गाउँमा दुईवटा मुख्य घटना घटे । एउटा सानो नानी भीरमा लडेर घाइते भइन् । उनलाई छिमिकीका केहि युवाहरुले समातेर गाउँको स्वास्थ्य चौकिमा ल्याए । बिरामीलाई बोकेको देखेपछि कसलाई के भयो भनेर गाउँमा हल्लाखल्ला मच्चियो ।  दश मिनेटमै गाउँका मान्छेहरुको सहभागीले स्वास्थ्य चौकिको प्राङ्गन भरियो । म गाउँबाट टाढा भएर सहरमा मानवता खोजिरहेको मान्छेले गाउँमा अझै पनि मानवता जिवित छ भन्ने कुराको महसुस् गरेँ ।

अर्को घटना गाउँकै एकजना उमेर पुगेकै बाजेको निधन भयो । निधन भएपछि गाउँका सबै मान्छेहरुले त्यो दिनमा भएका आफ्नो महत्वपूर्ण कामलाई क्यान्सिल गरे । उनीहरूको महत्वपूर्ण काम भन्दा सयौँ गुणा महत्वपूर्ण काम उनीहरुको लागि मृतक बाजेको मलाम जानु लाग्यो । गाउँमा एउटा मान्छेको कारणबस निधन भयो भने पुरै गाउँ नै शोकमा डुब्छ । गाउँका सबै जना मलामा जान तयार हुन्छन् । गाउँमा मृतक शरीर जलाउँन दाउरा किन्नुपर्दैनै मलामीहरूले दाउरा लैजान्छन् । त्यसकारण मलाई गाउँ प्रिय लाग्छ अनी गाउँमा मानवता छ ।
गाउँमा भएको मानवतादेखि सहर धेरै टाढा छ । सहरमा अनेकथरी मान्छेहरु छन् । व्यक्तित्व निर्माण गर्ने होडबाजीमा सहरका मान्छेहरुले छिमेक त के आफन्तहरुलाई नै भुलिदिन्छन् । सहरमा बसोबास गर्ने मान्छेहरुलाई आफ्नो बाहेक अरुको चिन्ता छैन । तर जति आफ्नो चिन्ता गरेपनि आफैभित्र खुसी हुन नसकेका मान्छेहरु मैले सहरमा धेरै देखेको छु र भेटेको छु ।

मैले गाउँ र रहरको मानवताको विषयमा केहि कुरा गरेँ । तपाईँ आफैले पनि गाउँ र सहर बीचको अन्तरको अनुभव गर्नुभएको छ होला । आज सहरमा धेरैले मानवता खोज्नेगर्छन् । व्यक्तिगत जिम्मेवारीले थला परेको सहरमा तपाईँले मानवता खोज्नुभयो भने कम भेटाउँनुहुन्छ । मानवता नै नहुने त होइन तर कम भेटिन्छ । सहरमा मानवताको आशा बढ्नुकोसाटो घट्दै गएको छ । मान्छेहरु व्यक्तिगत जिम्मेवारी पूरा गर्नको लागि अर्काेलाई बिर्सीने गरेका छन् ।
गाउँका पनि केहि आफ्नै कमिकमजोरीहरू छन् । जातिय छुवाछुत जस्ता समाजको घृणित दृष्यहरु गाउँमा प्रष्ठ देखिन्छन् । तर यस्ता दृष्यहरु देखिनुमा सहर पनि कहाँ अछुत छर ? सहरमा पनि देखिन्छन् यस्ता दृष्यहरु । हाम्रो महान र प्रिय लाग्ने नेपाली समाजमा यस्ता घिनलाग्दो प्रचलन कुन चाँहि यमराजले घुसायो होला ? यस्ताखालका घृणित दृष्यहरुलाई समाजले नै थुकेर नफालेसम्मा कुनै पनि एन.जि.ओ ले जति लगानी गरेता पनि फाल्न सक्दैन । त्यसकारण मानवता सहरमा भन्दा गाउँमा भेटिन्छ र  गाउँमा मानवता भेटाउँनुहुन्छ

म खासमा गाउँ मन पराउँने मान्छे हुँ । म पनि अहिले त सहरमै विलीन भएको छु । तर म जस्तै लाखौँ नेपालीहरु देशको सहर भन्दा विदेशका सहरहरुमा घुलेका छन् । मलाई थाह छ सहरमा मैले सजिलै मानवता भेटाउन सक्दिन भन्नेकुरा । त्यसकारणले सहरका मान्छेहरुले मानवता खोज्दैनन् । उनीहरुलाई मानवता भन्दा पनि व्यक्तित्व विकासमा जोड दिन्छन् । गाउँका सुन्दर दृष्यहरू गाउँका साथिभाइहरुले टिकटकमा राखेका हुन्छन् हामी त्यहि टिकटक हेरेर गाउँको सुन्दरतामा रमाउँछौँ । गाउँमै गएर रमाउनको लागि व्यक्तिगत र पारिवारिक जिम्मेवारीले हामीलाई बाँधेर राखेको छ यहाँबाट फुत्केर आउँन सकिदैन । त्यसकारण सहरमा मानवता नखोजेर नै बसिएको छ ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto