आज संसारभरका श्रमजीवी मजदुरहरुले १३७ औं अन्तरास्ट्रिय श्रमिक मजदुर दिवस धुमधामका साथ मनाउन गइरहेका छन । संसारभर आज सम्पूर्ण मजदुरहरुलाई सरकारले विदा दिइरहेका छन् । आधुनिक मजदुर आन्दोलनको इतिहासमा आजको दिन अर्थात् मे १ एक ऐतिहासिक दिन हो । आजकै दिन सन १८८९ मे १ का दिन श्रमजीवी मजदुरहरुले ८ घण्टा काम , ८ घण्टा मनोरञ्जन र बाँकी ८ घण्टा आराम गर्न पाउने अधिकार प्राप्त गरेको दिन हो । त्यस ऐतिहासिक दिनदेखि श्रमजीवी मजदुरहरुले उत्सवका रुपमा मनाउन थालेका थिए । त्यो भन्दा पहिले मजदुरहरुले पुँजीपतिहरुको कारखानामा १५÷ १६ घण्टा काम गर्नु पथ्र्यो ।
ऐतिहासिक अवसरमा विश्वभर क्रियाशील क्रान्तिकारी पत्रकार तथा लेखकहरुको छाता संगठन हाम्रो अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रले १३७ औं अन्तरास्ट्रिय श्रमिक मजदुरमा केन्द्रले ऐक्यबद्धता जाहेर गर्दछ । केन्द्रका अध्यक्ष हस्तबहादुर केसीले एक प्रेट विज्ञप्ती जारी गरेर एक्यवद्धता जाहेर गरेका हुन ।
उनको विज्ञप्तीमा वैज्ञानिक समाजवाद हुँदै वर्गबिहिन, राज्यविहिन समानतामूलक वैज्ञानिक साम्यवादी नौलो संसारको निर्माण पछि मात्र श्रमजीवी मजदुरहरुले पूर्णरूपमा मुक्ति पाउने भएकाले आज उनीहरूसंग विश्व सर्वहारा क्रान्तिमा लामबध्द हुनुको विकल्प नभएको उल्लेख गरेका छन ।

फेसबुकमा प्रतिक्रिया दिनुहोस...