हरि जिज्ञासु
हामीले सानो उमेरदेखि नै पढ्दै आएको एउटा सुन्दर वाक्य छ ‘सुन्दर, शान्त नेपाल’ अन्य मुलकहरु भन्दा नेपाल अली बेग्लै छ । नेपालमा विभिन्न जाति समुदायको बसोबास रहेको छ र विभिन्न धर्ममा आस्थावान व्यक्तिहरु पनि बसेका छन् । अनेकतामा एकता देखिनुले नेपाल सुन्दर र शान्त भएको देखिएको हो । वास्तवमा राज्य र सबै नागरिकहरुको भावनालाई गहिरोगरी अध्ययन गर्दा राज्यले कतिपय जाति र धार्मिक समुदायको भावनामाथि चोट पु¥याएको प्रष्ठ देखिन्छ ।
राज्यले निर्माण गरेको कानूनको पालन गर्दै जुनसुकै नागरिकले पनि आफ्नो व्यक्तिगत चाहानामा जीउन चाहानु उसको अधिकार हो । यस्तोखालको अधिकारको निम्ति अन्तराष्ट्रिय मानवअधिकारसंग सम्बन्धित विभिन्न संस्थाहरुले पनि आवाज उठाउने गर्छन् । अन्तराष्ट्रिय जगतमा नेपाल मिलेर बसेको देखिनुको पछाडी नेपालमा बसोबास गर्ने जनजाती र दलित समुदायको ठूलो योगदान रहेको छ । जंगबहादुरले निर्माण गरेको मुलुकी ऐन १९१० ले जनजाति र दलित समुदायलाई कति अपहेलित गरेको छ भन्ने कुरलाई हामीले प्रष्ठ रुपमा देख्न सक्छौँ । यदि आजको दिनसम्म जनजाति र दलितहरुले आफ्नो अधिकारको लागि चर्को आवाज उठाएको भए हाम्रो सुन्दर देश, शान्त र सुन्दर रहन सक्दैनथियो ।
आज जसरी नेपाल विभिन्न जाति, भाषा र धर्मको बीचमा पनि सुन्दर र शान्त देखिन्छ यसमा शासकहरु अर्थात जिम्मेवारी व्यक्तिहरुको अगाडी कम्जोरहरु चुप लागेर बसेको कारण हो । नेपाल विकास नहुनुको पछाडी नेपाल सरकारले सबै जाति र समुदायको समान अधिकारको सुनिश्चितता नगर्नुको कारण पनि हो । सरकारले सबै जाति समुदायलाई समान अधिकार दिए जस्तो गरेता पनि व्यवहारमा दिएको छैन । राज्य संचालन प्रणालीलाई हेर्ने हो भने पनि राज्य संचालक गर्न सक्ने पदमा आजसम्म कोही दलित पुगेको देख्नुभएको छ ? कोही जनजाति पुगेको छ ? कोही थारु समुदायको व्यक्ति पुगेको देख्निुभएको छ ? सयौँ वर्ष वित्यो हेपिएका र दविएका जाति समुदायले कहिले पनि अबसर पाएनन् । संधै ब्रामाणबाद हाबी भईरह्यो । उनीहरुले नै सरकार चलाई रहे उनीहरुले नै नेपाललाई सुन्दर र शान्त भएको सन्देश दिइरहे ।
नेपालमा धेरै जाति र धार्मिक समुदायको बसोबास रहेकोले हरेक धार्मिक समुदायका आ–आफ्नै चाडपर्वहरु छन् । हरेक चाडपर्वहहरुमा आफ्नै मूल्य र मान्यता लुकेका छन् । आफ्नो धार्मिक आस्थामा आधारित चाडपर्वमा सरकारको पनि सहभागीता रहोस् भन्ने जुनसुकै नागरिकको पनि आशा हुन्छ । हिन्दु धर्मलम्बीहरुको महान पर्व दशैँ र तिहारलाई मात्र सरकारले बढि प्राथामिकता दिने गरेको पाईन्छ । ख्रीष्टियन, मुस्लिम, जैन, सिख, बुद्धिष्ट लगायत अन्य विभिन्न धार्मिक समुदायहरुको चाडपर्वहरु हुन्छन् तर ती चाडपर्वहरुमा सरकारको सहभागीता कम देखिन्छ । हिन्दु धर्म बाहेक अन्य विभिन्न धर्मलम्बिहरुको चाडपर्वहरुको कार्यक्रमहरुलाई सफल पार्नको लागि राज्यले केहि थोरै रकम उपहार स्वरुप हस्तान्तरण गर्नु त परै रहोस् गरेको निमन्त्रणमा राज्यका जिम्मेवारी व्यक्तिहरु सहभागी हुदैनन् ।
इसाई समुदायको महान पर्व ख्रीष्टमसलाई राज्यले कस्तो नजरले हेर्छ भन्ने कुरालाई पनि प्राथामिकता साथ हेर्नुपर्छ । इसाई समुदायले डिसेम्बर महिना सुरु हुने वित्तिकै आफ्नो धार्मिक आस्था अनुसार ख्रीष्टमसलाई भव्य रुपमा मनाउने तयारी गर्छन् । तर अझै पनि राज्यको उच्च पदमा पुगेका जिम्मेवारी व्यक्तिहरुमा नै संक्रिण सोच छ । उनीहरुको नजरमा इसाई धर्म सँधै विदेशीहरुको विस्तारबादमा जोडिन्छ । तर बास्तवमा भन्ने हो भने धर्म त्यस्तो चीज हो जसले व्यक्तिलाई अनुशासनमा बाँध्न सिकाउँछ र अनुशासनमा बाँच्न सिकाउँछ । जुनसुकै नागरिकले पनि आफ्नो चाहानाअनुसारको धर्ममा आस्था राख्न पाउँनुपर्छ । धर्म भनेको कसैले परिवर्तन गरेर गरिने चिज हो होइन । राजनीतिक दलका नेताहरु इसाई समुदायको अधिकार सुनिश्चितताको लागि बोल्न डराउँछन् । मुस्लिम समुदायको धार्मिक आस्थाको निम्ति पनि आवाज उठाउन उनीहरुलाई मुस्किल पर्छ । हामीले बुझ्नुपर्ने मुख्य विषय के हो भने धार्मिक र जातिय सद्भावलाई राज्यले संधै कायम राख्ने प्रयास गर्नु भनेको पनि विकास हो । सबै धार्मिक तथा जाति समुदायको आस्था अनुसारको अधिकार पनि सरकारले सुनिश्चित राख्नुपर्ने हुन्छ ।
हाम्रो देश नेपाल सुन्दर, शान्त र सभ्य देखिनुको लागि त्यो देशका नागरिकहरुलाई समान रुपमा अधिकार दिलाएको हुनुपर्छ । कुनै पनि नागरिकले आस्था राखेको धर्मको कारण विभेदित भएर बसेको महुसुस नभएको होस् । अहिले पछिल्लो अबस्थामा नेपालका उच्च सरकारी निकाय तथा विभिन्न सार्बजनिक स्थानमा ख्रीष्टियनहरुलाई हेर्नेदृष्टिकोण फरक देखिन्छ । कहिले काँहि त शिर्ष नेताहरुले नै सांसद रोष्टमबाटै ख्रीष्टियनहरुलाई धर्म परिवर्तनको आरोप लगाउँछन् । धर्म प्रचारकाको आरोप लगाउँछन् । नेपालमा ठूला भनेका पार्टीका कार्यकर्ताहरुले नै धार्मिक समुदायलाई विदेशी र स्वदेशीको अर्थ लगाएर विभेद गरेपछि सर्बसाधारणले उनीहरुले के सिक्ने ? त्यसकारण नेपालमा जसरी विभिन्न जाति र समुदाय एक आपसमा मिलेर बसेको देखिएको छ, यस्तो खालको सुन्दरतालाई भट्काउनको लागि राज्यले भूमिका नखेलोस् भन्ने हो । राज्यले सबै जाति, भाषा र धार्मिक समुदायको लागि समान व्यवहार गरोस् ।
नेपाली समाज त्यस्तो समाज हो जसलाई भातृत्वको ज्ञान राम्रोसँग थाह छ । तर बीचमा कतिपय व्यक्तिहरु सामाजिक र धार्मिक सद्भाव भट्काउनको लागि देखापर्छन् । यस्तो खालका व्यक्तिहलाई सरकाले कार्वाही गर्नु आवश्यक छ । धार्मिक र सामाजि सद्भाव भट्काउन खोज्नेहरु हिन्दु, ख्रीष्टियन, मुस्लिम जुनसुकै धार्मिक समुदायको भएता पनि सरकारले तत्काल कार्बाही गर्नुपर्छ । नेपाली समाज त्यस्तो समाज होस् जसले एक अर्काको अस्तित्व स्वीकारोस् । ख्रीष्टियनहरुले पनि हिन्दु धार्मिक समुदायको अस्थित्वलाई सहजसाथ स्वीकार्नुपर्छ अनी हिन्दुहरुले पनि सबै धार्मिक समुदायको अस्थित्वलाई स्वीकार गर्नुपर्छ । किनभने जसले जुन धर्ममा आस्था राखेता पनि हामी नेपाली हौँ । हाम्रो रगतमा नेपालीपन मिसिएको छ । त्यसकारण आस्था एउटा कुरा हो देश प्रतिको माया अर्को कुरा हो । फरक धर्ममा आस्था राख्ने विक्तिकै कुनै पनि व्यक्ति देशद्रोही हुन सक्दैन ।
अब धेरै कुराहरु गर्नु भन्दा पनि नेपाल सरकार नेपालमा बसोबास गर्नु विभिन्न धर्ममा आस्था राख्ने नागरिकहरुको अभिभावक अएकाले सबै नागरिकलाई समान व्यवहार गर्नुपर्छ । राज्यले नै कुनै धार्मिक र जाति समुदायलाई नजिक र कतिलाई टाढा बनाउन खोज्यो भने यो सबै भन्दा नराम्रो कार्य हो । यस्ता खालका विभेदपूर्ण कार्यले कुनै न कुनै दिन देशलाई अशान्त बनाउन सक्छ । उदाहरणको लागि भन्ने भने अहिले जति दविएर रहेको समुदाय छ उनीहरुले आवाज उठाइरहेका छन् । मधेस आन्दोलनबाट उदाएका डा. सिके राउत, थारु आन्दोलनबाट उदाएका टिकापुरका रेशम चौधरी, दलित समुदायबाट उदाएका विभिन्न दलितअधिकारकर्मीहरु अधिकारको लागि बेलाबेलामा सडकमा आएर कराउँनु भनेको देश अशान्त भएको सन्देश अन्तराष्ट्रमा दिनु पनि हो । त्यसकारण नेपाललाई साँच्चिकै सुन्दर र शान्त बनाउने हो भने राज्यले सम्पूर्ण धार्मिक समुदायको लागि समान व्यवहार गर्नुपर्छ । धार्मिक सद्भावलाई समान दृष्टिले हेर्नुपर्छ र प्रयोग गर्नुपर्छ । नेपाललाई कसरी विकासको मार्गमा हिडाउँने भन्ने विषयमा सामाजिक र धार्मिक सद्भाव पनि विकासको एउटा पाटोमा पर्छ । त्यसैले नेपाल सरकार सामाजिक र धार्मिक सद्भावलाई मिलाउनको लागि कुनै पनि तवरले पछि नपरोस् । ख्रीष्टियनहरुको महान पर्व नजिकै आएकोले ख्रीष्टमस बडादिनको हार्दिक शुभकामना सबैजनालाई ।
