हरि जिज्ञासु
स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा मलाई मेरो जीवनको पहिलो पटक धरान जाने मौका जु¥यो । धरान सहर सुन्दर छ तर जति सुन्दर देखिन्छ त्यति व्यवस्थित भने छैन । धरान मेरो लागि नौलो थियो । त्यहाँको प्राय संरचनाहरु नजिकबाट नियाल्न पाएँ । धरानको भानु चोक आसपासमा फोहरको थुप्रो थियो । सडक त्यति व्यवस्थीत रहेको देखेन । जब म भानु चोक नजिकैको भ्यूटाउर भन्दा अग्लो होटलमा गएर कफि पिउन थालेँ त्यसपछि पुरै धरानको सुन्दरता देँखेँ । धरान साँच्चिकै सुन्दर सहर रहेछ भन्ने थाह भयो ।
म बैशाख २४ गते धरान पुगेको कारण स्थानीय निर्वाचनको तयारी राजनीतिक दलहरुले तिब्र रुपमा गरिरहेका थिए । चुनाव प्रचारप्रसारमा पश्चिम नेपाल भन्दा पूर्वी नेपालका मान्छेहरु धेरै अगाडी रहेछन् भन्ने कुरा पनि मलाई थाह भायो । प्रत्येक अटो रिक्सामा पार्टीको झण्डा देखिन्थ्यो । सडकमा जताततै पार्टीका घोषण पत्र भेटिन्थेँ । बालकदेखि बृद्धिसम्मले पार्टीको झण्डा नै बोकेको भेटाएँ । तर अच्चमको कुरोे हर्क साम्पाङ जसले लौरो चुनाव चिन्नहबाट निर्वाचनमा भाग लिएका थिए । उनको चुनाव प्रचारप्रसार त्यति देखिन । सायद उनलाई मैले नचिनेर पनि होला । चिनौँ पनि कसरी ? उनको न पार्टी छ ? उनले न चर्को आन्दोलन गरेर टायर बाल्छन् ?, उनले परिवर्तनको लागि भीड जम्मा गरेर ढुङ्गामुडा गरी अराजकता निम्ताउने गतिविधि गरेको भए सकभर मैले चिन्न सक्थेँ होला । मैले अहिले सम्म देखेका जति पनि विकासवादी शिद्धान्त बोकेर हिडेँका राजनीतिक कार्यकर्ता भन्दा सयौँ गुणा फरक रहेछन् हर्क साम्पाङ राई । त्यसकारण उनलाई धराने जनताले २० हजार ८ सय २१ मतले चिने । आफूलाई राजनीतिको राजा सम्झिने राजनीतिक दलहरुलाई धराने जनताहरुले पाखा लगाइदिए ।
मान्छेले मान्छेको दुःख नदेखेर सुःख देख्छन् भने जस्तै हर्क साम्पाङ एक्लै सडकमा गएर धराने जनताको निम्ति कराएको दश वर्ष वितेछ । निडर र धरानका जनताको भलो चाहने उनलाई धराने जनताले दश वर्ष पछि बल्ल चिनेछ । साधारण भाषामा भन्नुपर्दा उनी एक सामाजसेवी हुन् । धरानका जनताको समस्याहरुलाई उनले नजिकबाट नियाल्दै आएका थिए । कतिपय सरकारी कर्मचारीहरुसँग गैरजिम्मेवारी काम भयो भन्दै चर्काचर्की गरेको भिडियो युट्यव र फेसबुकमा हामी अहिले हेर्न पाउँछौँ । जसरी उनी धरानका जनताहरुको निम्ति एक्लो आवाज उठाउथे, त्यो बेलामा उनलाई नत मिडियाले साथ दियो ? न धरानका जनताले साथ दिए ? बरु सडकमा एक्लै अधिकार र विकासको पक्षमा माइक समातेर कराउने उनलाई बौलाह अर्थात पागलको उपनामले चिन्न थाले । तर समय एकै रहेन । यो स्थानीय तहको निर्वाचनमा धरानका जनताले उनलाई सडकबाट टिपेर नेतृत्व गर्ने ठाउँमा बसालिदिए । उनी धरान उप–महानगरपालिकाको नगर प्रमुख भए । पार्टीको नक्कली घोषणापत्र बोकेर भ्रमात्मक रुपमा जनताको सेवा गर्छौँ भन्ने राजनीतिक दलका कार्यकर्ताहरुलाई धरानका जनताले पाखा लगाइदिए । स्वतन्त्र रुपमा समाजसेवी हर्क साम्पाङ जस्ता व्यक्तिहरु नगरप्रमुख बन्नुले जनताले केही बुज्दैछ भन्ने संकेत हो ।
नेपाली राजनीतिप्रति जनताको बितृष्णको आगो देश भरी फैलिदैछ भन्ने कुरा मैले बेलाबेलामा भनीरहेकै छु । राजनीतिक दलहरुले गरेको खिचतानीको क्रियाकलाप जनताले हेरिरहेका छन् । जनताले राजनीतिक दलका कार्यकर्तालाई गत स्थानीय तहको निर्वाचमा विजय बनाएको प्रतिफल खासै राम्रो देखिएन । विकासको नाममा गाउँगाउँमा सडक पुगेपनि वडा अध्यक्षहरुले डोजर किनेर जनताको कुरा नुसुनी आफूखसी चलाए । पाँच वर्षको अवधिमा विकासले धेरै फट्को मानुपर्ने तर तेसो हुन सकेन । राजनीतिप्रतिको अहंमता जनप्रतिनिधिहरुसँग तिब्र रह्यो । कोही जनप्रतिनिधीहरु फेरि पनि दोहरीए । तर समग्रहमा भन्नुपर्दा जनता निरास अबस्थामा छन् । जनताले विकास र समृद्धिको आशामा असल र कर्मनिष्ठ नेतृत्वको खोजि गरिरहेका छन् भन्ने कुरा यो वर्षको स्थानीय निवार्चनले प्रष्ठ पारेको छ ।
देशको राजधानी काठमाण्डौँ महानगरपालिकाको नेतृत्व गर्नेकुरामा राजनीतिक दलको तछाडमछाड हुन्छ र हुन्थ्यो । एमालेबाट निर्वाचनमा भाग लिएका केशब स्थापितको चुनाव जित्ने दम्ब नेपाली जनताले देख्यो । उनले बोलेको बोली समेत जनताले विचार ग¥यो । काठमाण्डौँका जनताले आफूलाई जिताउँछन् भन्ने कुरामा केशब स्थापित ढुक्क थिए । अझ भन्नुपर्दा एमाले अध्यक्ष समेत रहेका केपीशर्मा ओलीलाई काठमाण्डौँको नेतृत्व आफ्नै जनप्रतिनिधिले गर्छन् भन्ने कुरामा विश्वास दम्बका साथ लागेको थियो । तर परिणममा त्यस्तो आएन । वास्तवमा धरान र काठमाण्डौँका जनताले देशको राजनीतिक पार्टीहरुलाई त्रसित बनाइदिए । सामन्य भाषामा भन्नुपर्दा केही सोच्नै पर्ने बनाइदिए । अब पार्टीको एजेन्डा जनता केन्द्रीत हुनुपर्छ र कार्यकर्ताहरु इमान्दार अनी कर्मनिष्ठ हुनुपर्दो रहेछ भन्ने चेत स्वतन्त्रबाट निर्वाचित भएका जनप्रतिनिधि हर्क साम्पाङ र बालेन्द्र शाहले देखाइदिए । यो स्थानीय निर्वाचनमाा स्वतन्त्रबाट जित्नेहरुले एउटा नयाँ बाटोको सुरुवात गरेका छन् । अर्को पाँच वर्ष पछिको निर्वाचनमा बालेन्द्र र हर्क साम्पाङले निमार्ण गरेको बाटोमा धेरै जना हिड्ने छन् । र जसरी धरान र काठमाण्डौँको जनताले जनप्रतिनिधि कसरी चुन्न सकिन्छ भन्ने पाठ यो वर्ष सिकाएका छन् त्यसरी, यस्तो पाठ अर्को आउने निर्वाचनमा देशका धेरै सहरहरुले सिक्ने छन् र असल बाटो पक्षाउने छन् ।
कलाकारिताबाट जनप्रतिनिधि बनेर काठमााण्डौँको नेतृत्व गर्ने आशा राखेका बोलेन्द्र शाहलाई उनको ¥याप गीतलाई मन पराउनेहरुले सुरुमा हाई हाई भनेका थिए । मलाई सुरुमा लागेको थियो यी व्यक्तिले चुनाव जित्दैनन् । उनले जित्न सक्छन् भन्ने कुराको विश्वास जनतामा थिएन पनि । तर जब निर्वाचन सुरु भयो जनताले उनै र्यापर बालेन्द्र शाहलाई करिब ६१ हजार भन्दा बढि मत दिएर बिजय बनाए । काठमाण्डौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवारले निर्वाचन जित्नु भनेको राजनीतिक दलहरुले आफ्नो कार्यशैलीको मूल्याङकन गर्नै पर्ने समय हो । पछिल्लो अवस्थामा नव निर्वाचित काठमाण्डौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहको आगमणलाई केन्द्र बनाएर धेरै राजनीतिक दलका अध्यक्षहरुले आफ्नो पार्टीका कार्यकर्ताहरुलाई प्रशिक्षण समेत दिएका छन् । उनीहरुको मनमा आउने निर्वाचनलाई कसरी आफ्नो पक्षमा बनाउने हो भन्ने कुरामा चिन्ताको बास हुन थालेको छ । माओवादी केन्द्रका अध्यक्ष कमरेड प्रचण्डले त झन बालेन्द्र र हर्क साम्पाङले माओवादीको ऐजेण्डालाई जनताको सामु बाँडेर जितेको भन्ने कुरा उद्घोष गरेका छन् । जेहोस् स्वतन्त्र उम्मेदवारहरुको जितले नेपाली राजनीति र नेपाली जनता बीचमा केही हलचल भने पक्कै मच्चाएको छ । यो हलचल आउने पाँच वर्ष पछि झनै गतिलो तरिकाले मच्चिनेछ ।
अब कुरो रह्यो स्वतन्त्रबाट लौरो चुनाव चिन्ह लिएर जनताबाट निर्वाचित भएका जनप्रतिनिधिहरु, धरानका हर्क साम्पाङ, धनगडीका गोपाल, र काठमाण्डौँका बालेन्द्र शाहले जनताको पक्षमा रहेर पाँच वर्षको कार्यकालमा कतिसम्म काम गर्छन भन्ने कुरा मुख्य रह्यो । उनीहरुको कार्यशैली देख्दा जनतामा केही आशा भने पलाएको छ । जनताहरु उनीहरुले गरेको कामको प्रतिक्षामा रहेका छन् । तर बास्तवमा जनताको निम्ति हर्क र बालेन्द्रहरुले काम गर्न नसकेता पनि जनताको निम्ति नयाँ राजनीतिक बाटो खुलेको छ । यो नयाँ राजनीतिक बाटो भनेको जनताले जनताको निम्ति केही गर्न सक्ने जनप्रतिनिधि जनताले नै चुन्न सक्नु हो । धरान र काठमाण्डौँमा स्वतन्त्रबाट निर्वाचित भएका जनप्रतिनिधिले गरेको काम देखेर अन्य राजनीतिक दलबाट निर्वाचित भएका जनप्रतिनिधिलाई प्रतिस्पर्धा गर्ने अवसर मिलेको छ । यदि आउने दिनहरुमा पनि उनीहरुले आफ्नो बानी सुधारेनन् भने जनताले आफ्नो चाहनाको उम्मेदवार आफूलाई विश्वास लाग्ने व्यक्ति पक्कै चुन्न सक्नेछन् । अब हामीले यहि स्वतन्त्र उम्मेदवार विजयको कुरालाई फरक ढंगबाट हेरौँ । काठमाण्डौँ, धरान र धनगडी भनेका नाम चलेका सहरहरु हुन् । यी सहरहरुमा बसोबास गर्ने नागरिकहरुको चेतना अलि चलाख छ । उनीहरुले राम्रो र नराम्रो यसरी छुट्याउनुपर्छ भन्ने बाटो देखाई दिए । तर दुर्गम र विकट गाउँमा स्वतन्त्र उम्मेदवारलाई निर्वाचन गराउँनुपर्छ भन्ने चेत अझै कम्जोर छ । राजनीतिक दलहरुले त्यहाँ मासुभात बेचेर नै मुल्यवान मत हात पार्ने गर्छन् । यस्ता खालका घृणत प्रबृत्तिहरुको अन्त्य हुनैपर्छ । जनताले जुनसुकै राजनीतिक दलको व्यक्ति भएतापनि राम्रो व्यक्ति को हो ?, र कसले जनताको हितको निम्ति काम गर्न सक्छ भन्ने कुरालाई मध्यनजर गरी जनप्रतिनिधि चुन्नुपर्छ । समग्रहमा भन्नुपर्दा हर्क साम्पाङ र बालेन्द्र शाहको जितले नेपाली राजनीतिको जरालाई हल्लाएको छ । प्रमुख राजनीतिक दलहरुले राजनीतिको रुख जनताले ढालिदिन्छन् की भन्ने डरमा हिजो आज जीवन विताईरहेकाछन् । तपाईँ र हामी हेर्दै जाउँ, बालेन्द्र र हर्क साम्पङको कामले जनताको मन कतिसम्म जित्न सक्छ र राजनीतिकदलबाट निर्वाचित भएका जनप्रतिनिधिले उनीहरुको कामबाट कतिसम्म सिक्न सक्छन् अनी जनतलाई विश्वास दिलाउन सक्छन् ?
