हरि जिज्ञासु
निर्वाचन नजिकिदैछ । पाँच वर्ष सेवा र शासन चलाएका जनप्रतिनिधिहरु आफ्नो कार्यकाल सकिन आँटेपछि झसंग भएका छन् । आफूले गरेको पाँच वर्षको कामले जनतालाई कतिसम्म प्रभाव पा¥यो भन्ने हेक्का उनीहरुले राख्दैनन् । अझै पनि उनीहरुमा स्थानीय तहको मालिक भएर सेवा र शासन चलाउने सपना छ । अबको जनताले उनीहरुलाई कतिसम्म विश्वास गर्छन् भन्ने कुरा आगामी निर्वाचनमा थाह पक्कै हुन्छ ।
केन्द्रीय सरकार नीति भन्दा स्थानीय सरकार नीति मलाई राम्रो लाग्यो । राजनीतिक उतारचढावले गर्दा केन्द्रीय नेताहरुलाई कहिले खुसी बनाउँछ कहिले दुःखी । कतिपय पार्टीका नेताहरु एक महिना भन्दा बढि मन्त्री पदमा रहन नसकेको कुरा हामीले देखेकै छौँ । अहिले सम्म केन्द्रीय राजनीतिमा उतारचढाव आइरहेको छ ।

स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुलाई ५ वर्ष पूर्ण रुपमा जनताको सेवा गर्ने अवसर मिलेको छ । यो एउटा राम्रो पक्ष हो । तर कतिपय स्थानीय तहका जनप्रतिनिधिहरुले आफूले पाएको ५ वर्षलाई सहि तरिकाले सदुपयोग गर्न नसकेको देखिन्छ ।
देशको राजनीति र अर्थ नीतिलाई हेर्दा डामाडोल छ । देशको विकासत्मक शैलीलाई हेर्दा आजको पुस्ताले आफ्नो उमेरकालमा विकासको सपना पूरा होला जस्तो देखिदैन । देशका सबै जाति समुदायले विकास चाहान्छ तर विकास चाहेर मात्रै हुने कुरा होइन । विकास गर्ने कुरा हो । देश अलमलिएको छ । धनीहरु बेस्सरी धनी हुँदैछन् । गरिबहरु बेस्सरी गरिब हुदैछन् । अर्थत्रन्त्र डामोडल छ । सरकारमा रहनेहरुले जनताको भावनालाई कदर नगरी आफ्नो व्यक्तिगत विचार प्रयोग गरी नीति लागु गर्ने प्रयास गर्छन् । व्यक्तिगत नीतिले देशबासीको भावनालाई पक्कै समेट्दैन । देशका ग्रामिण क्षेत्रहरु सुख्खा छन् र गाउँमा युवाहरु छैनन् भन्ने कुरा कति लेखिरहनु ?, बुढा बुवाले हलो समात्छन् अनी बुढी आमाले कुटो र कोदालो समात्छिन् भन्ने दुःखान्त सन्देश कति लेख्नु ?, हजारौँ युवाहरु देश छोडेर प्रदेश जाँदैछन् अनी उनीहरुले चर्को गर्मीमा पसिना बगाउँछन् भन्ने नरमाईलो सन्देश कति लेख्नु ? साँच्चिकै देश सुन्यतामा बाँचरिहेको छ ।

पाँच वर्ष जनप्रतिनिधिहरुको लागि सुखद वित्यो या दुःखद, मलाई त्यति हेक्का भएन । तर अधिकांस जनप्रतिनिधिहरुको भावनालाई हेर्दा उनीहरु फेरि दोहरिन चाहन्छन् । कतिपयले धेरै राम्रो काम गरेर जनताको मन जितेका छन् भने कतियले जनताको मन जित्न सकेका छैनन् । अली ठाडो भाषामा भन्नु पर्दा कतिपय जनप्रनिधिहरुको लागि कराईको तरकारी मिठो लागेर खाँदा खादै सकिएको जस्तो अनुभूती भएको छ । उनीहरुले फेरि जनाताको सेवा र शासन गर्न चाहन्छन् । असल नेताले राजनीति गर्नु राम्रो कुरा हो तर जो पायो त्यसैलाई जिम्मेवारी सुम्पिनु गलत कुरा हो ।
देश अनेक समस्याहरुको पीडाले बाँचिरहेको छ । शिक्षा, स्वास्थ, यातायात, रोजगार लगायत अन्य धेरै कुराहरु देशमा अपुरा छन् । यस्ता अति आवश्यक कुराहरुलाई पूरा गर्ने असल राजनीतिक देशमा जन्मनु आवश्यकता छ । अहिले सम्म देश विकासको जिम्मा पाएकाहरुले देशको लागि काम गरेनन् । काम गरे तर आफ्ना लागि । अस्ती म एउटा कार्यक्रमको रिर्पोटिङको लागि प्रज्ञाप्रतिष्ठान कमलादीमा पुगेको थिएँ । त्यहाँ निजामति कर्मचारी यूनियनको चुनाव चलेको थिएको थियो ।

त्यहाँ मोटरसाइकल कम थिए तर अति मंहगा विलासी गाडीहरुको लस्कर थिए । उनीहरुले निर्वाचनको लागि गरेको व्यवस्थापनले उनीहरु पक्कै धनी छन् भन्ने कुरा प्रष्ठ देखिन्छ । देशमा हाल जनताको लागि काम भएन । राजनीतिक दलहरु, पार्टीका कार्यकर्ताहरु, सरकारी कर्मचारीहरु र एन.जि.ओ का कर्मचारीहरु मात्रै आर्थिक रुपमा सफल र सम्पन्न भए । जनता सफल हुन पाएनन् ।
देश विकास किन भएन भन्ने कुराहरुको जति व्याख्या गरे पनि सकिदैन । लेखलाई जति लामो लेखे उति लामो हुन्छ । हामी जस्ताले लेखेका दुःखान्तका लेखहरु धेरै लेखकहरुले लेखिसके । समाचारमा आइसके । तर विकास देशमा हुन सकेन । अब हामी आगामी निर्वाचनको कुरामा ध्यान केन्द्रीत हुनुपर्छ । सुरुमा नै मैले पाँच वर्ष वितेपछि जनप्रतिनिधिहरु झसंग भए भन्ने कुरालाई सुरु गरेँ । गाउँघर अहिले रित्तो केही युवाहरु गाउँ छोडेर प्रदेश गएका छन् । केही युवाहरु अध्ययनको लागि भनेर सहरबजारतिर छन् । कोही दाजुभाईहरु गाउँमा रोजागारी नभएर लेबर काम गर्नलाई भए पनि गाउँ बाहिर छन् । गाउँघर अहिले शुन्य छ । चुनाव नजिकै आएकोले नेता तथा कार्यकर्ताहरुको मन गाउँघरतिर छ । फेरि पनि भोटको आशामा नेताहरु बसेका छन् । चुनावमा कसरी र कति सम्म खर्च गर्न सकिन्छ भन्ने कुराको हिसावकिताब गर्दैछन् । कतिले त परीआए खण्डमा ज्यान समेत लिने योजना पनि बनाउँन सक्छ । किनकि यो नेपाल हो । यहाँ निनी नियमहरु कम्जोर छ ।

चुनावमा जसले जति खर्च ग¥यो त्यसैलाई जिताउनुपर्छ भन्ने चेतना भएको जनता पनि हामी उस्तै । सक्षम र साँच्किैको समाजसेवीलाई त हामी चिन्दैचिन्दैनौँ । चुनाव नजिकिएपछि गाउँका सामान्य कार्यकर्ताहरुले समेत काठमाण्डौँ लगायत देशका विभिन्न सहरमा बसेका आफ्नो भोटरहरुलाई गाडि फठाउँछन् । गाडीबाट संकलन गर्छन । हामी जनता पनि उस्तै भोट हाल्न जानको लागि गाडि निःशूल्क गरिदियो भने यसले विकास गर्न सक्छ भन्ने सम्झने । नेपालको निर्वाचन प्रणाली नै खराब छ । विकसित राष्ट्रहरुको निर्वाचन प्रणाली अपनाउन सकेको छैन । खर्चिलो निर्वाचनमा सरकारले पैसाको ओइरो लगाएको छ । अनी देश कसरी बन्छ । जनताहरु त राम्रो नेताहरुलाई जिताउन आतुर हुनुपर्ने तर निःशुल्क यात्राको लागि गाडी पठाउँने र मासुभात खुवाउने नेताहरुको पछि लाग्ने ? त्यसकारण जनताहरुले पक्कै सोच्नु पर्छ । विकास हुने कुरा होइन । विकास त हामीले गर्ने कुरा हो । त्यसकारण हामी सबै जना विकास निमार्णको लागि संधै लागि परौँ । साँच्चिकैको समाजसेवी नेताहरुलाई निर्वाचित गराऔँ । भात र मासुको पछि नलागौँ ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto

तिहारको शुभकामना । Happy Tihar


This will close in 20 seconds