भीम बुढाथोकी
देशको सार्वभौम सत्ता, राष्ट्र राष्ट्रियता, भौगोलिक अखण्डता, स्वाधिनता, स्वतन्त्रता, सामाजिक न्याय, मानवधिकार तथा समग्र प्रजातन्त्र प्राप्तिको लागि वीर वीरांगनाहरुको अदम्य सहास, आँट, पौरख र पराक्रमले आर्जेको मूलुक हो । वास्तवमा सच्चाई, आस्था र निष्ठाको राजनीति नै देशको मियों हो । शहिदहरुको सहासिकताको आँट र रातो रगतको बलिदानीले आफ्नो मातृभूमीलाई रक्त संचारको मुटु भन्दा यारो ठानेर प्राणको आहूति समेत दिए ।
ऐतिहासिक समयक्रम एकनासले चलेन । एकातिर साम्राज्यवादी शक्तिहरुबाट आफ्नोदेशको सीमा साँध र अपार प्राकृतिक सम्पदाको रक्षार्थ जुन किसिमको लड़ाईका मोर्चा र कुटनीतिक चाल अपनाईएको थियो त्यसरी नै देश भित्र पनि राणाहरुको एक छत्र वर्बरतापूर्ण राणा राज्को थिचोमिचो र पंचायतकालिन कूलिन सामन्ती राजतन्त्र संग बारम्बार राज्य व्यवस्था विरुद्ध प्रजातन्त्रको लागि लाखौ लाख नेपाली जनताको ठूलो त्याग, तपस्या र वलिदानीपूर्ण इतिहासको स्वर्णिम अक्षरले रचना गरिएको वर्तमान संघिय लोकतान्त्रिक गणतन्तात्मक नेपाल हो ।

आज देशमा प्रजातन्त्रको कुरा गर्दै गÞर्दा सात दशक पार गरि सकेको अवस्था छ । यस विचमा देशको राज्यव्यवस्था र जनताको अवस्था बदल्नका लागि पनि सात सात वटा संविधान समेत कार्यान्वयन भई सक्दा पनिदेश घुम्दै फिर्दै उहि चक्रपथमा घुमिरहेको छ । शहिदहरुले देखाएको बाटोको अपमान गरिएको छ । शहिदहरुको नाम जपेर हरेक राजनीतिक पार्टीहरुबाट आफनो स्वार्थ अनुकूलनको राजनीति दाउको फन्ना हानिदै छ । देशको विकास र संवृद्धिको नाममा परम्परागत सिद्धान्त र विचारलाई अमृतपान बनाएर आफना कार्यकर्ता र जनताहरुलाई भ्रमको जालोमा फÞसाई रहेका छन । सिद्दान्तः प्रजातन्त्रलाई अत्यन्तै संवृद्धिकरण गरिएको पूर्णलोकतन्त्र र समाजवाद आए जस्तो आभास व्यक्त गरिदैछ । सत्य व्यवहारमा भने लोकतान्त्रिक मूल्यमान्यताहरुको संस्कारलाई बदनाम बनाईएको छ । संविधानको धारा उपधारा र दफÞामा उल्लेखित प्रावधानहरुलाई आ–आफ्नो मनोगत ढंगले विश्लेषण गरिन्छ । सरकारका अंगहरुलाई बदनाम बनाईएको छ । संवैधानिक आयोगहरु स्वतन्त्रपूर्वक काम गर्न नपाउनु विडम्वना हो । मिनी सरकारको रूपमा चिनिएको व्यूरोक्रेसी पनि सरकार, सत्ता, राजनीतिक दल तथा नेताको प्रभावमा पर्दाराज्य संचालनको प्रणालीमै कर्तव्यविमूख भएका छन् । नागरिकहरुले निष्पक्ष, पक्षपात रहित तथा स्वतन्त्रपूर्वक सेवा पाउन गाह्रो भएको छ । कÞानूनी तथा सामाजिक रुपमा लोकतन्त्रलाई अत्यन्त कम्जÞोर बनाईदैछ । वास्तवमा शास्वत प्राकृतिक रुपमा केहि क्रमिक तथा स्वाभाविक परिमाणमा परिवर्तन देखिए जस्तो भए पनि गुणात्मक परिणाम या उपलब्धि भने देखा पर्न सकेको छैन । यसर्थ जनताको जीवन स्तरमा तात्विक परिवर्तन आउन सकेको छैन भन्ने कÞुरा नै मूल हो ।

छिमेकी देश भारत र चीनको कुरा मात्र गर्ने हो भने पनि नेपालको इतिहास अझ पुरानो र वैभवशाली देखिन्छ । हाम्रो वैभवताको विशाल इतिहासको स्मरण गराएर के गर्नु र ! ति देशहरु स्वतन्त्र हुने वित्तिकै द्रुत रुपमा विकास र संवृद्धिको मार्ग पहिल्याएर अगाडि बढ़न सफल रहे । अहिले यी मूलुकहरु विश्वमै शक्तिशाली कहलिएका छन् । तर नेपाल भने यथास्थानमा रहिरहनु बडो विचित्रको कुरा हो । भर्खरै मात्र ट्रान्सपरेन्सी इन्टरनेसनलले निकालेको तथ्यांक अनुसार नेपालले ३३ अंक प्राप्त गरेर संसारमै भ्रष्टाचारको ११७ औं श्रृंखलाको सूचीमा दर्ज रहेको छ । विगत वर्ष पनि यहि आँकडा कÞायम थियो । सार्क मूलुकहरुमा समेत हाम्रो जस्तो बदनाम भएको तथ्य देखा परेको देखिएन ।

देशको विगतको ऐतिहासिक वैभवताको सुन्दर पक्षको कुरा गरेर के गर्नु र ! भनिन्छ, जुन देशमा स्वतन्त्रता र मानवधिकारको हनन हुन्छ त्यो देशमा भ्रष्टाचारले सीमा नाघ्दछ । भनाईको मतलब जुन देशमा नीति, विधि र पद्धतीलाई अंगिकार गरिएको हुदैन त्यहाँ न्याय मर्दछ । नेपालको सन्दर्भमा पनि यहि सत्य चरितार्थ हुन्छ । उहिले भन्ने गरेको कÞुरा,न्याय नपाए गोर्खा जानु, विध्या पाउन काशी जानु,। यो कÞुराको आज अर्घल्याई भएकोछ । उति बेलाका राजा महाराजा र सामन्तहरु जस्तो आज विचारमा खडेरी र व्यवहारमा झनै विकराल रूपकोनितान्त नव सामन्ती र नव धनाढय वर्गहरूको वर्गीकृत रुपमा उदय हुदैछ । विश्व जगतमा कोभिड १९ जुनरुपमा महामारी भएर देखा पर्यो त्यहि कोरोना भाईरसको रूप अहिले फÞेरी भिन्न भिन्न स्वरूपमा बदलिदै डेल्टा,ओमीक्रोन हुदै अझ भविस्यमा अर्कों रूप बदल्दै जाने गÞरे जस्तो गरी नेपाली राजनीतिको बाटो पनि त्यसरी नै कोरोनाको गतिमा बदलिदै अगाडि धकेलिदै छ ।

देशमा व्यापक मनपरीतन्त्रले रजÞाई गरेको छ । देश बनाउने कुरामा कोहि कसैको ध्यान छैन । एक्काईसौ शताप्दीमा समेत नेतृत्वलाई देवत्वकरण गर्दै जानु किमार्थ गÞलत होईन र ? कसरी नेतृत्वको आड़भरोसमा आफू र आफ्नो पकड़लाई कÞायम राख्ने भन्ने कÞुरामा स्वप्नलिन छन । रातारात कसरी धनवान हुने, पुस्तौ सम्मका लागि कसरी धन सम्पत्ति आर्जन गर्ने जस्ता कुराहरुमा सपना बुनिरहेको छ । हरेक पार्टीलाई आफ्नो राजनीति दर्शन, सिद्दान्त वा विचार नै ठिक भन्ने छ । अरुको राम्रो विचारलाई बिल्कुल कदर गरिदैन । जसोतसो त्यो खराव नैठानिन्छ । धूर्तत्याई र छलकपटको मनोरोगी मानसिकताको राजनीतिले गाँजेको छ । हरेक क्षेत्रमा यो हाम्रो या अर्काको भनेर विचारमा जोडिन पुग्छ । यो भन्दा बेईमानी राजनीतिक संस्कार अरु के नै होला र ? हर क्षेत्रमा भ्रस्टाचारको चाँच छ । देश सुनियोजित कमिसन, घुसखोरी, ठेक्कापट्टाले चलेको छ । राज्यको हरेक निकायमा आफÞन्तवाद, नातावाद, कृपावाद र परिवारवाद जस्तोकुटुम्बलाई प्रसय दिईएको छ ।

देशको स्रोत साधनमा एकाधिकार लागु गरिएको छ । देश पुरै विचौलिया र सिमित दलाल पूँजीपति वर्गहरूको हातमा सुम्पिएको छ । देशका सार्वजनिक भूमिहरु ललिता निवास र कयन गुठीका जग्गाहरु कब्जा गर्दै ठगीविचौलिया मार्फत कमिसनमा विक्री भएकाछन्। सामरिक महत्वका सांस्कृतिक, धार्मिक तथा पर्यटकिय क्षेत्रहरुलाई कम्पनी, होटेल.क्याफÞे, रिसोर्ट आदिको रुपमा संचालन गरी कौड़ीको दर भाउमा लिजÞमा लिएर राज्यलाई कम भाड़ा दिएर मालिक र कमिसनखोरले राज्यको अथाह सम्पत्ति दोहन गरिरहेका छन्। जनताको स्वास्थ्य सुरक्षाको लागि विदेशबाट ल्याईएको लाखौ कोरोना खोपहरु रातारात हराएर गाएब हुदा पनि सरकार बेखबर हुन्छ । खै हिजोको ओमनी, वाईडवाँडी, यति होल्डिंग, प्रिंटिंग प्रेस खÞरीद, आयल निगम खÞरीद ढुवानीआदिमा भएको घोटालाको खोजतलासी र कार्वाही प्रक्रिया कहाँ गयो ? सरकार मुकदर्शक भएर बस्नु बाहेकअरु के नै छ र ? यहि नै हो, न्याय मरेको देश भनेको ।

देशको पश्चिम भूभाग कालापानी, लिपुलेक लिम्पियधुरा, नावी र गुन्जी क्षेत्रमा भारतको एकोहोरों बल मिचाईले देशको सार्वभौमिकता र स्वाधिनतामा निकैठूलो आँच आएको छ । यस विषयमा सरकारले कुटनैतिक पहलमा G to G of Think Tank को मध्यस्ताको संवादबाट आफ्नो भूमी ल्याउनुमा कन्जÞुस्याई गर्नु पर्ने के नै कारण छ र ? अहिले भारतले महाकाली नदीमा एकतर्फी तट बन्धन बनाईरहेको छ, बाटो कटान गरिरहेको छ । त्यसै गरी दश गजा भित्रको भूमि कब्जा गरी आफनो सुरक्षा गस्ति र चेक पोस्ट निर्माण गरिरहेको छ । एउटा विशाल छिमेकी देशले आफ्नो छिमेकी देश प्रतिको यसखालको गिद्दे नजर र व्यवहार देखाउनु असाध्य निन्दनीय र अशोभनिय कुरा हो । एउटा संकÞा लाग्ने कÞुरा के भने आफ्नो भावी राजनीति र राजनैतिक दलको स्वार्थ सिद्द हुने गरी देशको सार्वभौमिकता,राष्ट्रियता,भौगोलिंक अखंडता र स्वाधिनतालाई दाउमा राखेर सत्ता र सरकारमा जान लालसा राखेर विदेश संग घुडा टेकेर सौदावाजी गरिने हो भने देश पुरै अस्थिर र पराधिन हुने छ । यसो गरियो देश र जनताको लागि अपराधपूर्ण आत्माघाती कदम हुनेछ । उसो त उत्तर दक्षिणका सीमा नाकाहरु अघोषित रुपमा कब्जा गर्दै स्तम्भहरु रातारात उखेलिदैछन । हिजो पनि प्रत्येक प्रधानमन्त्रीको मन्त्रीत्वकालमा कोशी, गण्डकी, महाकाली टनकपुर जस्तानदीहरुमा देशको हित विपरित तमाम असमान सन्धि सम्झौताहरु भएकाछन । त्यसै गरी अहिले पनित्यसखालको लेनदेनमा गोप्य सहमति नहोला भनेर कसरी विश्वास गर्ने ? अहिले देशमा राजनीतिक अस्थिरताको फाईदा उठाएर पुनरुत्थानवादीहरु सक्रिय रुपमा चलायमान भएकाछन । हरेक खालको अराजकता खडा गरेर संघीयताको खिलापमा दौडिरहेका छन्। हिजो जनआन्दोलनको पक्षमा रहेका कतिपय राजनीतिक शक्तिहरु समेत परोक्ष अपरोक्ष रुपमा स्वयं प्रतिगमनकारीहरुसंग घाँटी जोडÞिरहेकाछन्। देशी विदेशी शक्ति केन्द्रहरुलाई हार गुहार गरेर अस्थिरताको चलखेल गराउन उद्दत देखिन्छन । साच्ची देशमा राजनीति अस्थिरता सिर्जना गरेर कसलाई फाईदा पुग्ने हो र ! आखिर सबैराजनीतिक दलहरू नेपालकै माटोको इतिहासको गर्भबाट जन्मेको होईन र ! व्यक्ति भन्दा संस्था ठूलो हुन्छ । नागरिक भन्दा देश महान हुन्छ । नागरिकहरु भने देशको अभिन्न अंगको रुपमा रहन्छन्। कोहि कसैलाई देशकोचिन्ता देखिदैन भने अन्नतःदेश भोलिका दिनमा सिक्कीमीकरण,सोमालिया या हंगेरी हुने कुरामा दुई मत छैन। अथवा अरु कुनै ठूलो विपत्ति आई लाग्ने छ । त्यति बेलाको आगोमय राजनीतिको लप्का रूपी डढेलो निभाउन मुश्किल हुनेछ । यतिबेला संघियतालाई परिस्कृत र संस्थागत गरेर अगाडि लैजाने भन्ने मुख्य विषय हो । त्यसको लागि परिवर्तनकारी शक्तिहरु एकजुट भएर अगाडि बढ़न सक्नुमा नै विजय हुनेछ ।
जब सम्म देशमा राज्य संचालनका लागि राजनीतिक दलहरु विचमा आपसी विश्वास र समझदारीको सन्निकटता आउदैन तब सम्म देशमा शान्ति, स्थायित्व र स्थिरताको महशुस हुन सक्दैन । अहिले देशलाई पूर्णरुपमा बन्दा बन्दी जस्तो बनाईएको छ । सरकारका सबै अंगहरूलाई जाम लगाईएको छ । जनताको सार्वभौमव्यवस्थापिका संसद चल्न नसकेको आज करीव करीव आधा वर्ष भन्दा बढि समय व्यतित भैसकेको छ । हिजोसरकारको कामकाजमा अविश्वास पैदा भई सकेपछि अंक गणितिय जोड घटाउको खेल शुरू हुन थाल्यो । सरकार गठनका लागि संविधानको प्रत्येक धारा उपधाराहरुमा सत्ता पक्ष र प्रतिपक्ष विच आ–आफनै व्याख्या, टिप्पणी र विश्लेषण हुन थाले । असली लोकतन्त्रमा जनताको सार्वभौम संसदलाई दुई दुई पटकविघटन गरी संसदीय मर्यादाको दायरालाई अपांग गराईयो । त्यति बेला सरकार अत्यन्तै गÞैर लोकतान्त्रिक र प्रतिगमनकारी हैसियत देखि टाढा रहन सकेन । राजनीति सधै सरल रेखाबाट अगाडि बढ़दैन । यो बक्रान्तर रुपमा घुमाउरो चक्रबाट अगाडि बढ़ने हुदा अहिले पाँच दलिय गठबन्ध सरकार र सत्तामा रहेको छ । अहिले गठबन्धनसरकार हुदा पनि राजनीति वृतमा आरोप प्रत्यारोपको टिका टिप्पणीहरु चलिरहेको छ । संविधानले निर्दिष्ट गरे वमोजिम देशको आवधिक चुनावको समयावधि करीव करीव सकिनै थालेको छ ।

संविधानतः देशमा आवधिक निर्वाचनको समय नजिक आएको यथार्थ हो । तर संविधान र ऐनमा बाझिएको कुराले मत मतान्तर देखिन पुग्यो । किनकी देश काल र परिस्थिति अनुसार संविधान कार्यान्वयन गर्ने कुरामा सिद्दान्त र व्यवहारमा आकाश जमिनको फरक पर्दो रहेछ । जस्तो यो आवधिक चुनावको विषयलाई हेर्दाविगतको चुनावी प्रक्रिया ६ महिना सम्म चरणवद्द रुपमा लम्बिन पुग्यो । यहि कÞुरा संविधान र ऐन विच बाझिन पुग्यो । जन प्रतिनिधिहरुको कार्य काललाई लिएर अहिले औला औंलामा अंक गणितिय हिसाव किताव शुरूहुन थालेको छ । संविधान र ऐनमा बाझिएको कुरालाई लिएर सत्ताघटक र प्रतिपक्ष विच जुहारी चलिरहेको छ । संविधानमा उल्लेख गरिएका कुरालाई आ–आफ्नो ढंगले पुष्टी गर्न थालिएको छ । खासगरी वर्तमान संविधान भनेको सबै राजनीतिक दलहरु विचको साझा समझदारीपूर्ण सम्झौताको दस्तावेज हो । यो संविधान निर्माण गर्दाको क्रममा हाम्रो लागि नितान्त नयाँ हुदा पनि कतिपय विषयहरु छुटिदा अपुरो हुनु स्वभाविकै थियो । संविधान निर्माणको चरणमा प्रत्येक राजनीतिक दलहरूको आ–आफ्नो विचार या स्वार्थ जोडिन पुग्दा प्रत्येक बुदाहरुलाई केलाएर जान सक्ने अवस्था पनि थिएन । देश भर्खर मात्र सदियौंको राजतन्त्र पछि संघिय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा प्रवेश गर्दै थियो । जनतालाई अधिकार सम्पन्न तथा सुनिश्चित गराउन संघिय लोकतान्त्रिक गणतन्त्रलाई छिटो कार्यान्वयनमा ल्याउनु थियो । त्यसैले त संविधानका कतिपयसंशोधन गर्न नहुने विषय वस्तु बाहेक समय सापेक्ष अरु सबै संशोधन योग्य बनाउन संविधानमा लचिलोपन बनाईयो । सिद्दान्त र व्यवहारमा फरक फरक देखिन गएकोले आज संविधान र कानूनका कुरामा विमतिदेखिएको छ । यसको सहि रुपमा समस्या हल हुन सक्नु पर्दछ । त्यो ईरादा सबै राजनीतिक दलहरुले सोच्न जरुरी छ । संसारमा कुनै पनि चिज कहिल्यै पनि त्रुटि रहित हुन सक्दैन । केहि कमी कम्जोरीका बाबजूत समस्यासमाधान तर्फ उन्मुख हुनु नै सबैको विजयको द्वार हो । यो कÞुरामा सबै राजनीतिक दलहरुले असली राजनीतिकसंस्कार सिक्न र सिकाउन जरुरी छ ।

अन्यथा राजनीतिको डुंगा कुनै न कुनै बेला दूर्घटनामा पर्न जान्छ । राजनीति जनताको लागि हो,जनता वेगर गरिने राजनीति अपुरो र अधुरो हुन्छ । अहिलेको पाँच दलिय गठबन्धनको साझेदार सरकार या सत्ता प्रतिगमणको विरुद्दमा संगठित भनेर बुझिएकोछ । यी सबै सत्ता साझेदार राजनीतिक दलहरु भिन्न भिन्न दर्शन विचार र सिद्दान्त बोकेर हिडेका राजनीतिक पार्टीहरु हुन्। अहिलेको गठबन्धन दलहरु एक ठाउमा आउनु एक विशेष परिस्थितिजन्य कुरा हो । भोलिका दिनमा खैर ढिलो चाँडो जे भए पनि सम्बन्धमा तिक्तता र दरार पैदा भएर आउन सक्दछ । किनकी हाम्रोसच्चाई,आस्था र निष्ठाको राजनीति कदापी छैन । हामीमा परनिर्भरताको राजनीतिले अठ्याईरहेको छ । नेपालमा व्यवस्थापकिय परिवर्तन हुन तथा सरकार वा सत्तामा जान विदेशी शक्ति राष्ट्रहरुको आड भरोसालिएर पाउ पर्नु पर्ने, हार गुहार गर्नु पर्ने जस्तो कम्जोर मानसिकताले गाँजेको इतिहास विगतका नजिरहरुले देखाएकै छन् । यी सबै दृष्टान्तहरु देशले विगत देखि नै भोगिरहेको छ । राजनीति व्यक्तिको होईन लाखौविचारको संश्लेषित वृहत संस्था हों । राजनीतिमा कोहि पनि स्थायी शत्रु या मित्र भन्ने हुदैन । यो त व्यवहारको कसीले देखाउने कुरा हो । राजनीतिको विशाल मैदानमा राजनीतिक क्याडरहरु धावक बन्दै गर्दा आजको प्रतिगमनकारी भनिएकाहरु भोलि अगÞ्रगमणकारी हुन सक्दछ भने आज देखिएका अग्रगमनकारी शक्तिहरुभोलिका दिनमा भयानक प्रतिगमनकारी पथमा लम्केका रायमाझीहरु बनेर आउने ठूलो खतरानाक संभाबनापनि हुन सक्दछ । राजनीतिको बाटो सोझो, सजिलो या सरल छैन। राजनीतिको गोरेटोमा राजनीतिक दर्शन, सिद्दान्त, विचार बोकेका धावकहरु दौडदै गर्दा जित हार भन्ने कÞुरा अन्तिम बिन्दुमा नपुग्दा सम्म दौडमैरहन्छ । कतिपय धावकहरु विच बाटोमै थाक्छन,कति धेरै अलपत्र हुन्छन् त कति त बाटो बिराएर अर्कै बाटोपछ्याउन पुग्दछन् भने कतिपय मुख्य पोइन्टमा पुग्न खोजेको राम्रो धावकलाई अर्घेलो हालेर रणभूल्ल बनाईन्छन् । नेपालको इतिहासमा राजनीतिको चक्रव्यूह यसरी नै दोहरिएको छैन र ।

वास्तवमा राष्ट्र रहे सम्म हामी रहने हो । हामी रहे सम्म नेपालको नाम रहने हो । जननी जन्मभूमी स्वर्गदापीगरियसी भन्ने उक्तिलाई सबैले हृदयगमन गरी अगाडि बढ़न सक्नु पर्दछ । राष्ट्रमा आपत विपत आउदाविगतको राजनैतिक वृतमा मेलमिलापको नीतिलाई अबलम्बन गरिएकै थियो । विगतको पाठको समिक्षा गरेरदेशलाई स्थिरता दिन सक्नु पर्दछ । अहिले देशमा देखिएको राजनीतिक तरलताको स्थितिलाई मध्ये नजर गर्दाकतै फेरि विगतलाई पूनर्रावृति गराउने किसिमको कुचेस्टा होकी जस्तो आभास देखिएको छ । तसर्थ सबैराजनीतिक दलहरुले बडो सुझबुझका साथ संविधानको रक्षा गर्न जरुरी छ । संविधानमा देखिएका केहि प्रावधानहरुलाई सच्याउनु पर्ने वा संशोधन गर्नु पर्ने विषयहरुको गाम्भिर्यतामा सिघ्र पहल लिन सक्नु पर्दछ । जव सम्म संविधान बलियो हुन सक्दैन तब सम्म देशको ऐन कानूनहरु निकम्पा हुने र राजनीतिक दलकागतिविधिमा समेत प्रश्न चिन्ह खडा हुने हुदा संविधानका प्रत्येक धारा उपधारा र दफाहरुका बुदां बुदां केलाएर पूर्णता दिनु पर्दछ । विगत लामो समय देखि व्यवस्थापिका संसद अवरुद्द अवस्थामा रहेको छ । जनताकोप्रतिनिधिमूलक संस्थालाई अनिर्णयको बन्दी बनाई राख्नु राम्रो होईन । तसर्थ नियमित व्यवस्थापिका संसदकोढोका खोलेर संविधानमा देखिएका अपुरा आवश्यक विषयमा छलफल चलाएर संशोधन गरी निकास दिनुपर्दछ । यदि त्यसो हुन सकेन भने पनि संविधान संग बाझिएको ऐन कानूनको कुरालाई बाधा अडकाउ फूकाउनसरकारले ऐनमा व्यवस्था गरिएका मुख्य विषयहरुलाई संशोधन तथा परिमार्जन गर्न सिघ्र पहल गर्नु पर्दछ । संविधानमा व्यवस्था भए बमोजिम समयमै आवधिक चुनाव बनाउन सक्नु पर्दछ । स्थानीय चुनाव गर्न थोरैढिलाई भए पनि आगामी जेठ महिना सम्म चुनाव सम्पन्न गराउन सरकार तयार हुनु पर्दछ । निकट समयमै आउनेसंघिय वा प्रदेश स्तरको आसन्न चुनावको होस् या अन्य राष्ट्रिय सरोकारको विषय पनि हुन सक्दछ । यसविषयमा विषय विज्ञ समेत सहभागी गराएर संविधान र ऐन कÞानूनमा देखिएका अपूर्णतालाई पूर्णता दिएरसंविधानलाई सब्बल बनाउनु पर्दछ ।

अहिले लोकतन्त्रमा बहूविचारको कदरको कुरा गरिदा देशमा च्याउ उम्रिए झै थुप्रै खालका पार्टीहरुको जन्म हुनगयो । विचारमा असहमत हुनु,कुरा नमिल्नु एउटा पक्ष हुन सक्ला । तर नेतृत्व या संगठनमा भागबन्डा नमिल्नेवित्तिकै व्यक्ति रुष्टताका कारण सानो सानो झुण्ड या समूहगत गुट उपगुट सिर्जना गरेर हवात्तै पार्टी निर्माणगरिने कदमले राजनीति संस्कार नै बदनाम भएको छ । यति मात्र होईनकी नेता कार्यकर्ता व्यवस्थापनमा वहूपदीय प्रणालीको विकास समेत गरिएको छ । एउटा नेता वा कार्यकर्ता जन्माउन कति ठूलो संघर्ष,त्याग तपस्यार बलिदानी समेत गर्नु पर्दछ । जीवन मरणको दोसाँधको लामो लड़ाईंबाट मात्र एउटा महत्वपूर्ण पदीय हैसियतर जिम्मेवारी मुश्किलका साथ पाएको सच्चा इतिहास सबैका सामु छर्लँग छ ।
आकाशिय पिण्ड चन्द्रमाको यात्रा पुरा गरेका महान वैज्ञानिक निलआर माँस्ट्रैंगले समेत सोभियत रूसीसमाजमा विश्व सर्वहारावादी तथा मजदूर कम्यूनिस्ट पार्टीको साधारण सदस्य पाउन कति संघर्ष खर्चिनु परेकोथियो । तर हाम्रो मूलुकमा भने सित्तैमा भेंटाएको माफतको वस्तु जस्तो गरी पार्टी खोल्दा र एकीकरण गर्दासित्तैमा बलियो मजÞबूत शानदारको ठूलो पदीय हैसियत सहितको भद्र जिम्मेवारी र कुर्सी पाईन्छ । देशमा अब दुईवटा प्रधानमन्त्री बनाउन मात्र बाँकी छ । त्यो पनि फरक फरक पार्टीको होला जुन अहिलेको शासकीयस्वरूपमा पदको निर्धारण गरिएको छ । यो सानो मूलुकमा संख्यौमा पार्टी खोलेर देशलाई कहाँ पुर्याउन खोजिएको होला । अमेरीका जस्तो विशाल देशमा दु पार्टी सिस्टमको व्यवस्था गरिएको छ । बेलायत, भारत जस्ता मूलुकहरुमा मल्टी पार्टी सिस्टम भए पनि हाम्रो जस्तो रंगी विरंगी पार्टीहरु भने छैंनन । तर तिसबै मूलुकहरुको शासन व्यवस्था र सभ्यताको विकास क्रम कति फराकिलो भएर आगाडि बढ़ेको छ । वास्तवमा भन्ने हो भने हरेक चिजका दुईवटा पाटा पक्ष मात्र हुन्छन् । मानव विकासको प्रारम्भिक काल देखि हाल सम्म संसारमा दुईवटा बर्ग विच मात्र संघर्ष विकसित हुदै आएको छ । चाहे त्यो विश्व सर्वहारावादी वर्ग विश्लेषकद्वंदात्मक भौतिकवादका प्रणेता कार्ल माक्र्स होंऊन् या अरु पूँजीवादी मूलुकका विश्लेषकहरु नै किन नहोऊन् । आखिर संसारमा एउटा गरीखाने र अर्कों हुदा खाने मात्र दुई वटा वर्ग छ । अथवा एउटा धनी वर्ग र अर्कों गरीववर्ग।अर्को वर्ग छ भने त्यो मध्यम वर्ग हो ।

अव तपाईको सामु धेरै प्रश्न चिन्हहरु खडा हुदैछ । ल अब भन्नुहोस्,यदि तपाईले जीवनभर राजनीति गर्नुभएको हो भने कसका लागि राजनीति गर्नु भयो ? किन राजनीति गर्नु भयो? कसरी राजनीति संचालन गर्नुभयो ? तपाईले गरेको राजनीतिले देश र जनतालाई बदल्ने कुरामा फाईदा नै पुग्योकी ? या त तपाई र तपाईका आफ्ना नजिकका मानिसहरुको जीवनमा मात्र परिवर्तन आयो की ? यी सबै सवालहरुको जवाफ दिन भनेगाह्रो नै होला । आज धनीसंग स्वामित्व छ तर श्रम गर्न सक्दैन । गरीव संग श्रम छ तर स्वामित्व हुदैन । तर मध्यमवर्ग संग भने स्वामित्व र श्रम दुबै बरावर छ । उसलाई सुख दुःख दुवैको समान अनुभव रहेको छ । अब यहि वर्गबाट उठेर जनताको लागि सच्चाईको राजनीति गर्न राजनीतिक दलहरु तयार हुन सक्नु पर्दछ । अहिलेको विज्ञान तथा प्रविधिको विश्वव्यापीकरण तथा भूमण्डलीकरणको यूगमा पूँजीवादीहरुले खुलमखुल्ला बजारलाई छोडि दिएको स्वतन्त्र उदार बजार अर्थव्यवस्था र साम्यवादी कम्यूनिस्टहरुले भने जस्तो उत्पादित वस्तु र वितरण प्रणालीमा राज्य द्वारा नियन्त्रित गरिएको अर्थ व्यवस्था जे भए पनि यी दुवै सिद्दान्त र व्यवहारहरु समय सापेक्ष हुन सक्दैनन। कुनै समयको विचार वा दर्शनबाट प्रतिपादन गरिएका सिद्दान्तहरु सार रुपमा उहि जडमा अल्झिरहन सक्दैनन । देश काल,समय र परिस्थितिको वेग र गति अनुसार हर समाजमा बस्ने मानिसका चाहना तथा रुचिहरु परिवर्तन भईरहन्छन् । आजको संसारको गति यहि हो र यसरी नै बुझ्न सक्नु पर्दछ । तसर्थ आजको दुनियाले कतिपयकÞुरामा सामूहिकताको आवश्यकताको वोध या महशुस गर्दछ भने कुनै कुरामा निजी आर्जन वा सम्पत्तिमा निजित्वको आकाँक्षा राखेको हुन्छ । यो मानवीय स्वभाव हो । हरेक व्यक्तिको अन्तर्यलाई बुझ्न सक्नु नै ठूलो मनोविज्ञान हो।यो सर्वत्र लागु हुने गर्दछ । तसर्थ राज्यले उत्पादित वस्तु, वितरण प्रणाली र सेवाको विषयमा कतिपय सन्दर्भमा व्यक्तिगत र सामूहिक स्वामित्व र श्रमको मूल्यलाई सापेक्षिय ढंगले हेर्नु पर्दछ । यसरी राज्यव्यवस्थामा वस्तु र सेवाको प्रयोग वा उपयोगलाइ निजित्व र सामूहिकताको आर्जन वा सम्पत्तिलाई यथोचित व्यवस्थापन गर्न सकियो भने असली समाजवादको बाटो तय गर्न सकिन्छ । यसरी नै धनी र गरीव विचको गहिरो खाडललाई बरावर उचाईमा ल्याउन सकिन्छ । त्यसको लागि अब देशमा यति धेरै संख्यौमा दलिय व्यवस्थाको काम छैन । देशको विकास र संवृद्दीको लागि जÞति सकिन्छ सानो दलिय प्रणालीको समेत व्यवस्था गरी विचार सिद्दान्त मिल्ने संगठन वा पार्टीहरु एक कित्तामा उभिन जरुरी छ ।

अहिलेको जस्तो नितान्त स्वार्थमा गाँसिएको वर्तमान गठबन्धन सरकारको जस्तो आकारले देशलाई दिर्घकालिन स्थिरताको निकासको बाटो तय गर्न सक्दैन । किनकी आफ्नो स्वार्थ पुग्ने वित्तिकै यस खालको गठबन्धनको आकार प्रकार छिट्टै विभाजित हुन सक्दछ । तसर्थ अब देशमा जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक संसदीय निर्वाचन प्रणालीको व्यवस्था गरिनु पर्दछ । जसले गÞर्दानिर्वाचनमा देश आर्थिक भारबाट मुक्त हुने र आर्थिक रुपमा मितव्ययिता कÞायम हुन आउदछ । देशको लागिआघात पुर्याउने र भ्रष्टाचार जन्य गतिविधिमा सरिक भएमा जन अनुमोदित राष्ट्र प्रमुख, जनप्रतिनिधिहरु या राष्ट्र सेवक कर्मचारीहरुलाई प्रत्याहनको व्यवस्था गरी कार्वाहीको प्रक्रिया चलाउनु पर्दछ । त्यसै गरी देशकोसुशासन तथा पारदर्शिताको लागि केन्द्र देखि स्थानिय तह सम्म जनलोकपालको अर्कों मजÞबूत व्यवस्थाले सामाजिक न्यायको निरूपण भई सभ्य सुसंस्कृत समाजको विकास हुने छ । यस खालको शासकीय व्यवस्थाले शिक्षा, स्वास्थ्य, रोजगारी लगाएतका हरेक क्षेत्रमा जनताको अवस्था समेत बदलिने छ । प्रत्यक्ष तथा सहभागितामूलक लोकतन्त्रले मात्र देशको विकासको गतिलाई अगाडि लैजान सक्दछ ।

संघियता, गणतन्त्र, धर्म निरपेक्षता, स्वतन्त्र न्यायपालिका, सामाजिक न्याय, समानुपातिक तथा समावेशी लोकतन्त्रबाट समाजवाद उन्मुख समाजवादी व्यवस्थाको आधार बलियो हुदै जाने छ । यसरी नै देशमासमाजवाद उन्मुख राज्य व्यवस्थाबाट सबै जात जाती बर्ग समुदायको समुचित प्रतिनिधित्व हुने समाजवादी व्यवस्था नेपालको लागि सौभाग्य हुनेछ । यहि नै देशको वर्तमान तरलताको राजनीतिबाट निकास पाउने सहिबाटो हुन सक्दछ । लेखक बुढाथोकी साधारण मावि मुरुडांडा रुकुम पश्चिमका प्रधानाध्यापक हुन ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto