हरि जिज्ञासु
प्रदेश नं.७ को डोटी जिल्लाबाट निर्बाचित रहेका संसद प्रेमबहादुर आले पहिलोपटक ने.क.पा एमालेका अध्यक्ष के.पी ओली प्रधानमन्त्री हुँदा बन मन्त्री भएका थिए । नाम कमाइयोस् या बदनाम कुनै प्रभाह नगरी बोल्ने र काम गर्ने मन्त्री आलेले सार्बाजनिक ठाउँमा उद्घोष गर्नेक्रममा बोली चिप्लाएर बदनामी भएका थिए । ओली सरकारलाई मन्त्री आलेको बोलीमा लगाम लगाउन कुनै समय हम्मे हम्मे परेको थियो ।
के.पी ओली नेतृत्वको सरकार भएको बेला मन्त्री आलेको खुबै चर्चा भयो । कहिले हात्तीमा चडेर गैँडा गणना गरे, कहिले अक्सिजन सिलिण्डरमा आफ्नो फोटो टाँसेर पठाए, “रुखले हामीलाई कार्बण्डअस्काइड दिन्छ, हामीले रुखलाई अक्सिजन दिन्छौँ, त्यहि रुख भएन भने हामी कसरी बाँच्छौँ” ? भन्ने उद्घोषले टिकटकमा भाइरल भए । कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिहरुलाई जलाउन दाउराको अभाव हुन दिन्न, “यो सरकार अब ७ गेयरमा खुद्छ” । लगायतको भाषण उद्घोष गरी उनी चर्चामा आए । जहोस् उनले बोलेका बोली भाइरल भयो । भाईरल मन्त्रीको रुपमा चिनीए ।
आफ्नै बोलीका कारण नकरात्मक टिप्पनी खेपेका मन्त्री आले कहिले पनि विचलित भएनन् । नेकपा ऐमालमा फूट आएपछि हाल नेकपा एकीकृत समाजबादीका अध्यक्ष माधव नेपालको पछि लागेका आलेको फेरि भाग्य खुलेर संस्कृतिक पर्यटन तथा नागरिक उड्यन मन्त्री बने । पहिलो पटक बन मन्त्री हुँदा आफ्नो बोलीका कारण टिकटकमा समेत भाइरल भएका मन्त्री आले अहिले आफ्नो साहाशीक कदमले भाइरल भएका छन् ।
यदि कुनै पनि स्थानमा रहेको जिम्मेवारी व्यक्तिले विगतका केही गल्तिहरुलाई असल कामहरुद्धारा मेट्न सक्दोरहेछ भन्ने कुरा जिउँदो उदारण अहिले मन्त्री आले भएका छन् । पूर्व सभामुख कृष्णबहादुर महरा, पूर्व मन्त्री गोकुल बास्कोटा लगायतका मन्त्रीहरुले पनि गल्ती गरेर सामाजिक सञ्जालमा भाइरल भएको कुरा हामीले देखेकै हो । तर पनि उनीहरुले अहिलेसम्म आफ्नो गल्ती मेट्नलाई जनताको अगाडि राम्रो काम गरेको देखिन्न । जनताको प्रीय बन्नको लागि धेरै ठूलो काम गर्नुपर्दोरहेनछ भन्ने उदारण पनि प्रेम आले हुन् ।
जनतालाई मन पर्ने काम र जनताले चाहेको कुराको चोटिलो उद्घोष कुनै मञ्चबाट कुनै नेताले गरिदियो भनेपनि जनता खुसी हुन्छन् । जनताको अगाडि मिठो र जनताको चाहनाको बोली बोल्ने नेता प्रिय बन्न थाल्छ । हुन त, दुई चार वटा जनतलाई चित्त बुज्ने शब्द बोलेर केही दिन भाइरल हुने नेताहरु कतिखेर कहाँ हराउँछन् पत्तो हुँदैन । यसलाई नेपाली राजनीतिको रोग नै भन्नुपर्छ । जनताको भलो हुने काम गर्ने नेताहरु सँधै जनताको प्रिय बन्न सक्छन् । नेपाली जनतालाई पूँजीवाद, समाजबाद, माओबाद, लेलिनबाद लगायतका बादहरुको कुनै मत्लब छैन । जनताले सजिलै बुज्ने भाषा भनेकै जनताले चाहेको सेवासुविधा अनी स्वाभिमान र असल पहिचान हो ।
हाल संस्कृतिक,पर्यटन तथा नागरिक उड्यन मन्त्री प्रेमबहादुर आलेको रुखले कार्बन्डाअस्काइ दिन्छ भन्ने काण्डलाई नारायणहिटी दरबारबाट चलेको बतासले उडाइदिसक्यो । पूर्वमन्त्री गोकुल बास्कोटाको ७० करोड काण्ड र पूर्व सभामुख कृष्णबहादुर महराको रोशनी काण्डलाई पनि कुनै बतासले उडाउनुपर्ने तर अहिले सम्म उडाउन सकेको छैन । हाल मन्त्रीले आफ्नो क्षेत्रअधिकार भित्र पर्ने संस्कृतिक सम्पदाहरुको निरक्षण गरिरहेकाछन् । यतिमात्रै कहाँ होर, पोखरामा निर्मित अन्तराष्ट्रिय विमानस्थल निरक्षण, बाह्य तथा आन्तरिक विमानस्थलमा कार्यरत कर्मचारी लगायतको निरक्षण गरी कम्जोरी औँल्याएर जनताबाट सकरात्मक चर्चा कमाएका छन् ।
हाल आनन्दप्रसाद बतासले सुरु गरेको बतास समुहबाट सञ्चालित नारायणहिटी दरबारभित्र सञ्चालन हुन लागेको क्यान्टिनको निरक्षण गरी निमार्ण हुन लागेको संरचना भत्काएर चर्चा कमाएका छन् । नारायणहीटी जस्तो राज्यको सम्पतीमाथि एउटा निजी कम्पनीले टेण्डर पारेर रेष्टुरेन्ट र बार खोल्नु भनेको सानो मिलेमतोको कुरो होइन । मन्त्री आलेले बतास कम्पनीलाई छोएपछि त्यो बतास हाल उच्चस्तरीय नेता, मन्त्री अनी सचिवहरुलाई समेत छुन गएको छ । विस्तारै राज्यको सम्पति कौडीको भाउमा लिजमा दिनेहरुको पोल बतास काण्डले खोल्दैछ । मन्त्री आलेको यो साहाशीक कामप्रति जनता निकै खुसी भएका छन् । किनकि जनतालाई मन पर्ने काम गरेपछि जनता खुसी नहुनेत कुरै भएन ।
बतास कम्पनीले देशका विभन्न क्षेत्रमा आफ्नो व्यापार बढाएको कुरा बाहिर आएको छ । पशुपति परिसरमा रहेको धर्मशाला भवनलाई पनि लिजमा लिएर बतास समुहले होटल निमार्ण गरेको थाह पाएपछि बतास समूहले सञ्चालन गरेको होटल निरक्षण गर्दा मन्त्री आले छक्क परे । बतास समुहलाई कार्बाही हुन्छ भन्ने कुरा उद्घोष गर्दै बतास समूह जस्तो नीजि कम्पनीलाई कौडीको भाउमा लिजमा दिने व्यक्तिको खोजिमा मन्त्री आले रहेका छन् । उनले निडर साथ भन्छन् “राज्यको सम्पतीमाथि आँखा गाड्ने कसैलाई छोड्दिन ।” अहीले संस्कृतिक, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयको क्षेत्रअधिकारभित्र पर्ने संस्कृतिक सम्पदाहरु, पर्यटन विकासबोर्ड, लगायत अन्य धेरै क्षेत्रहरुमा कार्यरत कर्मचारी तथा जिम्मेवारी व्यक्तिहरु मन्त्री आलेदेखि त्रसित रहेका छन् ।
समग्रहमा भन्नुपर्दा जसरी एउटा मन्त्रीको यतिसम्म चर्चा भएको छ त्यसरी सबै मन्त्रीहरुले आफ्नो क्षेत्रअधिकारभित्र पर्ने सबै निकायहरुमा भएको भ्रष्टचार हुने क्षेत्रकोे निरक्षण गर्ने हो भने देश विकासको गतिमा अगाडि बढ्न खासै समय लाग्दैन । शिक्षा मन्त्रालय, गृह मन्त्रालय, अर्थ मन्त्रालय, खेलकुद मन्त्रालय लगायत अन्य मन्त्रालयका माननीय मन्त्री ज्यूहरुले मन्त्री प्रेम आलेको जस्तै गरी आफ्नो क्षेत्र अधिकार भित्रका निकायहरुमा निरक्षण गर्ने हो भने देश विकासको गतिमा अगाडि बढ्छ । भ्रष्टचारीहरु मौलाउन पाउँदैनन् । देशमा बतास समुह, चौधरी समुह, एन.सि. एल कम्पनी लगायत अन्य विभिन्न कम्पनीका मालिकहरु धनी भएका भई छन् । गरिब नागरिकहरु छाप्रोमा बसेर कयौँ चिसो रातहरु चिसोले काँपेर विताइरहेका छन् । धनी संधै धनी अनी, गरिब सँधै गरिब भईरहको अबस्था देशमा छ ।
त्यसकारण जनताको पीडामय आँसु पुछ्नको लागि नेता तथा मन्त्रीहरुले धेरै ठूलो काम गर्नुपर्दैन जनताको मर्मलाई बुजेर काम गर्दै पुग्छ । जनताले राजनीतिक भाषा र राजनीतिक भाषण त्यति बुज्दैनन् तर भ्रष्टाचारीलाई मन्त्री आलेले जस्तै पाखा लगाउने हिम्मत गरेपछि खुसी भइहाल्छन् । देशलाई रुपमान्तरण गर्नको लागि भ्रष्टचार न्यूनिकरण गर्नु सबै भन्दा ठूलो कुरो आजको अबस्थामा देखिएको छ । नेपालको भ्रष्टाचार कोभिड १९ भन्दा खतरानाक छ । जसरी भ्रष्टचारको प्रभावले गरिब जनताले देशमा अकालमै ज्यान गुमाएका छन् त्यसरी कोभिड १९ ले नेपालीहरुको ज्यान लिएको जस्तो मलाई लाग्दैन । विकट र दुर्गम गाउँहरुमा शिक्षा, स्वास्थ्य, यातायात लगायतका विभिन्न कुराहरु हेर्दा दर्दनाक छ । काठमाण्डौँ लगायत देशका विभिन्न सहरहरुमा बनेको खाइलाग्दा भवनहरुको दृष्यहरुले बतास समूह जस्ता अन्य हजारौँ भ्रष्टचारी समुहरु मोटाएका छन् । त्यसकारण जसरी मन्त्री आलले कुनैसमय आफ्नो बोली चिप्लाएर नकरात्मक रुपमा भाइरल भएका थिए त्यसैगरी उनले अहिले शाहासीक काम गरेर भाइरल भएकाछन् । यस्तै जनतालाई चित्त बुज्ने काम मन्त्री आलेले गरिरहुन् र अन्य सबै मन्त्री तथा कर्मचारी लगायत सर्बसाधनले समेत बतासलाई लखेट्ने मन्त्री आलेबाट सिकौँ ।