नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) त्रिबेनीको गाउपालिका कमिटीको अध्यक्षमा दिपककुमार रावल चयन भएका छन । संगठनको दोस्रो सम्मेलनबाट रावलको अध्यक्षतामा ३५ सदस्यीय गाउपालिका कमिटी गठन भएको हो ।

जसको उपाध्यक्षमा दिपेन्द्र ओली, करुणा खडका, सचिवमा अर्जुन खड्का, सहसचिवमा भिजन ओली, करिस्मा परियार र कोषाध्यक्षमा केशरमान ओली रहेका छन । अखिल (क्रान्तिकारी) जिल्ला सम्मेलन आयोजक समितिका संयोजक सुशिल बिष्टको प्रमुख आतिथ्यतामा भएको सम्मेलनमा नेकपा माओवादी केन्द्रका नेता मिनवहादुर ओली र गणेशबहादुर खड्का लगायत विद्यार्थी नेताहरुको सहभागीता रहेको थियो ।

adv.

फेसबुक प्रतिक्रियाहरु
try