गएको बैशाख ८ र ९ मा गर्ने निर्णय भएपनि कोरोना महामारीका कारण स्थगीत भएको विप्लव नेतृत्वको नेकपा निकट अखिल (क्रान्तिकारी) जिल्ला समिति रुकुम पश्चिमको सम्मेलन यहि भाद्र २७ गते मुसिकोटमा सम्पन्न गर्ने निर्णय गरिएको छ । जिल्ला सम्मेलन आयोजक समितिको उपलब्ध आयोजक समितिको मुसिकोटमा बसेको बैठकले यस्तो निर्णय गरेको छ ।

त्यस्तै संगठनको केन्द्रिय समितिको आगामी असोज ५,६ र ७ गते पोखरामा हुन गइरहेको सम्मेलनलाई भव्यतापुर्वक सम्पन्न गर्नको लागि जिल्ला सम्मेलन र राष्ट्रिय सम्मेलनलाई केन्द्र भागमा राखेर संगठानिक गतिविधि संचालन गर्ने निर्णय पनि गरिएको सम्मेलन आयोजक समिति संयोजक सोम्पल कामीले बताए । बैठकमा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय समिति सदस्य तथा रुकुम पश्चिम जिल्ला इन्चार्ज डिल्लीराज शर्मा(विश्व), पार्टी जिल्ला सेक्रेटरी चन्द्रबहादुर बुढा, संगठनका केन्द्रिय सदस्य तथा राप्ती क्षेत्रीय समन्वय समितिका संयोजक दिपक बिष्ट र निवर्तमान जिल्ला अध्यक्ष तथा राप्ती क्षेत्रीय समन्वय समिति सदस्य प्रेम प्रशान्त बोहराको पनि सहभागीता रहेको थियो ।

election adv.

बैठकमा उपस्थित पार्टी नेतृत्वले संगठनका सबै गतिविधिलाई राष्ट्रिय सम्मेलन र जिल्ला सम्मेलन केन्द्रित बनाउन निर्देशनमुलक प्रशिक्षणात्मक मन्तव्य राखेको वताईएको छ ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto