कोरोना संक्रमितलाई प्रभावकारी उपचार तथा सेवा प्रदान गर्न स्वास्थ्य सेवा कार्यालय रुकुम पश्चिमको थप सेवा विस्तार गर्ने निर्णय गरिएको छ । पूर्व मन्त्री तथा रुकुम पश्चिमका प्रतिनिधिसभा सदस्य जनार्दन शर्मा, जिल्ला समन्वय समिति रुकुम पश्चिमका प्रमुख राजकुमार शर्मा, मुसीकोट नगरपालिकाका प्रमुख देविलाल गौतम र प्रमुख जिल्ला अधिकारी बद्रिनाथ गैह्रेको उपस्थितिमा आज भएको बैठकले बिभिन्न १२ वटा निर्णय गरेको हो ।
जसमा स्वास्थ्य सेवा कार्यालय रुकुम पश्चिमबाट सञ्चालन हुदै आएका प्रसुति सेवा बाहेक अन्य सेवाहरु राप्ती समाज अस्पतालको भवनबाट सञ्चालन गर्ने निर्णय गरिएको छ । त्यस्तै जनस्वास्थ्य कार्यालयको प्रशासनिक भवनलाई अन्य ठाउँमा राखेर त्यहाँ कोरोना संक्रमितको उपचारमा प्रयोग गर्ने, कोरोना उपचार व्यवस्थापनका लागि प्रदेश सरकारबाट आएको १ करोडलाई शब बहान, एम्बुसेन्स र अक्सिजन लगायतका सामाग्रीहरु खरिद गर्ने लगायतका निर्णय भएका छन ।
हेर्नुहोस यस्ता छन निर्णयहरु ।