आदरणीय माधव नेपाल ज्यू
स्वागत तथा अभिवादन,
हाम्रो गौरवमय पार्टी ने.क.पा. (एमाले) का वरिष्ठ नेता तपाई नेपालको इतिहासमा ने.क.पा. लाई झल्काएको नेता हुनु हुन्छ । यो हाम्रो कम्यूनिष्ट पार्टीलाई जगै देखि टुप्पा सम्म पार्टी जगेर्ना गर्नु भएको इतिहास सावित छ । तपाई समय र परिस्थिति अनुसार हिडिरहेको भएपनि सडक बिर्से बाटो विराउनु भएको सत्य हो ।
नेपालमा संघीय लोकत्रान्तिक गणतन्त्र प्राप्ति गराएको र कम्यूनिष्ट आन्दोलन २०४६–२०६२–२०६३ को जनक्रान्ति १९ दिने आन्दोलन सफल पार्न लाखांै लाख जनता सडकमा उतार्ने र जंगलमा वास गरेर जनतालाई सताई रहेका माओको खोल ओडेका माओवादीलाई घरमा ल्याएर तातो खाने तातो गरी सुत्ने वनाउने काममा तपाईको ठूलो भूमिका छ । सिङ्गो पार्टीका तर्फबाट बहुदलिय जनवादले तुरुन्त तपाईलाई फिर्ता बोलाई रहेको छ । तपाईहरुलाई बहुदलिय जनवादले सत्तसराप गरी रहेको छ । जुन बाटो तपाई हिडी रहनु भएको छोटो छ । राम्रो खालको मान्छे । लामो वाटो हिड्नु पर्दछ । तपाईलाई जनताले आशा भरोसा गरेका छन् । नेपालको राजनीतिक इतिहासमा अहिले पार्टीलाई अंग भङ्ग बनाउनु भएको छ । शान्ति लोकतन्त्रको परिवर्तनलाई जनसमुदायमा पु¥याई उच्चसम्मानका साथ नेपालको संविधान २०७२ लागु गराउने तपाइको पनि मुख्य हात हो ।
तपाई ने.क.पा. (एमाले) को मूलधारको मूलघर धनी हो । तपाई यो कदमले तपाईको ५०–५५ वर्ष सम्म गरेको राजनिती चकनाचुर हुन गैरहेको छ । यो तपाइको राजनितीले समाज कहिले मुक्त हुन सक्ला जस्तो देखिएको छैन । आदरणिय कमरेड हाम्रो पार्टीको क्रान्तिलाई आजको विन्दु सम्म पार्टीलाई यहाँ पु¥याउन योगदान कहाँ र कस्को भन्ने कुरा इतिहास साँक्षी हुन्छ । आफुले वोलेको कुरा गफ हुन्छ । इतिहासले देखाएको हुन्छ । कम्यूनिष्ट पार्टीका महासचिव कमरेड पुस्पलाल जनताको वहुदलिय जनवादको सिद्धान्तका नायक मदन भण्डारीले ठूलो चौतारी रचिराख्नु भएको छ । त्यो चौतारीमा लोकतान्त्रिक कम्यूनिष्ट सवै त्यो भित्र अटाउछौ । तपाई जे जसरी भएपनि तुरुन्त व्यक्ति वादी सोच ब्यक्ति बादी भएका गरेका अफ्ठेरा वाधा अडचन छिचिल्दै आफ्नो पुरानो घरमा फर्कन नेपाली जनताले ठुलो आशा भरोसा गरेका छन् ।
नेपाल कम्यूनिष्ट पार्टीका अग्रज संस्थापक कमरेड पुष्पलालले तयार पार्नु भएको क्रान्तिको रुपरेखालाई उच्च सम्मान गदै तपाई र तपाईका केहि वरिष्ठ नेताहरु (एमाले) को क्रान्तिलाई अधुरो नवनाउन र समाजको परिकल्पना पुरा नभएकोले माक्सवाद लेनिन वादलाई उच्च सम्मान गदै नेपाल कम्यूनिष्ट पार्टी एमाले वहुदलिय जनवादमा फिर्ता आउन हुन अनुरोध गर्दछौ ।
हेमराज श्रेष्ठ
ने.क.पा. एमाले सचिवालय सदस्य, रुकुम पश्चिम