भीम बुढाथोकी
कुनै बेला अन्तरहृदयको द्वार खोलेर चेतनाको आँखा खोलिदिने विद्वत शिक्षक कहलिन्थ्यो । महान शान्तिका अग्रदुत बुद्धले आफ्ना शिष्यहरुलाई आफ्नो वरिपरी राखेर मानव जीवनमा सांसारिकदुःखका कारणबाट मुक्त हुन वा मोक्ष प्राप्त खातिर अनेक ज्ञानका क्षेत्रहरुबाट अभिमुखित गरे । जुन ज्ञानको भण्डारलाई बौद्ध ग्रन्थमा जातक र त्रिपिटकमा प्रशिक्षित पार्ने काम गरे र आज सच्चा बुद्धकाअसल अनुयायीहरुले बुद्धलाई संसारमा चिनिने र चिनाउने काम गरेका छन ।

आखिर औपचारिक वा अनौपचारिक तरिकाले मानिसमा रहेको अवचेतन मनबाट चेतनाको द्वार खोलेर नैतिक चारित्रिकशिक्षा देखि लिएर हाल यो आधुनिक समाज विकासको जगमा ल्याएर प्रविधिको संसार देखाउनेशिक्षक नै हो । अहिले देशको नीति निर्माणको ओहदामा सभ्य सुसंकृत शालिनताको आसन र अस्तित्वमा पुर्याउने त्यही पुरानो शिक्षाको शिक्षकको देन नै हो । केही संरचना बदलिएको भए पनि यो जीवित भएका शरिरहरु त पुरानो नै हो । हिजो ओठमा कखरा सिकाउदै गाउँ बस्तिबाट नयां राजनीतिक आन्दोलनको शिरा या क्रान्तिको बाटो तय गरिदिने र सामाजिक न्यायको पाठको वकालत गररे आज यो समाजको नमूना देखाउने शिक्षक नै हो । नयाँ सघियताको मोडेल सिकाउने रगराउने निश्चय पनि शिक्षक हो । हामी बोलेको होईन ,इतिहास सांक्षी छ । जसले ज्यानको बलिदानीदियो, गाउँ बस्ति र शहरको कुना कन्दराबाट सबैलाई चेतनशिल र उर्जाशिल बनाउन क्रान्तिकोबिगुल फुक्यो । जेलनेलको कालो कोठरीमा बसेर पनि सबैमा सहास भरिदियो । राजनीतिक कर्मिहरुलाई बाटो देखायो,सहयोग गर्यो, आश्रय दियो । त्याग, समर्पण र बलिदानीको पाठ सिकायो । मुक्तीको बाटो सिकायो । त्यही शिक्षकहरु आज असफलताको कडिमा दर्ज बनाईएका छन ।

आज गुणस्तरीय शिक्षाको बहसलाई उजागर गरिरहदा शिक्षा र शिक्षकलाई केन्द्र बिन्दु बनाइएकोछ । यो अत्यन्तै सान्दर्भिक विषय पनि हो किनकी समाज विकासको ऐना भनेको शिक्षा हो र माध्यमचाहिँ शिक्षक हो । हामी सुखी नेपाली र सम्बृद्द नेपालको सपना देखिरहदा राज्यको सहि नीति र कार्यान्वयन पक्ष सबल भएन भने गन्तव्य अर्कोतिर मोडिन्छ । हामी समाजवाद उन्मुख शिक्षाको कुरागर्दा शिक्षामा राज्यको सहि नीति,लगानी,योजना, कार्यान्वयन र मूल्यांकनको कुरा प्रमुख रहन्छ । अहिले संघिय शिक्षा नीतिको कुरा ड्राफ्ट भएको छ । शिक्षालाई समय सापेक्ष वैज्ञानिक र व्यवहारिक बनाउने ध्येय छ । अहिले प्राविधिक तथा व्यवसायिक विषयको शिक्षालाई देशकोभूगोल, हावापानी अनुसार आवश्यक्तालाई मध्य नजर गरि सबैको लागि सीपमूलक, रोजगारमूलक उद्द्मशिलतामा आधारित शिक्षाको अत्यन्तै सकारात्मक कुरा छ ।

देश विकासको लागि यति राम्रा चर्चा परिचर्चा र विषय सन्दर्भ जोडिरहदा यदाकदा शिक्षकहरुलाई तिलको पहाड बनाएर दोषारोपन गर्दा यो आपत्तिको विषय बनेको छ । किनकी आखिर जुनसुकै शिक्षालयहरु स्थापना वा खोलिदा मौजुदा शिक्षकहरुको भूमिका त रहला नि । अब के साच्चिकै पुरानो दर्ज लगाईएका शिक्षकहरु असफल र टकटक्याईएकाहुन् त ? के उनिहरुको सीप क्षमता काम नलाग्ने हो त ? के उनिहरुबाट राम्रोकार्य सम्पादन हुदै नभएको हो त ? के शिक्षकहरुका कारण सार्वजनिक शिक्षाको गुणस्तर घट्दै जाने पक्का हो त ? पुराना शिक्षकहरुलाई परम्परागत,पुरातन आदिको संज्ञा दिएर उनिहरुलाई अन्याय गर्नु,अपमानगर्नु उचित हुदैन र देशले सहि निकास पनि पाउदैन । यदि उनिहरुबाट सहिकार्य सम्पादन हुन सक्दैन भने भर्खरै मात्र निजामती सेवामा कर्मचारी समायोजनमा तल्लो तहबाट छोटै समयमा उपल्लो तहमा बढुवा गरि शाखा प्रमुख सम्म बनाईदा कति राम्रो असल कार्यसम्पादन हुन सकेको छ र ! जबकी विसौ पचिसौ वर्ष सम्म सेवारत शिक्षकहरु उहि तृतिय श्रेणीमा बांधिएका छन । यसो भनिरहदा कुनै कसै प्रति आग्रह पूर्वाग्रह राखेको होईन । यति मात्र भन्न खोजिएको होकि राज्य भित्र सबै राष्ट्र सेवक कर्मचारीहरुमाथि राज्यको समान दृष्टिकोण र व्यवहार हुनुपर्छ । त्यो नै सबैको लागिसम न्यायिक कुरा हो । राष्ट्रसेवक सबै कर्मचारीहरुमा सबैको वृति विकासगरेर राष्ट्रप्रतिको वफादारिता बढाउनु संघियताको मूल मर्मका साथै देशकोसम्बृद्धि र विकास हो ।
यसर्थ नयां कुरा सबैका लागि नौलो हुन सक्छ । तर त्यसका लागि राज्यले नीति निर्माण देखि अन्य कुरामा कर्मचारीहरुलाई अवसर प्रदान गरि साक्षत्कार गराउनु पर्दछ । हामी सबै सिकाईको बाटोमाछौ । अझ शिक्षा हासिल गर्न झनै जटिल कुरा हो । तुरुन्त उपलब्धि भेटाउनसकिँदैन, समय लाग्छ । राज्यले शिक्षामा राष्ट्रको बजेटको ठूलो हिस्सा छुट्याउन जरुरी छ । कनिकाको रुपमा छुट्याएको बजेटले शिक्षाको लक्ष्यहासिल गर्न गाह्रो छ । राज्यले सबैलाई अटाएर सबैको साझा विकासको चौतारी बनाउनु सक्नु पर्दछ । शिक्षकहरुलाई समय सापेक्ष शिक्षामा परिवर्तन आएको नविनतामा उनिहरुको सीप,क्षमता र अनुभवलाई अझैपरिष्कृत गरि वर्तमान परिवेश संग साक्षत्कार बनाउदै जानु पर्दछ । उनीहरुलाई हतोत्साहित बनाएर मनोबिज्ञानमा असर पार्नु हुदैन । शिक्षकहरुलाई दोष दिएर सार्वजनिक शिक्षाको उपलब्धिमा ह्रास होईन कि उनीहरुको जोश,जांगर,हौसलाका साथै विभिन्न तालिम ,गोष्ठी,सेमिनार रअन्य कार्यक्रमहरु चलाएर सार्वजनिक शिक्षालाई उपलब्धिपूर्ण बनाउनतिरमुखरित हुन आवश्यक छ । यो नै सच्चा सुखी नेपाली र समृद्द नेपालको सपना हो ।

यो शाश्वत प्रकृति जगतमा मानिस विश्वका अरु प्राणी भन्दा भिन्न खालको शिल स्वभाव लिएरआएको चेतनशिल र उर्जाशिल प्राणी हो । मानिसको चेतनाको विकास गरी सभ्य समाज निर्माणप्रक्रियाको चौड़ा बाटो बनाउने माध्यम शिक्षा हो । शिक्षा साधन हो भने मानवीय क्रियाकलापहरुलाई गतिशिल जीवनको व्यवहारिक बाटोमा हिडाउने साधक शिक्षक हो । मानवीय जीवनमा आउनेसामाजिक गतिविधिमा देखिने सकारात्मक परिवर्तनका प्रभावहरु नै आखÞिरमा साध्य बन्न पुग्दछ । व्यक्ति भित्रको अन्तरनिर्हित गुणको सिर्जनशिल तथा ऊर्जाशिल शक्तिले देश विकासको मार्गलाईगतिशिल सन्तुलनमा ल्याउने काम गर्दछ । उसले आर्जन गरेको ज्ञान, सीप, क्षमता, तालिम, अनुभव आदिले कार्य क्षमताको गतिलाई अगाडि बढाउने काम गर्दछ । यी कार्यहरुको यथोचित व्यवस्थापनमा राज्यको स्पस्ट दूरदृष्टी, उद्देश्य, लक्ष्य, योजना, कार्यक्रम, अनुगमन तथा मूल्यांकन जस्ता पक्षहरुलाई महत्व दिन सके मात्र देश विकासको भविस्य उज्यालो तिर उदियमान हुन सक्दछ ।

विडम्पना भन्नु पर्दछकि आज शिक्षा क्षेत्रमा शिक्षकको पेशालाई मर्यादित र सबल बनाउने काममाराज्य पन्छिरहेको छ । राज्यबाट शिक्षा क्षेत्रमा लगानी गरिएका सबै प्रयासहरु समय सापेक्ष वैज्ञानिक एवं व्यवहारिक बन्न सकेका छैनन्। सामुदायिक विध्यालय तहमा शिक्षकहरूको विषयगत व्यवस्थापन गर्ने कार्यमा अदूर–दृष्टी,अवैज्ञानिक र अव्यवहारिक हुदा शिक्षाक्षेत्र दरार बन्न पुगेको छ । शिक्षकको एउटै पेशालाई विभिन्न वर्गमा विभाजन गरिदा गुणस्तरीय शिक्षाहासिल गरेको जनशक्ति उत्पादन हुन सकेको छैन । लामों समय देखि सामुदायिक विध्यालयमा कार्यरत बालविकास केन्दका सहयोगीकार्यकर्ता, विध्यालय कर्मचारी र विध्यालय सहयोगीहरु न्यून तलबमानमा जीवनयापन गर्नु परिरहेकोछ भने राहत शिक्षक तथा प्लस टु अनुदान र दरवन्दीमा कार्यरत शिक्षकहरुको पनि कुनै ग्यारेन्टी छैन । उमेर हद पनि नाघि सकेको अवस्था देखिन्छ । दरवन्दीको सिर्जना गरी स्थायी गरिने परिपाटीचालिएको छैन ।

स्थायी रुपमा कार्यरत शिक्षकहरु २० औं वर्ष सेवा पुग्दा पनि बढुवा लगाएत अन्यकार्यमा पूर्ण विराम लगाईएको छ । स्थानीय तहबाट व्यवस्था गरिएका करार नियूक्तिपाएका शिक्षकहरुको अवस्था पनि सोचनिय छ । अहिले शिक्षा प्रणालीमा नयाँ संरचना सहित आधारभूत र माध्यमिक तहको बनाईदा पनि शिक्षण गर्ने शिक्षकहरुको तहगत तलबमान पनि असमान एवं अवैज्ञानिक खालको छ । शिक्षकहरुको यसखालको विभेदकारी व्यवस्था तथा संरचनाले निश्चय पनि शिक्षकहरूको मनोविज्ञानमा ठूलो असरगरिरहेको छ । उनीहरूको श्रम तथा मेहनतको खर्चमा वैज्ञानिक मापदण्ड बनाउन सकिएको छैन । खÞासगरी उच्च स्तरीय तलबमान आयोगले तलबमान समायोजन गर्न आवश्यक छ । अहिले सम्म संघिय शिक्षा ऐन नियमावली आउन नसक्नु विडम्पना हो ।

विकासको आधारशिला शिक्षा हो । शिक्षा क्षेत्रमा नेतृत्वदायी भूमिका खेल्ने शिक्षक हो । जसरी एउटा शिल्पकारको सीप र मेहनतले नयाँ वस्तु वा चिज बाट एउटा आकर्षक राम्रो आकृतिको मूर्ति अंकुरितभएर सजिन पुग्दछ त्यसै गरी शिक्षाको स्पष्ट नीति,ऐन नियमावलीमा गरिएको सेवा सुविधाले मात्रशिक्षा क्षेत्रलाई सबल बनाउन सक्दछ । अनि मात्र शैक्षणिक प्रवाहमा शिक्षकको भूमिका प्रभावकारी तथा परिणाममूखि हुन जान्छ । शिक्षालाई सामाजिक जीवनमा व्यवहारिक तथा जीवनपयोगी शिक्षा बनाउन राज्यको ठूलो आर्थिक एवं सक्षम जनशक्तिको सघन लगानी बढाउनु पर्दछ । शिक्षाको ठूलो साभान रूपी क्षेत्रमा शिक्षकलाईबढी जÞिम्मेवारी दिन खोज तथा कार्यमूलक अनुसन्धानमा अन्वेषण कर्ताको रुपमा सक्षम बनाउने वातावरण सिर्जना गर्नु पर्दछ । शिक्षकलाई आफÞनो पेशामा निष्टाका साथ स्वाबलम्बी तथा आत्मा–विश्वासी बनाउन राज्यले पहल लिनु पर्दछ ।

शिक्षकको ज्ञान, सीप, क्षमता र अनुभवमा अभिवृद्धि गर्न विभिन्न विषयगत शिक्षकको पेशागत विकास तालिम, गोष्ठी,कार्यशाला जस्ता कार्यक्रमहरूले शिक्षकको कार्य शैलीमा थप सिर्जनात्मक रूपकोऊर्जाशिल विकास हुन सक्दछ । वर्तमान शिक्षकहरूको सत्रथरी वर्गिकरणलाई अन्त्य गरी एक रुपताल्याउने नीति बनाउन राज्य तयारी हुनु पर्दछ । बालविकास सहजकर्ता शिक्षक, विध्यालय कर्मचारी, विध्यालय सहयोगी,राहत र अनुदानमा कार्यरत सबै शिक्षक कर्मचारीहरुको दरवन्दीको यथोचित व्यवस्था गरी स्थायी हुने प्रावधान ल्याउन सरकारले कार्य थालनी गर्नु पर्दछ । त्यसैगरी शिक्षकको सेवासुविधालाई निजामती कर्मचारीले पाउने सबै खालको सेवा सुविधा हुने गरी शिक्षकको वढुवा, प्रशंसा, सम्मान, पुरस्कारले शिक्षकको पेशालाई बढी गौरव र आत्म–सम्मानकÞो भावलाई समेट्न सक्दछ । शिक्षकको वृति विकासमा ध्यान दिन सकियो भने मात्र कार्य–सम्पादनमा सकारात्मक प्रभावपर्न जान्छ ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto