भीम बुढाथोकी
गत वर्ष डिसेम्बर ३१ मा चीनको वुहान शहरबाट शुरू भएको कोरोना भाइरस (कोभिड–१९) विश्वव्यापी महामारीको रुपमा फैलिएको एक वर्ष पुगिसकेकोछ । कÞोरोना भाईरसका कारण विश्व जगतमा लाखौको मृत्यु भएको छ भने कराडौ मानिसहरु संक्रमित भएका छन् र असाध्य ठूलो संख्यामा क्वारेन्टाईन तथा आईसोलेषण कक्षमा जीवन मृत्युको दोसाँधमा बाँचिरहेकाछन् ।
आज आणविक अस्त्र शस्त्रको होडवाजी गर्ने विशाल राष्ट्रहरु समेत पर्यावरणमा आएको दूषित असर रशुष्म कोरोना भाईरसको अगाडि झुकेर हार खाएका छन । देशको ढुकुटी रित्तिन थालेर आर्थिक संकटआउन थालेको छ भने अर्कोंतिर सामाजिक जीवन पनि अप्ठेरोमा पर्दैछ । आज कोरोनाको महामारीले विश्व जगतमा मानिस लगाएत सबै पारिस्थितिक प्रणालीलाई असाध्य ठूलो चुनौति खड़ा गरिदिएको छ । मानिसको अतिशय मनोबृति तथा क्रियाकलापहरुले गÞर्दा प्रकृतिमा विजय गर्ने होड़वाजीको शितपूर्ण चलाखीको कारण आज संसारले ठूलो जोखिम तथा विपत्तिको सामना गर्नु परेको छ ।
यसकारण विश्वको स्वास्थ्य तथा सामाजिक जीवन, वायूमण्डलीय पर्यावरण, आर्थिक, शैक्षिक लगाएत अन्य क्षेत्रमा नराम्रो गरी गहिरो असर परेको छ । अहिले कÞोरोना भाईरस विरुद्धको खोप वा भ्याक्सिनको विकास गरेर कतिपय मूलुकहरुमा यसको प्रयोग गरिए पनि दीर्घकालिन प्रभाव पर्ने वा नपर्ने भन्ने कुरामा द्विविधा छदैछ । आज सम्म नियन्त्रणमा आउने सक्ने आशामा ढुक्कता पनि देखिदैन । अहिले कतिपय मूलुकहरु पुनः कÞोरोना भाईरसको तिब्रता हुदा देशका कयौ क्षेत्रहरु बन्दा बन्दीगरिएकाछन । यसै गरी छिमेकी देश भारतमा पनि कोरोना संक्रमण दर बढिरहदा केहि भू–भागकाक्षेत्रहरु बन्द गर्नु पर्ने अवस्था आइपरेको छ । एउटा सानो आगोको झिल्का जस्तो विम्बले विशाल अग्निको डढेलोंले भीमकाय रूप लिदै गत वर्षमात्र अस्ट्रेलियाको विशाल सुन्दर प्राकृतिक भूमीको हराभराको प्राकृतिक सौंदर्यता र संख्यौ जीवित प्राणीको जीवनलाई सखाफ बनायो । त्यसै गरी आज कÞोरोना महामारीले धनी ,गरीव, ठूला–साना सबैशहर,गाउ वस्तीका कुना कन्दरा सम्म कÞोरोना भाईरस महामारीले अस्त व्यस्त बनाएर ठूलो चुनौतीखडा गरिदिएको छ ।
माश्लोको मानवीय आवश्यकताको आधारभूत आवश्यकताको वर्गिकरणले पनि के कÞुरालाई जोडदिन्छ भने मानिस पहिले बाँच्ने कÞुरा प्राथमिकता हो । मानिसले आफ्नो ज्यानको सुरक्षा चाहन्छ र सुरक्षित किसिमले बाँच्न चाहन्छ । यो भनेको मानिसको आधारभूत स्वास्थ्य सुरक्षा हो । मानिसको जीवन छंदा मात्र यो संसार छ । त्यसकारण पहिलो स्वास्थ्य हो, जीवन हो । साच्चीकै देशमा कोरोना कहरको दोस्रो लहरको डर लाग्दो अवस्था आयो भने नेपाल जस्तो देशले फेरि पनि कोरोना महामारीलाई थेग्न समेत गाह्रो हुन सक्दछ । गत साल देश भित्र कोरोना भाइरस भित्रिदैको क्रममा आर्थिक तथा सामाजिक जीवनमा यति ठूलोअसर पर्योकि मानिसका दैनिकी जीवनका क्रियाकलाहरुमा निराशा र गतिहिनताले जीवन कस्टकर बनाउदै लिदा आर्थिक रुपमा देशको गतिमा सुन्यता छायो । सरकारको तर्फबाट त्यति दूरदर्शिता र तदरुपता नअपनाईदा समयमै कोरोना समस्या समाधान गर्न साकिएन । बरु उल्टै राजनीति बृतमा सत्ताधारी दल भित्रै पद तथा कुर्सी प्राप्तिको लागि ठूलै रस्सा कस्सीको अस्वस्थ खेलको शुरूवात हुनगयो । यति सम्म गरियो कि कोरोनाको हाउगुजी देखाएर देशलाई बन्दा बन्दी गरेर संवैधानिक परिषदमा हेरफेर गर्ने लगाएत सत्तामा टिकीरहन र टिकाईरहन राजनीति दल फूटाउने आध्यादेश समेत ल्याएर अपहरण शैलीमा व्यक्ति तथा नागरिकको मौलिक हक र स्वतन्त्रतालाई कुल्चिएर देशलाई भड्खालोमा पुर्याउने हर्कत गरियो । त्यति बेला आम नागरिकहरूको स्वास्थ्य सुरक्षामा यस्तो खेलसमेत गरियोकी पिसिआर र आरडिटिको परीक्षणको दायरा बढ़ाईएन र मनपरी रुपमा कतिपय निजी स्वास्थ्य संस्थाबाट समेत नागरिकहरुबाट पैसा असुल्ने गरियो । जनताको बाँच्न पाउने आधारभूत स्वास्थ्य सुरक्षा नागरिकहरुको मौलिक अधिकार हो । कोरोना महामारीको विषम परिस्थिति विच स्वास्थ्य सुरक्षा सामाग्री खÞरीद प्रक्रियामा विभिन्न वैदेशिक तथा स्वदेशका संघ संस्थाहरु संगको आर्थिक चलखेल तथा घोटलाका कुरा बाहिर आउनुका साथै सर्व साधारणको जीवनमा गरीवी, भोकमारी, औषधि अभाव, अपराध आदि संगै चरम लापर्बाही, भ्रस्टाचार, अनियमियतता, कमिसन, घुसखोरी, ठेक्का पट्टा आदिले देश अस्त व्यस्त हुन गयो भने अर्कोंतिर देशको सत्ता तथा दलिय स्वार्थको अस्थिर राजनीतिको फाईदा उठाएर कुटनीनैतिक सम्बन्धको नाममा छिमेकी राष्ट्रहरुबाट सिघ्राति सिघ्र रुपमा अन्तरदेशिय विचको कुटनैतिकसम्बन्धको मर्यादा तथा सीमालाई नाघेर बल मिचाईपूर्वक राता रातको अस्वस्थ भेटघाटले देश अझठूलो अध्यारो सुरंगतिर धकेलिन पुग्यो । सूदुर पश्चिम नेपालको लिपुलेक, कालापानी, लिम्पियाधुरा तथा अरु उत्तरी नाकाहरुमा हाम्रो देशको सार्वभौमिकता, अखण्डता, स्वाधिनता माथि प्रश्न चिन्ह खडा भयो । अन्तराष्ट्रिय कानूनको वर्खिलाप गरी भारतले एकतर्फि नेपालको जमिन हुदै मानसरोवर सम्म पुग्ने सडक निर्माण कार्य बढ़ाउनु अनुचित थियो। जुन किसिमको प्रहार हुन गयो,यो एउटा आपत्तिजनक कुरा हो भने जबर जस्तको ठाडो हस्तक्षेप पनि हो । यसरी अन्तराष्ट्रिय सन्धि सम्झौता र कानूनको समेत धज्जी उदांगो भएको छ । यी माथि उल्लेख गरिएका थुप्रै कारणले गर्दा लोकतन्त्रको लागि लामो समयको काल खण्डमा नेपाली जनताको ठूलो त्याग, तपस्या र बलिदानीबाट प्राप्त संघियता, लोकतन्त्र, गणतन्त्र, धर्म निरपेक्षता, समानुपातिक समावेशिता जस्ता महत्वपूर्ण पक्षलाई सत्ताधारी पार्टीको मुख्य नेतृत्व बाट नै असंवैधानिक, अलोकतान्त्रिक तथा प्रतिगमनको बाटोबाट संविधान र व्यवस्थालाई नै अवसान गराउने बाटोबाट भीरमा खसाईयो । भलै त्यो असंवैधानिक बाटोलाई सबै दलको नेतृत्व, नागरिक समाजका अगुवा तथा सबै जनताको आन्दोलन र सम्मानित सर्वोच्च अदालतले न्याय दिएको छ । तथापी अझै पनि देश तरलिकृत राजनीतिक अवस्थाबाट गुज्रिरहेकै छ । राजनीतिक दलहरूको आपसी व्यक्तिगत तथा दलगत सत्ता स्वार्थको खिचातानीले अस्थिरता मात्र जन्माएको छ । यसै गरी आज विश्व स्तरमा वायूमण्डलमा आएको दूषित वातावरणीय पर्यावरणले गर्दा मानिसको जनजीवन थप कस्टकर बनिरहेको छ । खास गरी अहिले एशियाली मूलुकहरुमा बढ्दो दूषित बातवरणका कारण सबै क्षेत्र प्रभावित बनिरहेको छ । नेपालको पूर्वी क्षेत्र देखि मध्य हुदै पश्चिम क्षेत्रका तराई तथा उपत्यकामा ठूलो असर देखा परिरहेको छ । त्यसै गरी पहाडी भू–भाग हुदै हिमाली क्षेत्रको उत्तरी सीमाना नाघेर चीन सम्म दूषित अस्वस्थकर वायूमण्डलको असर देखिदै छ । केहि दिनयता वायूमण्डलमा देखा परेको अस्वभाविक वातावरणीय परिस्थिका कारण

विध्यार्थीहरूको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई दृष्टिगत गरी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विज्ञहरुको परामर्श, राय, सल्लाह, सुझाब लिएर २०७७ चैत्र १७ गते मंगलवार देखि २० गते शुक्रवार सम्म जम्मा ४ दिनको विदाको निर्णय गरिएको छ । अझै भोलिका दिनहरुको आँकलन गर्न गाह्रो छ । अहिले दिनानु दिन एकपछि अर्कों विभिन्न परिस्थितिका कारण देश अप्ठेरो अवस्थाबाट गुज्रिदैछ । यो भयावह अवस्थाबाट मुक्ति पाउनको लागि मानिसको सोच विचारमा तनमन सहित सरकारी तहबाट योजनाबद्ध रूपमा अगाडि बढ़न जरुरी छ । यो अस्थिर तथा त्रासदीपूर्ण घडिमा हामी विच रहने गरेका तुषगत राजनीतिक आग्रह पूर्वाग्रह जस्तामन विचारका मासिना विष बमनका त्यान्द्राहरूको विजÞारोपन गरेर गुटगत तथा दलगत स्वार्थ पालेरहामी कसैलाई पनि फÞाईदा छैन । अहिले हाम्रो सामु जीवनको ठूलो दुश्मन कÞोरोना संग लडेर विजयप्राप्त गर्नु छ भने देशको तिब्रत्तर रुपमा आर्थिक उत्पादनमा विकास गरी आत्म निर्भरताको बाटोमाकृषि, उधोग, वाणिज्य व्यापार, व्यवसाय तथा रोजगारी तथा स्वरोजगारको अवसरहरु सिर्जना गरीदेशलाई हर क्षेत्रको विकासले संबृद्ध बनाएर आगाडि बढ़नु छ । हामी बाँचे यो सुन्दर धर्तीको विशालसंसार हामी संग हुनेछ । देश विकास र संवृद्धिका लागि सुशासन तथा सदाचारको नीतिमा बाधिनसक्नु नै हामी सबैको विजय हुनेछ । अहिले पनि देशमा देखिएको राजनीतिक अस्थिरता, भ्रस्टाचार, कमिसन घूसखÞोरी, अनिमियता, ठेक्का पट्टा विभेदता, असमानता, गरीवी, भोकमारी, रोगव्याध, खराब पर्यावरण, अपराध आदि हाम्रा प्रमुख शत्रु हुन । यिनैको खिलापमा जानु नै हाम्रो महान बद्धि र विवेक हो । हामी संग रहेका सबै खालका विकार यूक्त आचारणहरु हटाउनु नै महानता हो । राजनीतिमा कुनैपनि स्थायी मित्र या शत्रु भन्ने हुदैन । हरेक परिस्थिति अनुसार देश र जनताको लागि राजनीतिमा एक निर्णायक मोड आई पर्दछ । त्यो कुरा हरेक राजनीतिककर्मिहरुलाई बोध हुन जरुरी हुन्छ । कुनै पनि दर्शन तथा विचार सधै स्थायी हुन सक्दैन । राजनीति एउटा संभावनाको खेल हो र राजनीतिले हरेक क्षेत्रको निर्धारण गर्दछ । राजनैतिक दलहरुले नैतिकताको आचरणगत असल व्यवहार देखाउन सक्नुपर्दछ । असल संस्कारको तन–मन र वचनले एक अर्काको हित र कल्याणको मैदान बनाउने अभियानमा एक बद्ध हुन सक्नु नै सच्चाईको राजनीतिक अवतरण हो । महान विचार र सहयोगले हरखालका भ्रष्ट आचरणलाई हटाउदै सभ्य मानव समाजको कल्याण र विकासको बाटोमा लागÞ्नु नैसबैको जीत हो । अहिले खÞास गरी नेपालीहरूको ठूलो संख्या भारतमा छ । भारतमा कोरोना संक्रमण दर बढिरहेको छ । कोरोनाको डर त्रासको भयावहलाई छल्न निश्चय पनि उनीहरु छिटो नेपालमा आउन चाहिरहेकाछन । गत वर्ष दुई देश विच रहेका आ–आफना नागरिकहरुलाई दुई देश विचको आपसी संवाद तथाकुराकानी बाट विभिन्न रोजगारीमा बसेका नागरिकहरुलाई उनिहरु बसेकै सम्बन्धित देशले नै स्वास्थ्य सुरक्षा लगाएत अन्य गासवासको प्रबन्ध गर्ने पारस्पारिकताको वातावरण निर्माण गरे पनि व्यवहारमा त्यो यथार्थतता देखिएन । गत वर्ष भारतले उल्टै नेपालीहरुलाई सीमाना नजिकै ल्याएर छोडिरहेको थियो । उ आफÞनो देशको समस्यामा समेत गाँजिएको थियो । भारतबाट स्वदेश फिर्ता भएका आम नागरिकहरु सीमा क्षेत्रमा विलख बन्दमा पर्नुपर्ने अवस्थाको सिर्जना हुन गयो । यसरी मानिसहरूको भिडभाडले कोरोना संक्रमण दर उच्च रुपमा बढ्न गएको थियो । अन्ततःआम नागरिकहरु स्वदेश आई सके पछि कोरोना संक्रमण दर हवात्तैबढ्यो । आखÞिर सरकारको उदासिनताको ढिलाई पन जे भए पनि सरकारी संयन्त्रको व्यवस्थापन र नेपालीहरूको ठूलो भाग्यमा आफ्नो सुरक्षा, सतर्कता, सावधानी आदिले कोरोना दर बढ़न पाएन । यो एउटा सुखद विषय नै मान्नु पर्दछ ।
अहिले हाम्रो सामु मानव जीवन रक्षार्थ कÞोरोना विरुद्ध लडनु परेको छ भने अर्कोतिर विश्व बजारमा आइ परेको ठूलो आर्थिक संकटबाट कसरी पार पाउने भन्ने कÞुरा प्रमुख छ । हिजो हामी जुन जुनराष्ट्रसँग वाणिज्य व्यापार गर्दै आईराखेका थियौ,तिनै आत्मनिर्भर भएका शक्तिशाली राष्ट्रहरु समेत आज असाध्य ठूलो आर्थिक संकटको चपेटामा पर्दै छन भने अब हामी नेपालीहरूको भोलिको गति के हुन सक्ला, त्यो विचारणीय पक्ष हो । हाम्रो निर्यात भन्दा बढ़ी आयातमूखि वाणिज्य व्यापार हुदा एउटा परनिर्भरताको बाटो,त्यो पनि अब सजिलो छैन । देशमा भित्रिने रेमिट्यांन्समा पनि असाध्य ठूलो असर पर्न गएको छ । अमेरिका जस्ता कयौ देशको तथ्यांकलाई हेर्ने हो भने बेरोजÞगारीको अवस्था करौड़ौ संख्यामा रहेको अवस्था देखिन्छ । अहिले संसारभर फैलिरहेको कोरोना भाईरसबाट सुरक्षित हुने र देशको आर्थिक गतिविधिहरुलाई निर्वाध रुपमा संचालन गरी आत्मनिर्भरताको विकल्प सहितको बाटोलाई शुरुवात गर्ने भन्ने नै मुख्य सवाल हो । यसरी संसारभर फÞैलिएको महामारी कÞोरोनाभाईरसले लाखौ मानिसहरूको ज्यान लिईरहदा हामी कसरी सुरक्षित हुने र अर्कोंतिर आगÞौ दिनमाआफू र भावी पुस्ताहरूको लागÞि उच्च सतर्कता सहित कसरी आत्म निर्भरताको बाटो बनाउन सकिन्छ भन्ने बारे दूरदृष्टि बनाउने योजना तय गर्नु बुद्धिमानी हुन सक्दछ ।
अहिले अमेरीका,ईटली,फÞ्रान्स,ब्राजिल,भारत लगाएत कयौ मूलुकहरुमा ठूलो मानवीय क्षति भइसकेको छ । आज पनि छिमेकी देश भारतमा कÞोरोनाकÞो ठूलो जोखिमको अवस्था छ । यसकोरोकथाम नियंत्रण तथा उच्च सतर्कता र सावधानी सहितको नियम पालना गरिएन भने अझै सानोलापर्वाहिले अझ ठूलो भयावह स्थितिको सिर्जना गर्न सक्छ । चीनले उचित समयमा सहि विवेक प्रयोग गरी समयमैं देश लकडाउन गरी आवागमन पूर्ण रुपमा बन्द गर्यो।लकड़ाउनको नियमलाइ त्यहाँको सरकार र जनताले पूर्ण रुपमा पालना गरेकाले कोरोना सँग विजय प्राप्त गरी चीन आजसामान्य अवस्थामा फÞर्किएर देश विकासका लागीÞ सम्पूर्ण अवयवहरु आर्थिक सामाजिकलगाएतका गतिविधिहरु निर्वाध रुपमा आगाडीÞ बढ़ाईरहेको छ ।
कÞोरोनाको उच्च सतर्कता र सावधानी अपनाउदा पनि संसारकै संभ्रान्त व्यक्ति वा परिवार र उच्च नेतृत्व नै कÞोरोनाको भयावह संक्रमणबाट सुरक्षित हुन नसकिरहदा सामान्य नागरिक कसरी सुरक्षाको दायरालाई पार गर्नसक्ला । अहिले विशेष गरी भारत तथा नेपालका सीमा क्षेत्रलाई विशेष निगरानी र व्यवस्थित बनाउनतिर ध्यान दिन ढिलाई गर्न हुदैन । भारत तथा अन्य मूलुकबाट कति संख्यामा नागरिकहरु देशभित्र भित्रिने संभाबना हुन सक्छ त्यस कÞुरालाई मध्ये नजर गरी द्रुत जाँच गर्न सक्ने अटो मेसिनको व्यवस्था गरी संखÞास्पद सबैको जाँचलाई ¥यापिड स्पिडमा जाँच लिने कार्यलाई तदारुपता दिनुपर्दछ । यसका साथै गत वर्ष निर्माण गरिएका कोरोना अस्पतालका कक्षका साथै विभिन्न संस्थाका भवनहरुलाई यथोचित रुपमा व्यवस्थापन गर्न जरुरी हुन्छ।कोरोना प्रभावित ठाउ र संख्या अनुसारदेशलाई कÞोरोना बढी प्रभावित, मध्यम र सामान्य गरी तीन क्षेत्रमा बिभाजन गरी जनशक्तिको बांडफाड़ तथा खटनपटनको व्यवस्था मिलाउनु पर्दछ । दक्ष तथा अदक्ष सबै नागरिकहरूको श्रमसीप, मेहनत, क्षमता र दक्षता अनुसार आर्थिक उत्पादनको लागि विभिन्न उधोग व्यवसायहरुलाई पूर्ववत रुपमा सञ्चालन गरेर विकास निर्माणका कार्यहरु अगाडि बढाउने र थप दिर्घकालीन रणनैतिक योजना बनाएर आगाडि बढ़नु पर्दछ । विगत दिनहरु झै स्वास्थ्य सुरक्षाका मापदण्डहरुलाई पूर्ण रुपमापालना गराएर हाम्रा दैनिकी कार्यकलापहरु सहज र सरल बनाउनु पर्दछ । मानिसहरूको आवतजावतलाई परिवहन तथा पारवहन सेवालाई सुरक्षा सहितको उचित व्यवस्थापन मिलाउने व्यवस्थामिलाउनु पर्दछ । अहिले देशमा बढिरहेको कोरोना संगै वातावरणीय अस्वस्थकर प्रदूषणले मानिसको स्वास प्रस्वासमा जटिल समस्या ल्याउदा थप गम्भिर परिस्थिति आउन सक्ने कुरालाई मध्य नजÞर गरि विषय विज्ञहरुको राय, सल्लाह सुझाब लिएर सरकारी बृत्तबाट सहि समाधानको बाटो पहिल्याएर जनताको जिउ धनको सुरक्षा र निर्वाध आर्थिक गतिविधिलाई सरल बनाउन सक्नु पर्दछ ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto