नेपाल कम्युनिस्ट पार्टी (विप्लव समुह) रुकुम पश्चिमको बैठक बसेको छ । केन्द्रीय अनुसार रुकुम (पश्चिम) मा सञ्चालन भइरहेको एकीकृत जनदिशा अभियानको समिक्षा गर्दै बैठक सम्पन्न भएको छ । समिक्षामा वर्तमान विकसित राजनीतिक घटनाक्रम, अभियानको प्रभावकारिता, उपलब्धि र पार्टीको पछिल्लो कार्यनीतिको बिषयमा जिल्ला पार्टी कार्यालय सदस्य अमृतले धारणा राखेका थिए ।
समिक्षा बैठकमा बोल्दै उनले पार्टीले सञ्चालन गरेको एकीकृत जनदिशा अभियानले पार्टीको निति, विचार र कार्यक्रमलाई श्रमजीवी जनताको बीचमा सम्प्रेषण गर्न सफल भएको बताए । बैठकमा सहभागीहरुले अभियानको क्रममा प्राप्त गरेका संगठनिक, राजनीतिकका उपलब्धिहरु र अभियानलाई थप व्यवस्थित ,प्रभावकारी र उपलब्धिमुलक कसरी बनाउने भन्ने बिषयमा सल्लाह सुझाव राखेको बताइएको छ ।
फेसबुक प्रतिक्रियाहरु