प्रेस संगठन नेपाल कर्णाली प्रदेश समितिले रित्त केहि पदहरुमा हेरफेर गरेको छ । शनिबार बसेको कर्णाली प्रदेश समितिको बैठकले ९५ सदस्यहरु छनोट गरेको छ । रिक्त पदहरुमा पदपुर्ति गर्न केन्द्रीय समितिले प्रदेशलाई अधिकार प्रत्यायोजन गरे अनुसार जिम्मेवारीमा केहि हेरफेर गरिएको संयोजक प्रतिक शर्माले जानकारी दिए ।

नेपाल कम्युनिष्ट पार्टी नेकपा फुट देखिएसंगै जनबर्गिय संगठनहरुले पनि छुट्टाछुट्टै समितिहरु बनाएका हुन । जस अनुसार नेकपाको ओली समुहमा गएका प्रेस संगठनका सदस्यहरुलाई हटाएर प्रचण्ड नेपाल समुहको प्रेस संगठनले देशभर समितिमा हेरफेर गरेको हो । महेश्वर दाहाल नेतृत्वको प्रेस संगठन नेपालले गैरभौगोलिक प्रदेश सहित १० प्रदेशमा यसअघि नै इन्चार्ज, संयोजक, सहसंयोजक र सचिबको टुंगो लगाएको थियो । जस अनुसार कर्णाली प्रदेशमा संगठनको इन्चार्जमा जीवन बिसि, सहइन्चार्जमा देविराम देवकोटा, गोविन्ददेव भारती, संयोजकमा प्रतिक शर्मा, सहसंयोजकमा गणेश कञ्चन भारती, रमेश एडि, सुर बहादुर सिंह र सचिबमा दिपक कुमार बुढालाई जिम्मेवारी दिएको थियो ।

जस अनुसार शनिबार बसेको प्रदेश समितिले प्रदेश सदस्य र प्रदेशका दश जिल्लाका संयोजक, सहसंयोजक र सचिबमा टुंगो लगाएको छ । जस अनुसार रुकुम पश्चिमको संयोजकमा मेगराज खड्का, सहसंयोजकमा अमरराज पुन र सचिबमा ज्ञानु गौतमलाई जिम्मेवारी दिईएको छ । संयोजक, सहसंयोजक र सचिबको सहमति र सहकार्यमा जिल्ला समिति थपघट गरिने छ ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto