मुसीकोट साना किसान कृषि सहकारी संस्था लिमिटेडको प्रथम साधारणसभा सम्पन्न भएको छ । सदरमुकाम सदरमुकाम मुसीकोटमा साधारणसभा सम्पन्न भएको हो । २०७६ असार ३० गते दर्ता भएको सहकारीको कार्याक्षेत्र मुसीकोट नगरपालिका १ र ५ वडा रहेको छ ।
साधारणसभामा हालसम्म भएका प्रगति तथा आगामी योजना तथा कार्यक्रमहरु प्रस्तुत गरिएका थिए । साधारणसभामा संस्थाका अध्यक्ष धनमाया केसी रावलले सञ्चालक समितिको तर्फबाट प्रतिबेदन पेश गरेकी थिईन । जसमा २०७६ सालको प्रारम्भिक साधारण सभा सम्म २९६ सेयर सदस्य रहेको संस्थामा २०७७ असार मसान्त सम्म बृद्धि भएर ४३९ सेयर सदस्य रहेका छन । त्यसैगरी संस्थाको सेयरपुँजी २०७६को प्रारम्भिक साधारणसभा सम्म २ लाख ८९ हजार रहेको २०७७ असार मसान्त सम्म बृद्धि भएर ७ लाख १५ हजार पुगेको छ । सहकारी मार्फत कृषि तथा बागबाणी, पशुपंक्षी पालन, व्यापार व्यवसाय क्षेत्रमा लगानी भैरहेको छ । प्रतिबेदनमा चालु तथा आगामी आर्थिक बर्षको योजना र कार्यक्रमहरुको लागि पनि प्रतिबेदनमा समेटिएको छ । जसमा सेयर संख्या बृद्धि गर्ने, नियमित बचत समुह बृद्धि, कारोबारमा बृद्धि गर्ने, संस्थागत सुदृढिकरण गर्ने र कार्यविधिमा संसोधन प्रस्ताब पनि गरेको छ । साधारणसभाले आर्थिक बर्ष २०७६।७७ मा सबैभन्दा बढी बचत गर्ने समुह नं. १० र १६, सबैभन्दा धेरै बालबचत गर्ने बचतकर्ता निर्मला बोहरा गौतम, सबैभन्दा ऐच्छिक बचत गर्ने धनकली खत्री, सबैभन्दा धेरै सेयर रकम जम्मा गर्ने बर्ष बुढाथोकी, काली बिष्ट, तिलसरा रावल, रिता बुढाकेसी, सिर्जना बुढा पुन, सुनिता थापा र शान्ती मल्ललाई सम्मान गर्ने निर्णय गरिएको अध्यक्ष धनमाया केसी रावलले जानकारी दिईन । मुसीकोट नगरपालिका १ का वडा वडाध्यक्ष विरबल केसीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सदस्य बिना बोहरा गिरीको स्वागत मन्तब्य रहेको थियो । सरोकारवाला ब्यक्ति तथा निकायहरुको सहभागीता रहेको उक्त कार्यक्रमको संचालक गंगा रावलले गरेकी थिईन ।