धमिलो पानीमा माछा मार्नेहरु (नाटक)

Byआहा सञ्चार

२०७७ माघ १५, बिहीबार ११:०७ गते

एक्कबहादुर केसी
अन्तिम भाग । ८ बैशाख २०३०, समय दिनको १० बजे आसपासमा–महेश बुढाथोकीको पार्थिव शरिरलाई सफेत कोरा कपडा ओढाएर घिउ खोलीको तेस्रोबाटो एकछेउतिर सुताईएको छ । त्यहाँनिर केहि मानिसहरुको जमघट छ, केहि सुरक्षाकर्मीहरुले लासलाई पहरा दिईराखेको देखिन्छ । यो लाशका वरिपरिमा झुम्म रहिराखेका मानिस मुसीकोट तिरकै थिए । मान्छे एउटा रमिते प्राणी हो । राम्रो काममा पनि रमिते हेर्नलाई झुम्मिन्छन र नराम्रो दृष्य हेर्नलाई पनि उतिकै लालाहित हुने गर्दछन ।
यसैबिचमा रुकुमकोटबाट २० जना जति मान्छेको डफ्फा घटनास्थलमा आईपुग्दछ । ति को थिए त भने महेशका बाबु थमन, थमनका भाई लोकदर्शन, दिनेश रुपेशहरु आदी । जो महेश बुढाथोकीको सतगद गर्न त्यहाँ आईपुगेका थिए । त्यहाँको वातावरणमा कोलाहाल थिएन, बरु सन्नटा छाइराखेको अवस्था थियो । यो मानेमाकी यतिबेला त्यहि करुणा दृष्यको माहोल रहेको थियो । उता रुकुमकोटमा महेशको भरमा त्यतिकै करुणामय वातावरण थियो । विष्णुमाया बुढाथोकी जो महेशकी आमा हुन, घरी होसमा आउथिन घरि बेहोसीमा लठ्ठ्ीने गर्थिन । छिमेकका मान्छेहरुले विष्णुमायालाई थामथुम पार्ने सहयोगीको भुमिका खेलेका थिए । परिपक्व महिलाहरुले सम्झाईबुझाई गर्ने गर्दथ्ये । चारपाँच जनी आईमाई संग भएर विष्णुमाया घरको माथिल्लो तलामा गईन । जहाँ महेशको सुत्ने कोठा थियो । त्यहाँ हरेक बस्तु साजसज्जाले राखिएको थियो । हिंगलरमा लट्काई राखेका महेशले लगाउने पाईन्ट र सर्टहरुलाई विष्णुमायाले अंगालो पार्दै चिच्चाउदै भनिन, मेरो छोरो मरेको छैन । म¥यो भनेर किन गाली दिन्छौं ! मेरो छोरा ! मेरो मुटुको ढुकढुकी, मेरो प्यारो छोरो महेशलाई म¥यो भनेर गाली नदेउ । बोल महेश बोल आमा भनेर यी महिलाको अगाडि आइदे, किन मेरो छोरोलाई गालि गरेको ? हेर यो महेशको पाईन्ट, सर्ट र टोपी जहाँको तँहि छ्, तसको जस छ ।
यसरी विष्णुमाया असह्यैय पीडाले भक्कानिएर कराउदै गर्दा छिमेकी एक महिलाले अर्की चाँहिलाई विस्तारै भनेकी थिई–बुढी लकभग बौलाइ सकिन, बेसुरले बोल्न थालिन । अर्की चाँहिले चिमोट्दै खासखुस गर्दै भनेकी थिई–त्यसरी पीडाको आगो दन्कीराखेको बेला घिउ नथप, जसलाई चोट परेको हुन्छ यहि पीडाले अत्तालिन्छ ।
यता खलंगामा कर्मचारी कारिन्दाहरुबाट कानुनी प्रकृया मिलाउनतिर लागिएको थियो । मृतकका घरपरिवारहरु घटनास्थलमा आईपुगेपछि सरकार वकिल लगायतले अव त्यहाँ लाश प्रकृति मुचुल्का लगाएत केके व्यहोराको कागज खडा गरि केहि बेरपछि त्यो काम सम्पन्न गरे । सरकारी वकिलले मृतकका आफन्तहरुलाई भने, –अव तपाईहरुले आफ्नो मान्छेलाई जिम्मा लिनुहोस, जहाँ जहाँ कागजमा दस्तखत गर्नुपर्छ गर्नुहोस ।
यति भनेपछि सबैले चुपचापसंग कागजातहरुमा सहिछाप गरिदिए, अनी ति कर्मचारी टोलि सदरमुकाम खलंगा बजारतिर फर्किए ।
यहाँ थोरै कुरा घटनास्थलको वाताबरण पनि बताईहालु । महेशका घरपरिवार आइसकेपछि जब प्रहरीले लाशलाई ओढाईराखेको सेतो कपडा निकालेका थिए–यतिखेर सम्म पनि महेशको दाईने हातमा नेपालको राष्ट्रिय झण्डा छदै थियो । यस्तो अवस्था देखेर बाबु थमन भक्कानिएर रोए, मुर्दाको माथीबाट टाउको अड्याउन पुगे । फेरी बाटोघारी पट्टी घोप्टो पर्न गए । त्यस्तै महेशको मान्छो बुवाले भने, यो मृत्यु महान हो, गाउँ समाज र देशको निम्ति जसले बलिदानी दिन्छ, अमरत्व प्राप्त गर्छ उ सहिद बन्छ र इतिहासको पानामा स्थान ग्रहण गर्छ । त्यो बोलिमा पनि मुटुमा ढुंगा राखी प्रस्तुत गरिएको उद्गार नै थियो भन्नुपर्छ । देशको भलोको निम्ती आफनो गाउँसमाजको भलोको निम्ती जसले अमरत्व प्राप्त गर्दछ त्यो ऐतिहासिक बन्छ र त्यो चिरकालतक मरेर पनि बाँदछ । त्यसको आश्रम भन्नु इतिहासको किताब हुने गर्दछ र पुस्तौपुस्ताका मानब समाजलाई ऐतिहासिक घटनाको मेटिन नसक्ने छाप बनेर रहेको हुन्छ । अर्को अर्थमा भन्नु पर्दा उ मरेको हुदैन बिरगती प्राप्त गरेको हुन्छ र महान सहिदको तक्मा भिरेर इतिहासमा सजिब भएर रहन्छ । किनकी उसको मृत्युवरणमा कुनै नीजिगत तुच्छ स्वार्थ हुदैन । उ सर्वोपरि हित हुने सिलसिलामा प्राण आहुती दिएर गएको हुन्छ । मृतक पार्थिव शरिर त के नै होर ? जल छ, खरानी बन्छ अनी नदिको पानीमा बिलिन हुन्छ तर सत्कर्म चाँहि सबैभरी तरोताज नै भैरहन्छ ।
यसरी महेशको पार्थिव शरिरलाई आफन्तहरुले उठाएर मुग्लु र सानोभेरी दोभानतिर लैजान्छन । तरपनि घटनास्थलमा रमितेमुलुकहरुभने केहिबेर त्यस घटनाको सिलसिलामा आआफ्ना धारणाहरु राख्ने गर्दछन ।
कसैको भनाई हुन्छ यो दुर्घटना हुनुमा काजी, मुखिया, जिम्वुवालहरु मुख्य दोषी हुन । खलंगामा रहनेगरि आएको अड्डालाई आफ्नो हालिमुहाली हुने अवसर गुम्छ भनेर रुकुमकोटतीर पठाएका थिए । अर्को एकथरिको भनाई रहन्छ की–अञ्चलाधिसले खलंगा पुगि सदरमुकाम फिर्ता गरि ल्याउनु पर्ने जुन धोकाधडि आश्वासन रुकुमकोटेहरुलाई दिएका थिए यदि त्यो घातपुर्ण आदेश नदिएको भए रुकुमकोटेहरु सदरमुकाम फिर्ता लिन खलंगामा आउने थिएनन । जसको कारण महेशको मृत्यु भयो । कयौं रुकुमकोटेहरु अंगभंग हुन पुगे । त्यसमा अर्कोले कुरो थप्दै भने, जे होस मुसीकोटेहरुको निम्ति भने अञ्चलाधिसले जुन चलाखि गरे भलो हुने काम नै गरे ।
आँखिर जसले जे तर्क लगाएता पनि अञ्चलाधिसले आफ्नो पदिया दायित्व पुरा गर्न जिम्मेवारी निभाए । त्यस्तै दशकौं अघि गाउँमा जिम्मुवाल, काजी, मुखियाहरुले जे हर्कत गरे सार्वजनिक हितको निम्ती नगरेर आफ्नो नीजि स्वार्थ पुर्ति गर्नलाई गरे । यिनिहरुको नाम असल काममा भएको थियो भनेर समाजले आत्मसाथ राख्न सक्तैन । जसरी एउटा माकुरो जाल बिछाएर त्यसमा भुसुनोलाई बल्झाई आफ्नो शिकार प्राप्त गर्दछ त्यो चरित्र यो चराचर जगतमा पहिलैबाट चलिआएको थियो अझै पनि चल्दैगरेको छ र भविश्यमा पनि एकले अर्कोलाई जालझेलमा पारेर खसाएर शिकार प्राप्त गरिराख्ने छ । किनकी स्वभावले यो पार्टीपेटको सवाल हो ।
अन्त्यष्टिको लागि मोराटापुमा चिता तयार पार्न थालियो । दिनेश, रुपेश सबै मिलेर दाउराको चांङ लगाए र महेशको लाशलाई सुताईयो । हिन्दु प्ररमप्रुरा संस्कार अनुसार अब अन्तिम अन्त्येष्टिमा बिधिबिधान पुर्वक ब्राह्मणले मन्त्रउच्चारण गर्न थाले अनी पहिले ज्वाला सहोदर बाबु थमनको हातबाट झोस्नुपर्ने हुन्थ्यो । म मेरो छोरो बासको कलिलो तामा जस्तो शरिरमा आगो झोस्दैन भनेर थमनले भने । धेरै सम्झाई बुझाई गरेपछि थमनले छोरालाई अन्तिम दागबत्ति दिए । त्यतिखेर थमन बुढाथोकीले भनेका थिए, – हे इश्वर ! छोराले बाबुको दागवत्ति दिने ठाउँमा म बाबु अभागीले छोरालाई दागवत्ति दिनुप¥यो । यस्तो हरिविपत्ती मेरो जीवनमा आईपरेतापनि अरु कसैका बाबु आमाले यस्तो देख्न नपरोस ।
लोकदर्शन ः –दाजु हाम्रो पनि यो असहैय पीडाले मुटु छियाछिया परेको छ । नचिताएको कुरा आँखाले देख्नु प¥यो । भनिन्छ–दैवले विपत्तीलाई अचानक मान्छेको अगाडि ल्याइदिन्छ रे, भतिजोको कलिलो शरिरमा आगो झोस्न हाम्रा पनि हात कापीरहेका छन । एउटा कविले भनेका थिए, –धैर्य रहनु, विपत्ती सहनु, कस्तै परेता पनि, यो काला बादलमुनी सयौं सुदि छन सर्याै दुखि छन, यो दुख सधैंभरी रहिरहन्न, सुख र दुख भन्ने कुरो चन्द्रमा र कालो बादलले आसमानमा लुकामारी खेलेजस्तो हो । यसरी भाई लोकदर्शनले साहनुभुतिका उद्गारहरु दाजुलाई भन्दै गर्दा अब भने महेश बुढाथोकीको चितामा आगोको ज्वाला दन्दनाईसकेको थियो । थमन बुढाथोकी टोलाएर दुखका आशु सकिनसकि थाम्दै गरेका थिए । सायद उनको आँखाको अगाडितिर त्यो दृष्य चिताको आगोबाट निस्केको धुवासंगै तिर्मिराएर नाचिरहेको छ जस्तो लाग्छथ्यो । कि दशआठ दिन अघिमात्र राप्ती अञ्चलाधिसलाई रुकुमकोटेहरुले भव्य स्वागत गर्ने क्रममा कमलतालका एक छेउनिर सजाईएको रंगीचंगी स्वागत मञ्चमा हजारौं मानिसको त्यस आसभामा आफ्नो छोरो महेश बुढाथोकीका साथमा गाउँकै एक नवयुवती प्रमिला आचार्य यी दुई युगल जोडि झ्याउरे गीतको भाकामा कम्मर मर्काई मर्काई छमछम्ती नाचेकाm थिए । दुनियाले त्यस नृत्युमा प्रभावित भएर वाह ! वाह ! को ताली बजाईरहेका थिए । समाप्त ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto