एक्क बहादुर केसी
धारावाहक नाटक
गतांकको बाँकी भाग । २०३० सालको बैशाख १ गते, रुकुमकोट जिल्लाको जिल्ला सदरमुकाम रहेको ठाउँ रुकुमकोटमा दाङ देखि आएका सुरक्षाकर्मी लगायत यस जिल्लामा रहेका सम्पुर्ण प्रहरीहरु यत्रतत्र छ्यापछ्याप्ती गस्तीमा रहेको देखिन्थो । बिहान ७÷८ बजेतिरबाटै हरेक सरकारी तथा अर्ध सरकारी कार्यालय समेतका यावत सरसामाग्रीहरु घर खाली गरी बाहिर निकालियो । आआफ्ना अफिसको सामाग्रीहरु सम्बन्धित कर्मचाहरीले जिम्मेबारीका साथ हराउन नासिन नपाउने गरि मुसीकोट देखि आएका सामान बोक्ने नागरिकहरुलाई बोकाउदै पठाउदै गरे । सयौं मुसीकोटेहरुको जमातले रुकुमकोटमा रहेका ती कार्यालयहरुका सरकारी जिनिसहरु बोकेर त्यहि साँझ छ बजेका समयमा मुसीकोट खलंगामा ल्याई पु¥याए । रातभर प्रहरीले सुरक्षा गरे । भोली पल्ट बैशाख २ गतेका दिनमा सेरीगाउँ र खलंगाका ठुल्ठुला घरहरुमा अड्डाहरु राख्ने चाँजोपाँजो मिलाईयो ।
त्यस उपरान्त सेरीगाउँ खलंगा यी दुई बस्तीमा मान्छेको गुल्जार दिन दुई गुणा रात चौगुणा गरी बढ्न थाल्यो । सडक किनाराहरुमा होटल,रक्सीका भट्टी तथा किराना पसलहरु खुल्न थाले । यसबाट के अनुभुति गर्न सकिन्छ त भने पैसाको बाक्लोचाख्लो हुन थाल्यो । नागरिकहरुमा आए उपार्जनका अनेकन बाटाहरु सृजित भए । मुसीकोटेहरु पहिले देखिकै मेहेनति मानिस हुन । घरघरमा लैना भैसी, हल गोरु नहुने परिवार कोहि थिएन । दुघ बिक्रि हुन थाल्यो, घीउ बिक्रि हुन थाल्यो, फलफुल बिक्रि हुन थाल्यो, हरियो तरकारी बिक्रि हुन थाल्यो, जग्गा जमिन कम हुनेले पनि ढ्यारी मजदुरी गर्ने मौका पाउन थाले । त्यस्तै अफिसहरुमा पिएनको जागिर पाउन थाले । शुरुशुरुमा यहाँका हरेक अड्डामा बाहिर जिल्लाकै कर्मचारी जस्तो, दाङ, सल्यान, प्यूठानले मात्र भरीएका थिए पछिबाट ठुलो मान पोष्टमा यहि मुसीकोटका समेतले जागिर खान थाले । यसरी अड्डा सर्नु अगाडि र अड्डा आईसकेपछिको यस ठाउँको हरेक पक्षका तार्किक भिन्नता भएको मान्न सकिन्छ । जस्तो जनतामा राम्रो लगाउने र मिठो खाने सभ्यताको विकास भयो । ठुलो कुरा त आम मुसीकोटे नागरिकमा आर्थिक उपार्जन गर्ने बाटो खुल्यो । जनताका बच्चाबच्चीहरु बारिह उच्च शिक्षा हासिल गर्न जानलाई आर्थिक हैसियतमा सक्षम भए । पछि पछि त क्याम्पसहरु पनि यहि खुले । यर्थातमा भन्नु पर्दा जिल्ला सदरमुकाम मुसीकोट सर्नाले शिक्षा, स्वास्थ्य, सुरक्षा, कृषि विकास, आदी हरेक पक्षमा उपलब्धी प्राप्त गर्न सकिने भयो । आखिर कति महत्वपुर्ण हुदो रहेछ जिल्ला सदरमुकाम आफ्नो ठाउँठाउँमा नै रहनाले ! सबैको हित भयो, सबैले सुबिधा पाए, काजी, मुखिया, जिम्मुवालको पालामा १०÷८ जनाले मात्र मोज मस्ती गथ्र्ये भने अब सर्ब साधारण सबैले किस्मत खरि खाने मौका पाए । जो संग थोरै जमिन थियो त्यस्ता परिवारहरुले अरु आय आर्जनको बिकल्प अपनाएर सजिलो सित जीवनयापन गर्ने भए । यहि नै हो तार्किक भिन्नता भन्नु ।
यता रुकुमकोटमा चाँहि नबयुवा पुस्ताहरुले ७ दिनको दिन गन्ती थाल्ने मात्र होईन छाट्टाछाट्टा (बलिया हिस्टपुष्ट) तन्नेरी तरुणीको खेर बटुल गर्न थाले । महेश, रुपेश, दिनेश, यी जोसिला नब युवक अग्रसर भएर मुसीकोट जानु पर्छ भनि गाउँ गाउँ टोलटोलमा पसे । महेश भन्ने थमन बुढाथोकीका एक्ला छोरा हुन । रुपेश लोकदर्शन बुढाथोकीका छोरा थिए । यी भाईभाईका छोराहरु उमेरले पनि मिल्दो जुल्दो । महेश २४ बर्षको र रुपेश २३ बर्षका थिए । यी अगुवा युवाहरु राप्ती अञ्चलाधिसको आश्वासन पाएर फेरी जिल्ला सदरमुकामलाई आफ्ना ठाउँमा फिर्ता ल्याउन सकिने कुरामा बिश्वास लिएका थिए ।
महेश ः– यो संसारमा असंभव भन्ने केहि छैन, तर आँट र लगनशिलता हुन जरुरी पर्छ ।
रुपेश ः– होतनी ! अधिकार भन्ने कुरा त्यहि कहाँ पाईन्छ र ? छिनेर लिनुपर्छ ।
महेश ः राप्ती अञ्चलाधिस स्वयमले सार्वजनिक भाषणमा उद्घोष गरकै छन, जुन समारोहकमा सिडिओ त्यहि थिए, जिल्लाको प्रहरी प्रमुख त्यहि थिए । हो, त्यसैले हाम्रो यो जिल्ला सदरमुकाम फिर्ता ल्याउने अभियानलाई कोहि कसैले रोक्न छेक्न सक्दैन । यी दुई भाईका कुराहरु सुनेर अरु युवाहरु पनि हौसियका थिए । यसरी युवा यवतीहरुलाई जम्मा पारियो । जसले मुसीकोट खलंगा पुगेर जिल्ला सदरमुकाम फिर्ता ल्याउने छन ।
थमन बुढाथोकी भने यस कुरामा सशंकित नै थिए । उमेर ५५ बर्ष नाघेका पाको उमेरका दुरदर्सी, फेरी यस असंभव अभियानमा आफ्नो एउटा मात्र छोरो महेश नेताझै बनेर अगाडि सरिराखेको छ । त्यसैले ठुलो चिन्तामा थिए यी बुढा । फेरी पनि छोरालाई यसरी सम्झाउने प्रयास गर्दै थिए ।
थमन बुढाथोकी ः घरघरबाट एकएक जना खटि जानु पर्छ भनेपनि तेरो सट्टामा पैसा ज्याला दिई अर्को मान्छे बनाई पठाईदिन्छु तर रोक्य, जाने काम नगर ।
महेश ः म एक्लै जाने होर बुढा ? नेताहरु सब कम्मर कसेर जानलाई अगाडि सरेका छन । सदरमुकाम फिर्ता ल्याउन सकिन्छ भन्छन यसमा डराउने के छर ?
थमन ः राजीनिति गर्ने नेताको भर नपर । किनकी राजनीतिमा यस्तै हुन्छ । कार्यकर्ताहरुलाई हौस्याएर अगाडि सार्दछन केहि भबितब्य परिहाल्यो भने यी नेताहरु जोगिईहाल्दछन । मर्ने कार्यकर्ता हुन्छन ।
आमा बिश्णुमाया बुढाथोकी ः बुढाले त्यति सम्झाउदा सम्झाउदै पनि किन जिद्दी गर्छन महेश तैले ।
महेश ः मैले यसरी हरेस खाएर पछि हट्ने, अर्कोले यस्तै गर्ने गरेपछि हाम्रो अभियान कसरी सफल हुन सक्छर आमा !
रुकुमकोट गाउँ पञ्चायतका प्रधान पञ्च ः होत नी ! महेशले ठिकै कुरा बोलेको छ किनकी हामी पनि त्यतिकै अभियान चलाएको कहाँ होर ! अञ्चलप्रमुख प्रशासक ज्यू स्वयमले निर्देशन दिईसक्नु भएको छ सुरक्षा पंतिले त्यत्रो ठुलो आम सभामा सुनेकै छन के हुने होर त्यहाँ ? पहिलै डराएपछि हट्न त भएन नी ! बाँकी मंसिरको दोस्रो हप्ताको अंकमा ।