धारावाहिक नाटक
एक्क बहादुर केसी
गतांकको बाँकी भाग । दाङबाट आएको अञ्चलाधिसको टोली रुकुमकोटतिर लागि सकेपछि मुसिकोटमा अब मान्छे जम्मा गर्ने काम शुरु भयो । खलंगा गाउँ पञ्चायतका प्रधानपञ्चले भारीतारी बोक्न सक्ने लायकका युवायुवतीलाई जम्मा गरि यसरी निर्देशन गर्ने गथ्र्ये ।
खलंगा गाउँ पञ्चालयतका प्रधान पञ्च ः अब हामी रुकुमकोट जानु पर्ने हो । त्यहाँ स्थित सरकारी कार्यालयका सरसामाग्रीहरु बोकेर ल्याउनु पर्छ । यस कामका लागि कुनै ढ्यारी मजदुरी दिन सकिदैन र श्रमदान स्वरुप तपाईहरु काम गर्नु पर्ने छ ।
प्रधानपञ्चले यसरी निर्देशन दिदै गर्दा भेला भएका दुई हजार जति मुसिकोटे युवा युवतीहरु कसै कसैका मुखबाट यस्तो प्रतिक्रिया गरेको आवाज सुनिन्थ्यो ः जिल्ला सदरमुकाम यहाँ आउछ भने सहर्षका साथ जो पनि कार्य हामी मुसीकोटेबाट श्रमदान गर्न अग्रसर हुने छौं ।
त्यहाँ राप माननीय सदस्य पनि उपस्थित थिए । उनको अनुसारमा पनि खुसीको चमक देख्न सकिन्थ्यो । खुईदिएको तालुमा उत्रिएका पसिना रुमालले पुच्छे गर्दथ्ये । साँख, भलाक्चा र छिबाङका प्रधानपञ्चहरु समेत यसै जनभेलामा सम्मिलित थिए र सबै खुसि र उमंगमा रहेका देखिन्थ्ये । ५÷६ बर्ष अघि काजी साहेबका चंगुलबाट मुक्त भएका डल्ली एवम मटुल्ली समेत यस पुनित कार्यमा आफु पनि समाहित हुन उत्सुक रहेका थिए ।
राप माननीय सदस्य ः हाम्रो सपना पुरा हुने भयो । अब हाम्रो यहाँ (मुसीकोट खलंगा) मा रुकुमकोट जिल्लाको जिल्ला सदरमुकाम स्थापित हुने भयो । तपाई हाम्रो गाउँठाउँको हरेक कुरामा सुबिधा र विकासका ढोका खुल्नेछन । गाउँको मुहार तपाई हामीले हेर्दा हेर्दै शहरमा बदलिने छ । यो एउटा सौभाग्यको कुरा हो । यति भएपछि २०२९ साल चैत्र मसान्तका दिनमा जिल्ला सदरमुकाम ल्याउन भनी मान्छेहरु मुसीकोट खलंगाबाट एकसाथ भएर रुकुमकोट तीर लागे । थारै जनमानसमा डर पनि थियो । किनकी आफ्नो ईलाका बाहिरबाट झिटिमिटि उठाएर ल्याउन एउटा चुनौतिपूर्ण कुरा थियो । मुसीकोट खलंगाबाट रुकुमकोट दश कोष टाढा पर्दथ्यो ।
रुकुमकोट नजिक धाउने भन्ने ठाउँमा मुसीकोटेहरु सबेरै पुगे । त्यस रात त्यहि धाउने बगरमै बास बस्ने र भोली पल्ट मात्र रुकुमकोट छिर्ने नेताहरुले निधो गरे । नजिकै सानोभेरी नदि बगिरहेको थियो । नेताहरुको लागि टेन्ट टाँगेर बसालियो । अरु भने खुल्ला चौरमा रहे । गर्मीको समय भएकोले जाडोको अनुभुति गरिएको थिएन । नेताहरुले जनतालाई आश्वासन दिन्थ्ये की ः रुकुमकोटमा सुरक्षाकर्मी सहितको अञ्चलाधिस ज्यू बसीराख्नु भएको हुँदा तपाईहरु कत्तिपनि नडराउनुहोस, हाम्रै सुरक्षाको लागि उहाँहरु रुकुमकोटमा आएको हो । कसैले पनि यहाँ कुनै किसिमबाट बाधा अवरोध पु¥याउन सक्दैनन ।
मुसीकोटेहरुले घरबाट साथमा ल्याएको खाजा नास्ता जो जे छ सानोभेरीको चिसो पानी संगै खाए । त्यस बखद पुर्णिमाको रात रहेकोले एकछिन युवा युवती मिलेर खुसियालीको झलक दर्साउने गरि बनगारी नाचो पनि लगाए ।
खलंगा गाउँ पञ्चायतका प्रधान पञ्च ः– ल भाई बैनीहरु हो रातपनि गहिरिदै जान लाग्यो । भोली सबेरै उठेर रुकुमकोट पुगी सरकार मालसमान बोकी लिएर भोली नै मुसीकोट खलंगा पुग्नुपर्ने भएकोले अब सबै
जना सुतौं आराम गरौं ।
प्रधानपञ्चले त्यति निर्देशन दिएपछि नाचगान गर्ने काम बन्द गरियो र सबैजना सुत्ने तर्खरमा लागे । एकछिन बातावरणमा स्तब्धता छायो । रातको ११ या १२ बजेको समय हुदो हो, धाउने बगरको घारीपट्टीको पातले झाडिबाट एक्कासी दुई राउण्ड हवाई फाएर भयो । यस्तो अप्रिय घटना घट्यो । मुसीकोटेहरु भागाभाग हुन थाले । तितरबितर भए । नदि काटका कति केटाहरु त ज्यान जोगाउन नजिकैको सानीभेरी नदिमा हाम फालेर भागे पनि । तर दुरदर्शी नेताहरुले यो अटकल लगाए की त्यो बन्दुक पट्काई केवल मुसीकोटेहरुलाई डराउन मात्र दिईएको हो । खलंगाका प्रपं ः नभाग ए केटाहरु हो ! यो हामीलाई तर्साएको मात्र हुन । केहि हुदैन नभाग । आधी जनताहरु त्यति भन्दा भन्दै पनि ठाउँ छोडेर भागाभाग भए । अब लिडरहरु नै उनीहरुलाई फर्काई ल्याउन जानु पर्ने भयो ।
खलंगाका प्रधान पञ्च र अरु दुई दिन जना आफै तम्सिए, कोहि कतैबाट, कोहि कतैबाट गएर जनतालाई फर्काउन पर्ने भयो । स्यालापाखाको घरेली भन्ने गाउँबाट यि प्रधानपञ्चको टोली ठारै उकालो बाटो लागे । किनकी मुसीकोट जाने अनेकौं बाटोहरु थिए । घरेली भन्ने गाउँको बाटो ठारो उकालो पर्दथ्यो । जंगलको छेउतिर अलि अगाडि अगाडि कुनै दुईजना बृद्धहरु उकालो चढ्दै गरेको तलतिरैबाट देखिन्थो । जुनको उज्यालोमा यो सजिलै देख्न सकिन्थ्यो की यी दुई बृद्धहरुले काधकाधमा बन्दुक बोकेका थिए । तलतिरबाट मान्छेहरु आउँदै गरेको देखेर बन्दुक झाँडिमा मिल्काएर यी बृद्धहरु त्यतिकै खाली भएर उकालो हिड्दै गरे । केहि बेरमै पछाडिको टोलीले भेटाई हाले ।
खलंगाका प्रपं ः– खोई कहाँ फाल्यौ बन्दुक !
माईला अधिकारी ः ल्याउछौं हजुर
धाउने क्याम्पमा पुगेर यी दुबै जनाको कठालो समातेर प्रधानपञ्च छिरे । सबै त्यहाँ भएका हरुले अचम्म माने । किनकी यी आआफ्ना काधकाधमा भरुवा बरुवा बन्दुक बोकेका बृद्धहरु अरु कोहि नभएर खलंगा गाउँ पञ्चायत नजिक सेरीगाउँकै मुखिया र माईला अधिकारी पो रहेछन । आफ्नै गाउँठाउँमा मान्छेहरुलाई तर्साएर भयभित तुल्याउने ।
रापं माननीय सदस्य ः– के गरेको यस्तो ?
दुबै बृद्धहरुको बोल्ने साहस आएन
बटुल्ली ः यीनै ब्वासाहरु हजुर खलंगामा रहने गरि आएको जिल्ला सदरमुकामलाई यता धकेल्ने ! अझै पनि बाधा बिरोधको हर्कत मञ्चाईरहेका छन ।
खलंगा गापं प्रपं ः होईन के तिमिहरुलाई मुसीकोट खलंगामा जिल्ला सदरमुकाम रहेको मन पर्दैन ?
मुखिया ः (हात जोड्दै) काजी साहेबले लगाए खटाएको काम मात्र गरेको हो हजुर ।
डल्ली ः काजी साहेकले गु खान जान भने पनि गु खान गैहाल्ने ?
मटुल्लीलाई माईला अधिकारी एबम मुसिखया हर्कत देखेर निकै रिस उठ्यो । उसलाई यो कुरा थाहा थियो की जुन समयमा सल्यानका कर्मचारीले खलंगामा जिल्ला सदरमुकाम राख्छौं भनेका थिए । यीनै काजी,खुमिया, जिम्मुवाल, माईला अधिकारी, हाटबुरा, एबम कजेनी समेतले यो अड्डाखाना यो ठाउँमा रहन दिनु हुदैन भनेर रुकुमकोट पठाएका थिए आफैले खुट्टामा लगाएका चप्पल उठाएर ती दुबै बृद्धहरुको गालामा छपाछप हानी र यस्तो पनि भनी ः– तिमिहरु होईन ! खलंगामा जिल्ला सदरमुकाम हुन नदिने ? अहिले पानीमाको ओभाने बन्न खोज्छौं ! बाँकी अर्को अंकमा ।