काली बहादुर ओली (ज.स्वा.अ.)
स्यानो छने वेला कुरा सम्झदा अइजेल अचम्मै लाग्च । तमाइहरुले पनि धेरैले यस्तो समस्या त पक्कै भोग्नु भयो होला । उइवेला जे भए पनि बिरामीको उपचार भन्याउ झारफुक र धामी झाक्री मात्रै हुने अर्को भन्याउ त गोस्याउ सराप भइयो । काँवाट अइजेला जस्तो ओषधीमुलो पाउनु र । औषधी भन्याउ ता उतइन्वा जराबुटा कुट्टकाट्ट पारेर खाने हो गेरै । साच्चैको राम्रो उपचार पनि हुन्थ्यो कैलै ता यस्तै बिधी पनि । एकचोटी मात्रै भया पो भन्नु फेरैफेरा पेट दुखी जान्या , कैलै ता कटक्कै खाएर ऐलै मरीजाउ जस्तो पनि हुने क्यार्दान र । हुक्की मर्नु पो होइजान्थ्यो भन्नुहुन्च । केइ उपाए नभएपचि धामीझाक्रीकोमा लिएर झारपुक तथा उपचार गराउदा उइवेलै जुका खसी जाने गड्यौलास्तो । उइबेलाका उपचारका अइल सम्झदा जुकाको लागि २ वटा उपचार बिधी सम्झना छ । एउटा पेटमा धारीलो कर्दाले ट्वाकट्वाक पारी हान्ने अर्को भन्याउ जंगलमा शिरु भन्ने घास पाइन्छ त्यो खान दिने जसले केही दिनमा जुका मरेर झर्छ । जुका प¥याउ भया ता यसले सन्चो हुने हो कैलै ता मर्ने गरी कटक्कै पेट खायो भने अर्कै समस्या हुने रहेछ अइल पो थाह भयो त उइल ता लागु लाग्यो भनेर अनेक थरी गरेल्त्या गाउघरमा । कैलै ता जोरी पाठा खाने लागु लाग्यो भनेर वाख्राको पाठा ल्याएर काट्ने गर्थे धामीझाक्रीहरुले ।
यस्ता धेरै समस्या मध्ये कैलै ता पानी जस्तो पखाला, उतैनु बान्ता आएर वाक्ती व्याक्ती भैैजाने अलिअलि ज्वरो पनि आयास्तो होइजाने रोगले पनि बेस्सरी सताउथ्यो । के कुरा लाउदान र अइजेल पो था भयो यो सबै ता हाम्रै फोहोरी आनीवानीले पो हुने रैछ । फोरी बानीले बिभिन्न थरीका आखाले च्याउन सकिने वा नसकिने धेरै थरीका किराहरुको उत्पत्ति भैकन थरीथरीका रोग लाउने रैछन । उइल ता दिसा गन्हायो की गाउ आयो भन्ने उखानै थियो । सबै गाउलेले दिसापिसाव गर्ने ठाउ भनेको वाटोको छेउछाउ हो । धेरै टाढा गए अलि परको खोलो वा जंगल हो त्यै पनि रातीमा तर्साउन्या डरले हुइती घरा करासा वरिपरी कतै ता हो नि । बेसरी पेट काटेइवेला बाटैनु वस्थे अरु मान्छले देखे पनि के लाग्यो र मर्नुभन्दा बउलाउनु जाती भनेइनिे चाप परेइवेला के गर्नु । अइल ता यस्ता कुरा गर्दा लाजउमर्नु होइजान्च । अइजेला घर त बिना चर्पीका छैनन उइल ता चर्पी वनाउन्यालाई सबैले हिस्याउने गर्थे । साच्चै भन्ने हो भने पानीजस्तो पखाला , बान्ता र अलिअलि ज्वरो आउने रोगले खुवै सताउथ्या े। अइल थाह भयो त्यो त रोटा भाइरसले गराउने झाडापखाला पो रैछ । रोटा भाइरस आखाले देख्न नसकिने बिषाणु हो । यो भाइरसले झाडापखाला गराउच । १९४३ मा ज्याकोभ लाइट र हो¥याक होडस भन्ने बैज्ञानिकहरुले वच्चाहरुको दिसामा योे पत्ता लाए की जसले पशुहरुमा पनि पखाला लाइ रह्याउ थ्यो । ३ दशक पछि १९७३ मा रथ बिशोप र उनका साथीहरुले वालवालिकाको दिसामा पनि यस्तै भाइरस भएको भनि बिस्तृतमा बर्णन गरे । थोमस हेनरी फ्लेवेटले यसको नाम रोटा भाइरस भनि सुझाव पेश गरे । यो भाइरस चक्का जस्ता गोलो हुन्च । ल्याटीन भाषामा रोटा भनेको चकका जस्तो भन्ने हुन्च । यो सबै उमेरमा हुन्च तर २ बर्ष मुन्या केराटीहरुमा अली बरी चाप पार्च । बिश्व स्वास्थ्य संगठनका अनुसार बिश्वमा ५ बर्षमुन्या केटाकेटीहरुमा हुने मृत्यूको कारण झाडापखाला पनि प्रमुख हो । बिश्वमा ८ प्रतिशत झाडाखाला कारणवाट मृत्यू हुन्च । झाडापखालामा पनि ३२ देखि ३८ प्रतिशत मृत्यू रोटा भाइरसका कारणले हुने पखालावाट हुन्च । नेपालमा बच्चाहरुको जनुंख्याका करीव ५० प्रतिशत केराटीहरुमा पखाला हुन्च । यो रोग सर्ने माध्यम रोगी व्यक्तिको दिसावाट दुसित भएको खाना र पानी स्वस्थ मान्छको मुखमा जानु नै हो । यो रोग लाग्या पचि आन्द्रामा संक्रमण गराउच। शुरुशुरुमा सामान्य ज्वरो आउने , पखाला ,वान्ता , पेट दुख्ने जस्ता चिन्ह र लक्षण देखा पर्चन । पखाला अलि कडा हुन्च । चिसो समयमा यले अलि बरी चाप्च। ३ दिन देखि ७ दिनसम्म आफै सन्चो भएर जान सक्च । तर जलबियोजन भया पछि बच्चाको ज्यान लिन सक्च समयमा जलबियोजनको उपचार पाइन भने । यो रोग लागेर उपचार गर्नुभन्दा रोगै लाग्न नदिनु राम्रो हो । यो रोग लाग्न नदिने प्रमुख उपाय भन्याउ रोटा खोप दिने , बच्चालाई ६ मैना सम्मन आमाउ दूध मात्रै ख्वाउने, सफा पानी मात्रै खाने, ६।६ मैनामा भीटामिन ए ख्वाउने ,वातावरणीय र व्यक्तिगत सफाइमा ध्यान दिने हो भने वच्न सकिन्च।
यस्तो पखालावाट बच्नको लागि रोटा खोपको २ मात्रा बच्चाउ उमेर ६ हप्ता र १० हप्तामा अरु खोप सगै दिनु पर्च । यो खोप मुखवाट ख्वाउनु पर्च । यो खोप निष्क्रिय पारिएको जिवित बिषाणुवाट तयार गरिएको हुन्च । ट्यूवमा पानी जस्तो देखिन्च हेर्दाखेरी । एउटा बच्चालाइ १.५ मि.ली ख्वाउनु पर्च । यो खोपलाई पनि उचित तापक्रममा मिलाएर नियमित राख्नु पर्र्नेे भएकोले घरमा लिएर ख्वाउन मिल्दैन । ख्वाउदा वच्चाको मुखमा गालाउ छेउमा राखेर चुसाउनु पर्च । सानो वच्चालाई अलि समय दिएर ख्वाउनु पर्ने हुदा आत्तीनु हुदैन । खोप खुवाउने व्यक्तिले राम्रोसग साबुन पानीले हात धुनु अत्यन्त जरुरी हुन्च किनभने फोहोर वस्तु मुखमा पस्न सक्छ । २००६ देखि हालसम्मन बिश्वका ९० भन्दानि बरी देशमा यो खोप ख्वाइ राखिएको छ । यो खोप ख्वाएपचि कोइकोइ केराटीहरुलाई सामान्य पखाला र पेट गडवडी हुन सक्च तर आफै हराइन गैजान्च । यो खोप अन्य खोप जस्तै सुरक्षित र गुणस्तरीय छ । बिश्व स्वास्थ्य संगठनले प्रमाणित गरी औषधी व्यवस्था बिभागमा दर्ता भयाउ खोप मात्रै नेपालमा प्रयोग हुन्च । खोपहरु नेपालमा सरकारले किनेर निःशुल्क उपलव्ध गराउछ ।
हामीले रुकुम पश्चिममा आ.व.२०७७।७८ को साउन मैनावाट रोटा खोप शुरु गरी सक्या छौ । सबै खोप केन्द्रवाट अन्य खोप सगसगै उमेर पुग्या केराकेटीले यो खोप पाउचन। खोप सगै सरसफाई प्रवद्र्धन कार्यक्रमको पनि शुरु गरिएको छ । त्यसकारण खोप कार्यकर्ता र महिला स्वास्थ्य स्वयम सेबिकाहरु मिलेर स्थानीय सरकारको सहयोगमा सरसफाइ सम्बन्धि बिभिन्न क्रियाकलापहरु संचालन खोप शुरु हुनुभन्दा केहीबेर अगाडी गरिने छ । सबैलाई फाइदा पुग्ने कार्यक्रम भएकोले खोप लगाउन आउने अभिभावकहरु अलि समयमै आई सहभागी हुनुहुनेछ भन्ने खोप कार्यकर्ताको अपेक्षा रहेको छ । समग्रमा भन्नु पर्दा नेपालमा पनि आबश्यकता अनुसार बिभिन्न खोपहरु थपिदै गै राख्या छन । सबैले खोप लगाऔ र निरोगी बनौ । आ आफ्ना वालवच्चाउ ख्याल गरी स्वच्छ नागरीक उत्पादनमा सहयोग गरौ ।