मुस्कान पाख्रीबास
धनकुटा
धेरै मायामा थोरै रिस मिसाए नाई नभन्नु ल ।
पत्थर जस्तो तिम्रो दिल पिसाए नाई भन्नु ल ।
रमाईलो काम भन्दैमा निरन्तर गर्न सकिन्छर ?
थकाई मार्न एक छिन् बिसाए नाई नभन्नु ल ।
तिम्रो धेरै मिल्ने साथीहरुले कुरा काट्दै थियो,
बिषय नबुझी तिमी संग रिसाए नाई नभन्नु ल ।
दिनभरी कामको बोझ् भएर भेट गर्न सकिन,
फोनमा बात मार्दै गर्दा निदाए नाई नभन्नु ल ।
साथीको जन्म दिनमा हल्का रोमान्स गर्नु पर्छ,
सगुन सम्झेर थोरै थोरै पिलाए नाई नभन्नु ल ।
फेसबुक प्रतिक्रियाहरु