ताराप्रसाद खड्का
हरेक वर्ष भाद्र २२ गते नेपालमा निजामती सेवा दिवस मनाइन्छ । यस वर्ष पनि स्वच्छ र सक्षम निजामती प्रशासन समृद्धि र सुशासन भन्ने मुल नाराका साथ निजामती सेवा दिवस मनाइदैछ । देश संघिय लोकतान्त्रिक गणतन्त्रमा गएको आज १० वर्षभन्दा बढि समय भैसकेको छ । देशमा संघियता लागु भएको पनि आज अर्धदशक पुग्नै लागेको छ तर जनतामा निजामती कर्मचारी प्रति हेर्ने दृष्टिकोण भने परिवर्तन भएको पाइदैन धेरै जसो सर्वसाधारण निजामती कर्मचारी भ्रष्ट हुन्छन । जनतालाइ दुख दिन्छन भनेर सोच्ने गर्दछन ।
अर्कोतिर कर्मचारीका आफ्नै बेदना छन । कर्मचारी समायोजन गर्दा कसैलाइ काखा र कसैलाइ पाखा गरियो भनेर, सरुवा गर्दा पहुँचवाला कर्मचारी मात्रै रोजेको ठाउमा जान पाउँदछन भनेर हुन पनि कसैले सुगम स्थान जीन्दगीभर छोड्न नपर्ने अनि कसैलाइ सधै दुर्गममा मात्रै काम गरिरहनुपर्ने बाध्यता रहिरहेको छ अहिलेसम्म । कर्मचारी समायोजन भइसकेपछि स्थानीय तहहरुमा कतै आफुभन्दा जुनियर कर्मचारीको मातहतमा रहेर काम गर्नु पर्ने वाध्यता छ त्यो पनि फरक सेवा, समुह भएकै आधारमा ।
स्थानीय तहहरुमा पनि जनप्रतिनिधिको दवावमा काम गर्नुपरेकमा घटनाहरु पनि वेलावेलामा आइरहन्छन बिडम्बना भन्नुपर्छ एक स्वतन्त्र र भरपर्दाे आयोग लोक सेवा आयोगबाट सबै पक्रिया पुरा गरी सिफारिस गरिएका कर्मचारी लाइ समेत कुनै स्थानीय तहले अयोग्य भनेर हाजिर नगराइ फिर्ता पठाइ दिएका घटनाहरु पनि सार्वजनिक भैरहेका छन । रत सबैलाइ प्रश्न उठ्दछन यो कस्तो प्रकारको गणतत्र, खै विधिको शासन ? कस्तो संघियता भनेर ? वास्तवमा संघियताको मुल मर्म यस्तो थिएन र होइन पनि यस्तै कमजारीका कारण एकातिर कर्मचारीहरु पीडित छन भने अर्कोतिर जनताप्रति संघियता नकरात्मक धारणा बनिरहेको छ ।
वास्तवमा यसो हुनु राम्रो होइन निजामति प्रशासन असक्षम भने छैन सरकारको मेरुदण्ड मानिने स्थायी सरकार अर्थात निजामती प्रशासन अर्थात कर्मचारीतन्त्र विभिन्न प्रकारका दवाव तथा प्रभाका कारण उनिहरुले प्रवाह गर्ने सेवा जनताले चाहेजति प्रभावकारी हुन सकेको छैन । अर्कोतिर संविधान वनेको ५ वर्ष पुग्नलाग्दा पनि नयां निजामती ऐन वन्न नसक्दा कर्मचारीहरु अन्यौलमा परेका छन्।
त्यैसैले आजकाल युवा पुस्तामा निजामति सेवाप्रति आकर्षण घट्दै गएको पाइन्छ । जागिर छोडेर विदेश पलायन हुनेहरुको संख्या पनि बढ्दै गएको छ ।
किनकि एक जना कर्मचारी गलत गर्दा सबै कर्मचारी बद्नियत हुनुपर्ने अवस्था छ अहिलेको परिवेशमा अर्कोतिर आफनो उत्पादक उमेर, तन मन सबै राज्यप्रति समर्पित गरेर देशको सेवामा खटिने कर्मचारी विभिन्न प्रकारका समस्याहरुले ग्रसित हुनपरेको छ । यो एक विकासशिल राष्ट्रको लागि ठुलो चुनौतिको विषय बन्न पुगेको छ । हरेक वर्ष प्रदान गरिने उत्कृष्ट निजामति कर्मचारी पनि धेरै जसो सुगम तथा राजपत्राकिंत कर्मचारी मात्र पाउने गरेका छन्। यसो हुदा दुर्गममा काम गर्ने तथा राजपत्र अनंकित कर्मचारीको मनेवल कसरी बढ्ला र ? निजमती स्ेवा समय सापेक्ष परिवर्तित हुनुपछ । निजामति सेवा जनमैत्रि, जिम्मेवारपुर्ण, जवाफदेही र भ्रष्टचार विरोधि हुनपर्छ भन्नेमा दूइमत छैन ।
नेपालमा निजामति सेवा प्राचिन कालदेखी प्रारम्भ भएको पाइन्छ तर वि.स २ं०१३ सालमा तत्कालिन प्रधानमन्त्री टंक प्रसाद आचार्य को पालमा गठन भएको प्रशाशन सुधार आयोग अनुसार वि.स २०१३ भाद्र २२ गते निजामति ऐन लागु भए पश्चातको समयलाइ निजामति सेवामा आधुनिक काल मानिदै आएको छ । तर अहिले निजामति सेवामा युवाहरुको आकर्षण घट्दै गएको आंकलन गर्न सकिन्छ ।
नया ऐनमा युवा तथा क्षमतावान, प्रतिभावान बर्गलाइ आकर्षित सुधार्नुपर्ने पक्षहरु यसप्रकार छन् ।
प्रतिभाको उचित कदर गरिनुपर्छ ।
निजामती सेवा अग्रेजी सिभिल सर्विस को नेपाली करण हो । यसको सिधा अर्थ जनताको सेवा भन्ने बुझिन्छ । अर्को अर्थमा निजामती सेवा भन्नाले हातहतियार, बिनाका सैनिक र प्रहरी सेवावाहेकको सरकारी कोषबाट पारिश्रमिक पाउनृ गरी चाहे विकसित देश को होस चाहे अविकषित देश युरोप अमेरिका एसिया जहांसुकैै भएनी यसको वृहत अर्थ यति नै हो । निजामती सेवा ऐन मा पनि निजामति सेवालाइ सैनिक वा प्रहरी सेवा वाहेकको नेपाल आर्थिक योजना तथा तथ्यांक सेवा ,नेपाल प्रशासन सेवा, नेपाल इन्जिनियडि. सेवा, कुषि सेवा, नेपाल वन सेवा नेपाल, शिक्षा सेवा ,नेपाल पररास्ट्र सेवा ,नेपाल लेखापरिक्षण सेवा ,नेपाल न्याय र नेपाल बिबिध सेवा परिभाषित गरिएको छ।
तर निजामति सेवामा प्रवेश गरेका कर्मचारी हरेक अवसरबाट बन्चित हुनुपरेको छ । उनिहरु निजामती सेवामा प्रबेश गर्नु भनेको सिधा रुपमा बुमm्नुपर्दा अरु सबै प्रतिभाहरु बिलिन हुनु हो ,जगीं र प्रहरी सेवामा जस्तो अतिरिक्त प्रतिभाको कदर हुदैन निजामती सेवामा । प्रतिधाकै कदर भएकै कारण नेपाल प्रहरी र सेनामा कला , साहित्य खेलकुदमा नया हस्तीहरु देखा परेका छन नेपाली सेनाका फुटबल खेलाडी भरत खवास र नवयुग श्रेष्ठ केही प्रतिनिधि पात्र मात्र हुन । साँच्चीकै युवाहरुलाई निजामती सेवामा आकर्षण बढाउने हो भने उनीहरुका अन्य प्रतिभाहरुलाइ कदर गर्नुपर्ने देखिन्छ । उनीहरुका प्रतिभाहरु प्रस्फुटित हुन दिनुपर्छ । कला साहित्य खेलकुदका सबै अवसरका ढोकाहरु खुला गरिदिनुपर्छ ।
आरक्षण जातियताका आधारमा होइन बर्गको आधारमा
एकातिर हामि अहिलै बर्गिबिहिन समाजको कल्पना गछौ । निजामती सेवा चुस्त, दुरुस्त, पारदर्शी उत्तरदायि र जनमुखी चाहान्छौ, । अर्कोतिर जातियताका आधारमा निजामती सेवामा आरक्षणको व्यवस्था गरिएको छ हामै निजामती ऐनमा । नेपालमा लोकतन्त्र आइसकेपछि निजामती ऐन २०४९ को दोस्रो शंसोधन २०६४ ले जम्मा परिपुर्ती गर्नुपर्ने पदको ५५ प्रतिशत मात्रै खुला र बाँकि ४५ प्रतिशतलाई १०० प्रतिशत मानि महिला ३३ र जनजाति २७, मधेशी २२ दलित ९ अपांग ५ र दुर्गम ४ प्रतिशत गरेर पदपुर्ती गर्ने व्यवस्था गरेको छ । यो आरक्षणले जातियतालाइ प्रमुख आधार बनाएको छ । जसको परिणाम देखिन थालिसक्यो । आरक्षण लछित बर्गसम्म पुगेको छैन र एउटै व्यक्तिले पटककपटक आरक्षण सुबिधा लगिरहेका छन । जस्तै कुनै व्यक्ति खरिदारमा आरक्षण बाट प्रबेश गर्यो भने उसैले नासु र अफिसरमा पनी आसक्षण लगिरहेको हुन्छ र आरक्षण सुबिधा लिनै प्राय पहुँचवाला मात्रै छन र उनीहरुको आर्थिक र सामाजिक अवस्था पनी रामै छ । अबको ऐनमा आरक्षण जातियता आधारमा होइन बर्गको आधारमा हुनुपर्छ किनकी सबै जनजाति, दलित, मधेसी विपन्न हुदैनन् र सबै क्षत्री बाहुन सम्पन्न हुदैनन । अब वास्तविक उत्पपिडित, वास्तबिक गरिब र पिछडियका क्षेत्रले मात्रै आरक्षण पाउनपर्ने व्यबस्था गर्नूपर्छ अनिमात्र निजामती सेवामा सबैको प्रतिनिधित्व हुन्छ । आरक्षणको मर्म पुरा हुन्छ ।
योग्यता र क्षमताको कदर गर्ने
अहिले निजामति सेवामा कुन मान्छेको क्षमता कस्तो छ भन्ने कुरालाइ महत्व दिइदैन । कुनै पनि कर्मचारीको पदलाइ मात्रै कदर गरिन्छ र नितिनिर्माण गर्दा पनि ससाना पदमा कार्यरत कर्मचारीहरुलाई उपेक्षा गरिन्छ । अबको निजामति सेवामा पद मात्रै नभएर काम गर्ने क्षमतालाई पनी कदर गर्न आवश्यक छ ।
पारिश्रमिक वैज्ञानिक तवरले निर्धारण गर्ने
नेपालमा कार्यालय समय विहान १० देखी वेलुका ५ वजेसम्म तोकिएको छ । तर केहि प्राबिधिक कर्मचारीहरु फिल्डका साथै अफिसको काम पनी गर्नुपर्छ । जसका कारण उनिहरु राम्रोसंग नसुतेर राति अबेरसम्म्म पनि काम गर्नुपर्ने हुन्छ । तलब आत्मसम्मान र उत्प्रेरणाको प्रमुख स्रोत मात्रै होइन, अन्तर्राष्ट्रियस्तरमा देशको छवि र हैसियत प्रदर्शन गर्ने सूचक पनि हो । तलब आर्थिक दृष्टिले परिश्रमको सम्मान हो । कर्मचारी हुँ भन्न र सार्वजनिक गर्न देश विदेशमा लाज मान्नुपर्ने स्केलको तलबमानले बौद्धिक, ब्रिलियन्ट प्रतिभावान सक्षम युवाहरू विदेश पलायन भइरहने हुन्छ । एउटा राष्ट्रसेवकले आफ्नो जीवनको ऊर्जाशील ३० ÷४० वर्षको समय राष्ट्रका नाममा खर्चेको हुन्छ । तर नेपालमा राष्ट्रसेवकले पाउने तलब उसको जीवन निर्वाहमा अपर्याप्त सत्यता यो हो । कानुनबमोजिमको सुबिधा मात्रै थापेर नेपालमा सरकारी कर्मचारीले जिवन निर्वाह गर्नसक्ने अवस्था छैन । सायद नेपालको नेपालको तलबमान सार्क देशहरुमा सबैभन्दा कम हो । तलबामा भिन्नता नभएपनि यहां तलबमा मात्रै निर्भर रहने र आवास सुविधासहित गाडि, तेल टि.भि मोबाइल, घुमफिर,भत्तालगाएत निजि र घरयासी प्रयोजनका लागि सम्पुर्ण सबिधा भोग गर्ने दुइ बर्गका कर्मचारी छन । असिमित बिलासिताका सम्पुर्ण सुबिधा नियन्त्रण गरेर जिम्मेवारी अनुसार सम्मानजनक तलब दिेनेहो भने अहिलेकै खर्चले खरिदारस्तरका कर्मचारीलाइ ४० हजार तलब दिन पुग्छ । अर्को विकल्प खरिदारस्तरका कर्मचारीलाइ १० हजार तलबमात्रै दिदापनी हुन्छ कर्मचारिका सन्ततीलाइ निशूल्क पालनपोशन , शिक्षादिक्षा आवास सुबिधा र निशुल्क उपचारको व्यव्स्था गरियमा
चक्रिय सरुवा प्रणली
अहिले कर्मचारीहरुको मुख्य समस्या भनेको सरुवा पनी हो । एउटै पदका कर्मचारीहरु कोही जागिर अवधिसम्म काठमान्डौ मात्र बस्ने कोही जागिरको पुरै अबधि दुर्गममा मात्रै बस्नुपर्ने बाध्यता छ। । एउटा सानो कामका लागि हाकिमसँग तोक लगाउने, दर्ता चलानी र शाखा प्रशाखा चाहार्दा कर्मचारी आफै हैरान हुनुपर्छ । प्रक्रिया नै लामो, झन्झटिलो छ सबै कर्मचारीको सरुवा हुने अवधि र स्थान चक्रीय रुपमा हुनुपर्छ , ताकी कर्मचारी मानसिकता बनोस आज दुर्गममा सेवा गरेनी भोली सुगममा जान्छु यसो गर्दा कसैलाइ काममा वितृष्ना हुदैन र कमीचारीको मनोबल उच्च हुन्छ र राम्रो प्रतिफल आउछ ।
अध्ययनको अबसर
अहिलेको निजामति ऐनमा ३ बर्ष काम गरिसकेपछि बढिमा ५ बर्षसम्मको अध्ययन बिदा पाउन सक्ने व्यवस्था छ तर सजिलै अध्ययन बिदा पाउन सक्ने अबस्था छैन। त्यसको लागि निकै दुख गर्नु पर्ने हुन्छ । बिशेश गरेर प्राबिधिक कर्मचारीहरुलाइ जागिर पछि अध्ययन गर्न समस्या पर्ने गरेको छ । त्यसैले प्राबिधिक कर्मचारीहरुको लागी अध्ययन बिदा कम्तीमा पनि ८ बर्षसम्म दिनुपर्छ । किनकी प्राबिधिक कलेज कमै मात्रामा छन्। अप्राबिधिक कर्मचारी लाइ जस्तो जागिर गर्दै अध्ययन बिदा नलियर अध्ययन गर्न सक्ने वातावरण प्राबिधिकलाइ छैन । उनीहरुलाइ आफ्नो अध्ययन पुरा गर्न बिदा स्वीकृत गराउनैपर्ने वाध्यता छ । लेखक खड्का बृहत जलाधार व्यवस्थापन केन्द्र जाजरकोटमा रेन्जर पदमा कार्यरत छन ।