महानरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक सचेतना अभिवृद्धिका लागि पुनः विभिन्न जनचेतनामूलक कार्यक्रम शुरु गरेको छ । सडक शिक्षा कार्यक्रमलाई प्रभावकारी बनाउन र सडक दुर्घटना न्यूनीकरण गर्न महाशाखाले काठमाडौँ उपत्यकाका विभिन्न स्थानका काल्पनिक ट्राफिक प्रहरी (डमी प्रहरी) बनाएर राखेको छ ।

डमीका हातमा ट्राफिक नियम उल्लङ्न गरेमा रू. ५०० देखि १० हजारसम्म जरिवाना हुनेजस्ता सन्देशमूलक जानकारीसहित बोर्डसमेत राखिएको छ ।

टाढाबाट हेर्दा ट्राफिक प्रहरी जस्तै देखिने भएकाले सवारी चालकले आफ्नो सवारी साधनको गति नियन्त्रण गर्ने, ट्राफिक नियमको पनि पालना गर्ने भएकाले दुर्घटना हुने सम्भावना कम हुने महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले बताए । कारोबार दैनिकबाट

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto