नेपाल क्रिकेट संघ (क्यान) ले मुख्य प्रशिक्षक सहित महत्वपुर्ण पाँच पदका लागि दरखास्त आह्वान गरेको छ। साधारण सभमामार्फत नयाँ नेतृत्व चयन भएको एक वर्षपछि क्यानले महत्वपुर्ण रिक्त पदमा दरखास्त आह्वान गरेको हो।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) बाट अनुमति प्राप्त संस्था भएपनि क्यान लामो समय निस्क्रिय जस्तै बनेको थियो। क्यानले मुख्य प्रशिक्षक, महाप्रबन्धक, प्रमुख वित्त प्रबन्धक, क्रिकेट व्यवस्थापक र प्रदेश प्रशिक्षकका लागि आवेदन दिन आह्वान गरेको हो।

election adv.

प्रदेश प्रशिक्षक ७ जना र अन्य पदका लागि समान एक जनालाई छनोट गर्ने क्यानले जनाएको छ। योग्यता पुगेका उम्मेदवारले २० दिनभित्र आफ्नो व्यक्तिगत विवरणसहितको निवेदन क्यानको इमेलमा पठाउन सक्नेछन्।

थाहाखबरडटकमबाट

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto