तेस्रो जनक–सुदन स्मृति कप रनिङ शिल्ड खुला वडा स्तरीय भलिबल प्रतियोगिताको फाइनल खेल आज हुदैछ । खेलको आहा सञ्चार युट्युब च्यानलबाट प्रत्यक्ष प्रसारण हुने छ । (युट्युब च्यानल लिंकका लागि यहाँ क्लिक गर्नुहोस ) फाईनल खेल रुकुम भलिबल मुसिकोट ७ साँख र सिस्ने गाउँपालिका ६ रुकुम पूर्व भिड्ने छन् ।

रुकुम पश्चिम सदरमुकाम खलंगाको बराहटाकुरा टुँडिखेलमा बिहान १० बजेपछि फाइनल खेल हुने आयोजक रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रका अध्यक्ष तेज बुढाले जानकारी दिनुभयो । फाइनल अघि तेस्रो स्थानका लागि सानीभेरी ५ र बाँफिकोट गाउँपालिका २ बिच प्रतिस्पर्धा हुने छ ।

प्रतियोगिताको विजेताले १ लाख १५ हजार, उपविजेताले ७५ हजार, तेस्रो स्थान प्राप्त गर्नेलाई ५१ हजार र सान्त्वना स्थान प्राप्त गर्नेलाई २५ हजार रुपैयाँ सहित स्थान प्राप्त गर्ने सबै टिमलाई कप, मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको आयोजकले जानकारी दिएको छ । त्यसका साथै विधागत रूपमा उत्कृष्ट खेल प्रदर्शन गर्नेलाई समेत पुरस्कारको व्यवस्था गरिएको छ ।

फेसबुकमा प्रतिक्रिया दिनुहोस...