डिल्लीबहादुर खत्री
चौरजहारी
रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा औषधी ब्यवस्थापनको लागि सिल गरिएका निजि मेडिकल आइतबारदेखि खुल्ने भएका छन् । नगरपालिकाले स्वास्थ्य क्षेत्रमा अनुगमन गर्दा अवैध रुपमा सञ्चालन भएका मेडिकल सिल गरेको थियो । सिल गरेका मेडिकल सञ्चालकले औषधी ब्यवस्थापनको लागि नगरपालिकामा दिएको निवेदन अनुसार सिल खोल्न लागेको नगर स्वास्थ्य शाखाले बताएको छ ।
स्वास्थ्य शाखा सहसंयोजक डन्ड शर्माका अनुसार नगरपालिकाले सिल खोलेको १ हप्ता भित्र औषधि ब्यवस्थापन गरिसक्नुपर्ने छ । उनले भने मेडिकल सञ्चालकले औषधि ब्यवस्थापन सिल खोलिपाउँ भनेर नगरपालिकामा निवेदन दिनुपर्ने छ सोहि निवेदनको आधारमा मेडिकलमा लगाएको सिल खोलिनेछ । मेडिकल सञ्चालकले निवेदन नदिएमा भने सिल खोल्न सकिने छैन् । ‘अहिलेसम्म औषधी ब्यवस्थापनको लागि ४ वटा मेडिकल सञ्चालकले मात्रै निवेदन दिएका छन् ।’ सह संयोजक शर्माले भने । नगरपालिकाले स्वास्थ्यमा अनुगमन गर्दा केहि मेडिलहरु सिल गरेको थियो ।