कोभिड १९ ले विश्वका अधिकांश देशलाई प्रभावित पारेको छ । तर यी १० वटा देश अहिले फैलिएको महामारीबाट मुक्त छन् । तिनले के गरेर कोरोनाभाइरसलाई आफ्नो भूमिमा छिर्न दिएनन् र अहिले तिनको अवस्था कस्तो छ ?सबैको चासोपुर्ण बिषय बनेको छ । पलाउ विश्वभरिका १० देशमध्ये पर्छ जहाँ अहिलेसम्म एउटा पनि कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छैन। गत मार्च महिनादेखि नै पलाउका सीमा बन्द गरिएका छन्। तर एक जनामा पनि सङ्क्रमण नभईकनै भाइरसले यो देशलाई आघात पारिरहेको छ । पलाउ होटल मार्चदेखि बन्द रहेको छ । त्यहाँका रेस्टुराँ रित्ता छन्। कोसेली बेच्ने पसलहरू बन्द छन्। होटलका पाहुना भनेका स्वदेश फर्किएर क्वारन्टीनमा राखिएकाहरू मात्र छन्।

election adv.

होटल तथा अन्य व्यापार व्यवसाय नभएपनि कम्तीमा हालसम्म भाइरस छिर्न नसकेकोमा त्यहाँका स्थानीयहरु खुसि छन । त्यहाँका राष्ट्रपतिले हालै सेप्टेम्बर १ तारिखदेखि आवश्यक हवाई यात्रा सुरु गर्ने बताएका छन्। साथै ताइवानबाट पर्यटक ल्याउनेबारे कुराकानी भइरहेका छन्। मार्शल आईलन्ड्स पनि भाइरसमुक्त छ । तर पलाउजस्तै भाइरस नहुँदैमा प्रभाव नपरेको चाहिँ छैन। त्यहाँका होटलहरूको पनि हालत उस्तै छ । देशभरिमा ७०० जागिर गुम्ने ठानिएको छ । जुन सन् १९९७ यताकै खराब अवस्था हो । देशलाई कोभिडमुक्त पार्न सङ्क्रमित देशमा पुगेका पानीजहाजलाई फिर्ता हुन दिइएको छैन। इन्धन बोक्ने जहाज तथा कन्टेनर जहाजलाई पनि १४ दिन समुद्रमै क्वारन्टीनमा राखेर मात्र भित्रिन दिइएको छ । मार्शल आईल्यान्ड्सको मुख्य निर्यात मानिने अक्वेरीअममा राखिने माछाको निकासी ५० प्रतिशतले घटिसकेको बताइन्। सासिमी टुना माछाको निकासी पनि उत्तिकै घटेको छ। अन्य मत्स्य उद्योग यो वर्ष एकतिहाइले घट्ने ठानिन्छ ।

अर्को देश भानुआटु पनि भाइरसका कारण आर्थिक रूपमा प्रभावित भएको छ । उसको कुल गार्हस्थ्य उत्पादन १० प्रतिशतले घट्न सक्ने एशियाली विकास ब्याङ्कले जनाएको छ ।तीन लाख जनसङ्ख्या भएको भानुआटुको जनस्वास्थ्य कार्यालयका निर्देशक डा. लेन टारिभन्डा अहिलेका निम्ति कोभिडबाट जोगिनु नै उनीहरूको निम्ति उत्तम विकल्प हो भन्ठान्छन्। छोटकरीमा भन्दा तपाइँले भाइरसलाई बाहिरै राखेपनि त्यसको प्रभावलाई भने निमिट्यान्न पार्न सक्नुहुन्न। जसरी होस् कोभिड १९ ले सताएरै छाड्छ । स्रोत: बिबिसी

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto