डिल्लीबहादुर खत्री
चौरजहारी

बिगत लामो समयदेखि त्रिपालको घरमुनि बस्दै आएका चौरजहारी नगरपालिका वडा न. १२ कि गंगा केसिको परिवार नयाँ आर्थिक बर्ष देखि टिनको छाना मुनिको घरमा बस्न थाले । टिनको छाना भएको घरमा बस्न थालेपछि उनीमा खुसीको सिमा भएन् । उनी भन्छिन् हाम्रो परिवार लामो समयदेखि त्रिपालको घरमुनि बस्दै आएका थियो, यो बर्ष नगरपालिकाले घर बनाउने पैसा दिएपछि घर बनाएर टिनको छाना भएको घरमा बस्न लागेका छौँ ।
उनी भन्छिन् हाम्रो परिवारले जति काम गरेपनि साँझ बिहान छाक टार्न धौ धौ थियो, घर बनाउने सपना मात्र थियोे यो बर्ष सरकारले नै घर बनाएपछि मेरो परिवारको सपना पूरा भएको छ । कयौं बर्षा, घाम, जाडो त्रिपालको छाप्रोमुनि कटायौँ गंगा भावुक हुदै भन्छिन् अब ती दिन सम्झना मात्र हुनेछन् घर बनाउन सहयोग गर्ने सबैलाई सम्झिन्छु । गंगा मात्रै होइन वडा न. १० का निलकण्ठ परियार पनि घर बनाएकोमा खुसी छन् । यसअघि घरको एउटा कोठामा जहान भरी बस्थ्यौँ, नगरपालिकाले नयाँ घर बनाइदिए पछि नयाँ घरमा बस्छौँ निलकण्ठ भन्छन् नयाँ घरमा बस्न पाएकोमा खुसी छौँ । निलकण्ठ भन्छन्, ‘सरकारले ३ लाख पैसा दिएपछि नयाँ घर चार वटा कोठाभएको निर्माण गरेको छु, हामीलाई कसैले घर बनाइदेला भन्ने सोच्न सम्म सोचेका थिएनौं, गरिबको लागि पनि सरकार रहेछ भन्ने लाग्यो ।’ चौरजहारी नगरपालिकामा आर्थिक बर्ष २०७६०/७७ मा जनता आबासबाट २८ वटा नयाँ घर बनेका छन् । निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसीका अनुसार प्रत्येक घर ३ लाखको दरले बनेका छन् ।
उनले भने जनता आवासबाट बनेका सबै घर सम्पन्न भएर नयाँ घरमा बस्न लागिसकेका छन् । आर्थिक बर्षमा २८ वटा मात्र घर बनेका छन् । केसीले भने, ‘चालू आर्थिक बर्ष २०७७/०७८ मा नगरपालिकालाई खरको छाना मुक्त घर बनाउने गरि तयारी गरिरहेका छौँ, जसको लागि अहिले नगरपालिकामा खरको छाना भएका कति घरधुरी छन् भनेर वडा कार्यालयलाई तथ्यांक संकलन गर्न नगरपालिकाले सूचना जारी गरिसकेको छ ।’

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto