सत्य बटाला
रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाले आर्थिक वर्ष २०७६/७७ मा लक्ष्य भन्दा बढि राजस्व संकलन गरेको छ । यस आर्थिक ३ करोड ५० लाखको लक्ष्य लिइएकोमा लक्ष्य भन्दा बढि ३ करोड ६८ लाख ४९ हजार ५ सय ६८ रुपैँया संकलन गरेको हो । सबै भन्दा धेरै स्वास्थ्य क्षेत्रबाट ६१ लाख ५१ हजार ५ सय १० रुपैँया संकलन भएको नगरपालिकाका प्रशासन सहायक जयबहादुर बुढाले जानकारी दिए । यस्तै घर बहाल कर बाफत २४ लाख ३७ हजार ८ सय ६१ रुपैँया संकलन छ । कृषि तथा पशुजन्य बस्तुको व्यवसायिक कारोबारमा लाग्ने कर बापत १६ लाख ४५ हजार ६ सय १७ रुपैँया संकलण भएको बताईएको छ ।
भुमि तथा मालपोत कर बापत १४ लाख ३१ हजार २ सय १४ रुपैयाँ संकलन भएको छ । यस्तै बिभिन्न सिफारिसबाट १३ लाख ९४ हजार २ सय १७ रुपैँया संकलन भएको छ । दण्ड जरिवानाबाट ७ लाख ८८ हजार १ सय ११ रुपौया, नयाँ व्यवसाय दर्ताबाट ७ लाख १४ हजार ७ सय ९० रुपैँया, शिक्षा क्षेत्रबाट ७ लाख ६५ हजार २ सय रुपैँया संकलन भएको नगरपालिकाले जनाएको छ । यस्तै एकीकृत सम्पती कर बापत ४ लाख ५५ हजार ३ सय १६, नक्सापास दस्तुर बाफत २ लाख ५१ हजार १ सय ९४ रुपैया संकलन भएको छ ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto