आहा सञ्चार संबाददाता
रुकुम पश्चिमको त्रिबेणी गाउँपालिकाले ५ करोड बेरुजु रकम फछर्यौट गरेको छ । आर्थिक बर्ष २०७४÷७५ तथा त्यसअघिका बर्षमा महालेखा परिक्षकको कार्यालयबाट बेरुजु उल्लेख भएको रकम फछर्यौट भएको प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र रावलले जानकारी दिए ।
आफु त्रिबेणी गाउँपालिकामा आएदेखि बेरुजु घटाउनका लागि अधिकतम पहल गरिरहेको उनको भनाई छ । त्रिबेणी गाउँपालिकामा महालेखाको ५६ औं प्रतिबेदनमा ८ करोड बढी बेरुजु देखाएको थियो । त्यस्तै केहि साता अघि सार्बजनिक महालेखाको ५७ औं प्रतिबेदन अनुसार त्रिबेणी गाउँपालिकाको १ करोड ३८ लाख बेरुजु देखाएको छ । अघिल्लो प्रतिबेदन भन्दा यस बर्ष सार्वजनिक प्रतिबेदनमा त्रिबेणी गाउँपालिकाले बेरुजु रकममा ठुलो सुधार गरेको छ । यस बर्षको प्रतिबेदनमा उल्लेख गरेको धेरै रकम सैद्धान्तिक बेरुजु रहेको कार्यालयले बताएको छ । ‘यो बर्ष हाम्रोमा ६० लाख जति सैद्धान्तिक बेरुजु मात्र हुने थियोे तर कोरोनाले गर्दा प्रमाण पेश गर्न सकिएन’ प्रमुख प्रशासकीय अधिकृत रावलले भने, ‘अधिकांशमा सामान्य प्रमाण नपुगेर बेरुजुमा राखेको छ, आधा त यसै पाला आउने अडिटमा पेश गछौं ।’ महालेखा परिक्षकको कार्यालयले औल्याएको स्थानीय तहहरुको बेरुजु असुलउपर गर्नुपर्ने दायित्व प्रमुख प्रशासकीय अधिकृतको रहेको छ ।
फेसबुक प्रतिक्रियाहरु