आहा सञ्चार संबाददाता
नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा रुकुम पश्चिमले जिल्लाका बिभिन्न ठाउँमा पुगेर कोरोना रोकथामका लागि स्वास्थ्य सामाग्रीहरु प्रदान गरेको छ । कोरोना महामारीबाट बच्न आम नागरिकलाई सचेतना बनाउनुका साथै स्थानीय तह अन्तरगत रहेका बिभिन्न क्वारेन्टाईनमा बसेका ब्यक्तिहरुलाई स्वास्थ्य सामाग्री प्रदान गरिएको हो ।
जिल्लाका बाँफिकोट गाउँपालिका, सानीभेरी गाउँपालिका र चौरजहारी नगरपालिकाका बिभिन्न वडामा रहेका क्वारेन्टाईनमा बसेका ब्यक्तिहरुलाई कोरोना रोकथाम गर्न सहयोग पुग्ने खालका बिभिन्न स्वास्थ्य सामाग्री प्रदान गरिएको नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा रुकुम पश्चिमका मन्त्री टेकबहादुर खड्काले जानकारी दिए ।

उनका अनुसार क्वारेन्टाईनमा बसेका बिशेषगरी महिला, बालबालिका र बृद्धबृद्धालाई सहयोग गर्न मास्क, झुल, टर्च, लत्ताकपडा र ब्यक्तिगत सरसफाईका सामाग्रीहरु सहयोग गरिएको छ । त्यस्तै बालबालिकाहरुको लागि क्वारेन्टाईनको बसाई अवधीमा अण्डा तथा अन्य पोसिलो खानेकुराको पनि ब्यवस्था गरिएको छ । तीन वटा स्थानीय तहमा एक सय बढी ब्यक्तिलाई कोरोना रोकथामका सामाग्रीहरु प्रदान र यसबाट बच्ने उपायहरुको सचेतनामुलक पोष्टर पम्पलेटलाई ब्यापकता गरिएको रेडक्रसले बताएको छ ।
‘कोरोना रोकथामका लागि स्थानीय सरकारहरुले पनि काम गरिरहनु भएको छ त्यसलाई थप केहि सहयोग र सहजीकरण गरेका हौं’ मन्त्री खड्काले भने, ‘जिल्लाका तीन स्थानीय तहका बिभिन्न वडामा सहयोग गरेका छौं तर अन्य स्थानीय तहमा हाल सामुहिक क्वारेन्टाईनमा नबसेर आआफ्नो होम क्वारेन्टटाईनमा बसेका कारण सहयोग नगरिएको हो ।’ रेडक्रसले कोरोनाभाइरस रोकथाम र सचेतनाका गर्न स्वास्थ्यका लागि सामुहिक सहकार्य कार्यक्रम मार्फत सहयोग गर्दै आएको छ ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto