बिश्वप्रशिद्ध क्रान्तिकारी कवि तथा बुद्धिजिवि वरवर रावलाई बिनासर्त रिहा गर्न माग गरिएको छ । अन्तराष्ट्रिय लेखक तथा पत्रकार केन्द्रले उनको जीवन रक्षाका लागि समेत माग गरेको छ । केन्द्रका अध्यक्ष हस्तबहादुर केसीले एक बिज्ञप्ती जारी गर्दै यस्तो माग गरेका हुन । माओबादीको अभियोग लगाएर भारतीय प्रहरीले मुम्बई स्थित एक जेलमा २२ महिना देखि उनलाई हिरासतमा राखेको बताईएको छ ।
फेसबुक प्रतिक्रियाहरु