आहा सञ्चार संबाददाता
रुकुम पश्चिमका १० कृषक, समुह तथा सहकारीलाई पुरस्कृत गरिएको छ । पशु अस्पताल तथा पशु सेवा कार्यालय रुकुम पश्चिमले पुरस्कृत गरेको हो । मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कार जिल्ला स्तरमा छनौट भएका बिभिन्न ५ समुह सहकारीलाई प्रदान गरिएको छ भने पालिका स्तरीय पुरस्कार समेत प्रदान गरिएको छ । कृषकहरुको हौसला थप्न बिभिन्न ब्यक्ति, समुह तथा सहकारीलाई पुरस्कृत गरिएको कार्यालयका निमित्त प्रमुख ज्ञानुकुमार शर्माले जानकारी दिए । उनका अनुसार उक्त पुरस्कार मुसिकोट नगरपालिकाका नगरप्रमुख देबिलाल गौतम मार्फत एक कार्यक्रमका बिच बुधबार प्रदान गरिएको हो । माथी हेर्नुहोस पुरस्कृत हुने ब्यक्ति, समुह तथा सहकारीहरुको विवरण ।
फेसबुक प्रतिक्रियाहरु
