सत्य बटाला
रुकुम पश्चिमको आठबिसकोट नगर अस्पतालमा एक ब्यक्तिबाट अर्काे ब्यक्तिमा रगत दिने अर्थात रक्तक्षेपण कार्यको सुरुवात गरिएको छ । रक्तश्राव भएकी जाजरकोटकी एक महिलालाई रक्तक्षेपण गर्दै मंगलबारदेखि उक्त कार्यको सुरुवात गरिएको हो । ४ महिनाको गर्भखेर गएर अत्यधिक रक्तश्रव भएकी जाजरकोटको नलगाड नगरपालिका १० ध्यारगाउँकी ३२ वर्षिया धन कुमारी बि.क. मा रक्तक्षेपन गर्दै सो कार्यको थालनी गरिएको नगर अस्पताल प्रमुख तथा स्वास्थ्य तथा सामाजिक बिकास शाखा संयोजक मनिराज शाहले जानकारी दिए । उनका नगर अस्पतालमा बिरामी बिकको रक्त समुह उनका श्रीमान मन बहादुर बि.क सगँ मिले पछि श्रीमानको रगत श्रीमतीलाई चढाइएको हो । उक्त कार्यको थालनी भएसगैँ अव बिषेश गरि गर्भवती तथा सुत्केरी महिलाले राहत पाउने भएका छन ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto