आहा सञ्चार संबाददाता
संग्रालयको सामाग्री चोरीको आरोपमा ४ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा मुसिकोट नगरपालिका १, सल्ले बस्ने जगदिश परियार,सल्लेकै शक्ति बहादुर बुढामगर,
सल्यान शारदा नगरपालिकाका केशर थापा र सल्यान दार्मा घर भएर हाल रुकुम मुसिकोटमा बस्दै आएका लोकेन्द्र सुनार रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख ठगबहादर केसीले जानकारी दिए । उनका अनुसार मुसिकोट न.पा. वडा नं. १ सल्लेमा रहेको आदिवासी जनजाती सामुदायिक भवनको ताला फोडेर आदीबासी संग्रालयमा रहेको सुन चादीको गहना र ल्यापटप लगायतका सामाग्री करिब १ लाख ६५ हजार बराबरको चोरी भएका हो । उनीहरुलाई थप अनुसन्धान कार्य भईरहेको बताईएको छ ।
फेसबुक प्रतिक्रियाहरु
![Siddhartha Auto](https://aahasanchar.com/wp-content/uploads/2024/11/aaha-dijital-final.jpg)