रुकुम पश्चिममा थप एक जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार आएको परिक्षण रिपोर्ट अनुसार बांफिकोट गाउँपालिकाका ४८ बर्षिय एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । उनको स्वाब परिक्षण रुकुम पश्चिमको चौरजहारी प्रयोगशालामा भएको थियो । उनलाई अहिले जिल्ला अस्पताल रुकुम पश्चिमको आइसुलेशनमा राखेर उपचार भैरहेको कोरोना फोकल पर्सन इश्वर रावलले जानकारी दिए । उनका अनुसार यो संगै जिल्लाबाट कोरोना संक्रमित हुनेको संख्या १८ पुगेको छ ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto