डिल्लीबहादुर खत्री
रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा १० वटा स्वास्थ्य भवन निर्माणधिन अवस्थामा रहेका छन । नेपाल सरकारको सशस्त्र अनुदान ३ करोड ८० लाख बजेटले १० वटा भवन बनाउन लागिएको हो । स्वास्थ्य संस्था नभएका वडा न. १,२,३,४,६,८,९,१०१२,१३ मा नयाँ स्वास्थ्य भवन निर्माण गर्न लागिएको हो । प्रत्येक भवन ३८ लाखको दरले बनाउन लागिएको र आगामि आर्थिक बर्षमा सबै भवन सम्पन्न हुने स्वास्थ्य शाखा सहसंयोजक डन्डप्रसाद शर्माले जानकारी दिए । उनका अनुसार केही भवन ढलान भइसकेका छन् भने केहीमा ५० प्रतिशत काम भएको छ । सबै नयाँ स्वास्थ्य भवनमा आगामि आर्थिक बर्षको पहिलो चौमासिकबाट सेवा सुचारु गरिनेछ भने नयाँ स्वास्थ्य भवनमा आधारभुत स्वास्थ्य सेवा केन्द्र सञ्चालन गरिनेछ । उनका अनुसार सम्झौता अनुसार स्वास्थ्य भवन निर्माणको पहिलो किस्ता १४ लाख भुक्तानी भइसकेको छ भने बाँकी बजेट काम सम्पन्न भइसकेपछि भुक्तानी हुनेछ । अहिले वडामा स्वास्थ्य सेवा केन्द्र भाडामा सञ्चालन भइरहेका छन् जसको भाडा बार्षिक १ लाख ४५ हजार खर्च भइरहेको छ ।
फेसबुक प्रतिक्रियाहरु