सत्य बटाला
सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड उपशाखा कार्यालय रुकुम पश्चिमले आठबिसकोट नगरपालिकाका एक ब्यक्तिको परिवारलाई मृत्यु दावी रकम भुक्तानी गरेको छ ।
उक्त कम्पनीले नगरपालिका ३ स्याँलाखदिका मृतक प्रभा बोहराका श्रीमान गोपाल बोहोरालाई मृत्यु दावी रकम भुक्तानी गरेको हो । वडा नम्बर ९ राडिमा एक औपचारिक कार्यक्रमका बिच ८ लाख २ हजार ५ सय रुपैयाको चेक हस्तान्तरण गरिएको हो । मृतक प्रभाले २०७५ साल असार २२ गते सन नेपाल लाइफ इन्सोरेन्स कम्पनी लिमिटेड उपशाखा कार्यालय रुकुम पश्चिममा जीबन बिमा योजना सुरु गरेकी थिईन । उनको २०७६ साल भदौ २५ गते उपचारको क्रममा निधन भएको थियो । उनले ७ लाख ५० हजारको बिमा गरेकि थिईन भने बिमा गरिसकेपछि कम्पनीलाई २ किस्ता बाफतको ९९ हजार ९ सय २ रुपैयाँ मात्र बुझाईएको थियो ।
मृतक प्रभाको बिमांकन रकम ७ लाख ५० हजार, कम्पनीलाई बुझाएको २ किस्ताको ९९ हजार ९ सय २ रुपैँया र ५२ हजार ५ सय बोनस गरि जम्मा ८ लाख २ हजार ५ सय रुपैँयाको चेक उनका श्रीमान गोपाल बोहोरालाई नगरप्रमुख गोर्खबहादुर केसी र वडा नम्बर ९ का वडाअध्यक्ष तारकबहादुर शाहिको सहभागीतामा कम्पनीका रुकुम उपशाखा प्रमुख महेन्द बिकले हस्तान्त्रण गरेका हुन ।
फेसबुक प्रतिक्रियाहरु