आहा सञ्चार संबाददाता
रुकुम पश्चिमको एक सहकारीले जिल्लाका किसानहरुलाई टिमुरका बिरुवाहरु बितरण गरेको छ । रुकुम पश्चिम सल्ले स्थित संरक्षण बहुउदेस्सीय सहकारी संस्थाले टिमुरका बितरण गरेको हो । डिभिजन वन कार्यलय रुकुम पश्चिमको सहयोगमा सहकारीले व्यवसायिक रुपमा टिमुर खेति गर्ने व्यक्तिहरुलाई ९ हजार टिमुरको बिरुवा वितरण गरेको अध्यक्ष टेकबहादुर कुसारीले जानकारी दिए । उनका अनुसार सहकारीबाट जिल्लाका बिभिन्न ठाउँमा रहेका किसानहरुलाई टिमुरका बिरुवा बितरण गरेर व्यवसायिक टिमुर खेतीमा प्रोत्साहन गरिरहेको छ ।

फेसबुक प्रतिक्रियाहरु