देवी ओली
नेपालको संविधान कार्यन्वयनको चरणमा संवैधानिक व्यबस्था अनुसार समाजवादको आधार खडा गर्न चुनौति भइरहेको समयमा कोरोना भइरस उपस्थित भएको छ । बन्दाबन्दीको समयमा उद्योग धन्दा, व्यापार व्यवसाय र विद्यालयहरु ठप्प छन् । यस्तो अवस्थाबाट पुनः शुरु गर्दा समाजवादको जगबाट शुरु गर्न सक्ने वाताबरण बनेको छ । आज शिक्षामा एकरुपता कायम गर्नका लागि सरकारले विद्यालय यति लामो समय बन्द गरेको भए ब्यापक रुपमा जनविरोध हुन्थ्यो । त्यसकारण कोरोना भाइरसले दिएको समानताको सन्देशबाट समाजवादको जग बसाल्न सक्नुपर्छ । यो अवसरलाई पकडन नसक्ने हो भने भावि पुस्ताले क्षति ब्यहोर्नु पर्ने छ तसर्थ कोरोना भइरसको समानताको सन्देश आत्मासाथ गर्दै चुनौतिहरुलाई अवसरमा बदल्न तीन तहका सरकारले सक्नु पर्छ ।
विश्वब्यापी रुप लिएको कोरोना भाइरसको सन्देश
१, पैसा र सम्पत्ति धेरै भएपनि विपद्लाई टार्न नसकिंदो रहेछ ।
२, बर्गिय , क्षेत्रिय समानता प्रकृतिको अनिवार्य शर्त हो ।
३, सबै उमेर समुह का मानवलाई सम्मान र मायाँ चाहिन्छ ।
४, सबै मानव जातिहरु एक हुनुपर्ने आवश्यक छ ।
५, पहुँचका आधारमा कुनै पनि सेवा प्रदान गर्नु पनि अपराध हो ।
६, लामो हात तिखो आँखाले कहीं पुर्याउँदैन ।
७, सीमा नाघेर गरिने कार्यको सजाय आफ्नै आत्माले दिन्छ ।
८ असन्तुलित मानव क्रियाकलापको सन्तुलन प्रकृतिले नै गर्छ ।
९ आत्तिएर छिटो छिटो दगुर्न खोजे पनि प्रकृतिले आफ्नो गतिमा फर्काउँछ र कहीं पुगिदैन ।
सरकारको अवसरहरु
(१) स्वाथ्य सेवामा नागरिको पहुँच स्थापित गर्न स्वास्थ्यकर्मीहरुको संख्यामा उल्लेख्य रुपमा बृद्धि गर्ने ।
(२) आवश्यकता अनुसारको औषधि, उपकरण र पूर्वाधारको ब्यबस्था गर्ने ।
(३) तीन तहका सरकारहरुले संवैधानिक कार्यक्षेत्र अनुसार टोल स्तरसम्म बिस्तार गर्ने ।
(४) स्थानीय तहले स्वयंसेबिकाहरुलाई परिचालन गरी आधारभुत स्वस्थ्य सेवा प्रदान गर्ने ।
(५) शिक्षा प्रणालीमा परिवर्तन गरी व्यावसायिक बनाउने ।
(६) नीजी विद्यालयहरुलाई सरकारीकरण गरी एकरुपता कायम गर्ने ।
(७) निजी लगानी शिक्षामा होइन उद्योगमा र ब्यापारमा गर्ने वाताबरण बनाउने ।
(८) कृषि क्षेत्रमा मल , बीउ ,दाना ,औषधि र ढुवानीमा ६० प्रतिशत अनुदान दिने ।
