बलबहादुर खत्री
बाँफिकोट
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाको एक सहकारीले अनुदानमा मौरी पालक किसानलाई मौरी सहितका घार वितरण गरेको छ । वडामा रहेको मेलगैरी सहकारी संस्थाले मौरी सहितका घार अनुदानमा वितरण गरेको हो । वडामा मौरी पालनको राम्रो सम्भाबना भएकाले मौरी कृषकलाई थप व्यवसायिक गर्नको लागि ५० प्रतिशत अनुदानमा मौरीका गोला सहितका घार वितरण गरेको सहकारीले जनाएको छ । सहकारी संस्थाले सहकारीका शेयर सदस्य सहित अन्य मौरी पालक कृषकलाई पनी मौरीका गोला सहितका घार वितरण गरेको मेलगैरी सहकारी संस्थाका अध्यक्ष गोर्कण केसीले जानकारी दिए । सहकारीलाई कृषि ज्ञान केन्द्रले मौरी सहितका घार वितरणका लागि करिव ९ लाख बजेट दिएको थियो । वडामा वर्षेनी राम्रो मह उत्पादन हुने गरेको छ । वडाका मौरी पालक किसानले परम्परागत घारमा मह उत्पादन गर्ने गरेका छन । सहकारीले आधुनिक घारको प्रयोगलाई बढुवा दिने र मौरी पालन व्यवसायिकतामा जोड दिन घार वितरण गरियको हो । अहिले सम्म सहकारीका शेयर सदस्य सहित १९ जना कृषलाई मौरी सहितका घार वितरण गरिएको बताईएको छ ।
फेसबुक प्रतिक्रियाहरु