आहा सञ्चार संबाददाता
बाँठा फाउन्डेशनले रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकामा स्वास्थ्य शिबिर गर्ने भएको छ । यहि असार १७ गतेदेखि २६ गतेसम्म प्रत्येक वडामा पुगेर स्वास्थ्य सेवा दिन लागेको बताएको छ । फाउन्डेशनले सोमबार सदरमुकाम खलंगामा एक कार्यक्रमको आयोजना गरि यस्तो जानकाररी दिएको हो ।
प्रत्येक वडामा पुगेर कोरोना भाइरस तथा मौसमी रोग सम्बन्धी जनचेतनामुलक स्वास्थ्य चेकजाँच तथा परामर्श सेवा दिईने फाउण्डेशनका कार्यक्रम संयोजक दिपेश बाँठाले जानकारी दिए । उनका अनुसार शिबिरमा डा. सत्यम पाण्डेको नेतृत्वमा स्वास्थ्यकर्मीहरुको टोलि परिचालन गरिने छ । फाउन्डेशनले यसअघि रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाका स्वास्थ्य शिबिरको आयोजना गरि १२ सय बढी स्थानीयलाई सेवा दिएको बताएको छ ।
फाउन्डेशनले सामाजिक भावका साथ संस्थाका पदाधिकारीबाट उठेको रकम र सहयोगी दाताहरुको सहयोगमा शिबिरको खर्च ब्यवस्थपन गर्दै आएको बताएको छ । संकलन गरेर कार्यक्रममा फाउण्डेशनका अध्यक्ष नबराज बाँठाको अध्यक्षतामा भएको कार्यक्रममा बाँफिकोट गाउँपालिकाका प्रबत्ता तथा वडा नम्बर ८ का वडा अध्यक्ष मनराज केसी, फाउण्डेशनका सल्लाहकार जनककुमार बाँठा लगायतका अन्य पदाधिकारी सहित जिल्ला स्थित पत्रकारहरुको सहभागीता रहेको थियो ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto