आहा सञ्चार संबाददाता
रुकुम पश्चिमको चौरजहारी अस्पतालको आईसोलसेनमा कोरोना पोजेटिभ सल्यानका ११ जना भर्ना भएका छन । छिमेकीदेश भारतको गुजरातवाट आएका उनीहरुको पिसिआर रिपोर्ट पोजेटिभ आएपछि चौरजहारी अस्पतालको आईसोलेसन वार्डमा भर्ना गरिएको हो ।
जसमा सल्यान वनगाड कुपिन्डे गाउँपालिका वडा नम्वर ३ का २४ वर्षिय, २७ वर्षिय, २५ वर्षिय, ३० वर्षिय पुरुष, वडा नम्वर ४ का २० वर्षिय, २१ वर्षिय, २६ वर्षिय, २८ वर्षिय, २५ वर्षिय र ३० बर्षिय पुरुष रहेका छन । त्यसैगरी सोही गाउँपालिकाको वडा नम्वर ५ का २२ वर्षिय पुरुष पनि चौरजहारी अस्पतालको आईसोलेसन वार्डमा भर्ना भएको अस्पतालका मेडिकल डाईरेटर डाक्टर कालेव वुढाले जानकारी दिए । उनीहरु सवैको स्वास्थ्य अवस्था सामान्य रहेको पनि उनको भनाई छ । यसैविच सल्यान कुमाख गाउँपालिका निवासी एक पुरुष, चौरजहारी नगरपालिका रुकुम पश्चिमका एक महिला र एक पुरुष गरी ३ जना जरो र सास फेर्न गाह्रो भएका संकास्पद ब्यक्तिको पनि आईसोलसेनमा राखेर यसअघि नै उपचार भैरहेको वताईएको छ । उनीहरुको स्वाव संकलन गरी सुर्खेत प्रयोगशालामा पठाएको छ ।

election adv.
फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto