भारतबाट आएकालाई क्वारेन्टनाइनमा

Byआहा सञ्चार

२०७७ जेष्ठ २९, बिहीबार १८:२७ गते

बलबहादुर खत्री
बाँफिकोट

रुकुम पश्चिम बाँफिकोट गाउँपालिका वडा नम्बर २ ले रोजगारीको लागि भारत गएका वडाका ३६ जनालाई क्वारेन्टाइमा राखेको छ । जनकल्याण माध्यामिक विद्यालयमा निर्माण गरेको क्वारेन्टाइमा उनीहरूलाई राखेको वडा अध्यक्ष धन बहादुर खत्रीले बताए । त्यस्तै वडा नम्बर १ ले पनी भारतबाट घर आयका ९ जनालाई जनएकता आधाभूत विद्यालयमा निर्माण भएको क्वारेन्टाइमा राखेको छ । यसै बिच रकुम पर्व सिस्ने गाउँपालिका वडा नम्वर ३ ले पनि भारतबाट आयको ५२ जनालाई जनता माध्यमिक विद्यालयको क्वारेन्टाइमा वडा अध्यक्ष पशुपती खड्काले जानकारी दिए ।

फेसबुकमा प्रतिक्रिया दिनुहोस...