रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा रहेको चौरजहारी अस्पतालले आफ्नो अस्पतालको बिषयमा मिडियामा आएको समाचार प्रति ध्यानाकर्षण भएको बताएको छ । सोमबार अस्पतालले एक खण्डन प्रकाशित गर्दै ध्यानाकर्षण भएको बताएको छ । केहि मिडियामा आएको जस्तै प्रदेश सरकारबाट डेढ करोड रुपैयाँ पाएको अस्पतालले छिमेकी जिल्लाका कोरोना संक्रमित बिरामीलाई भर्ना नगरेको भनेर लेखिएको समाचार र प्रचार भ्रामक भएको भन्दै खण्डन गरेको हो । समाचारमा अस्पतालले डेढ करोड पाएको समाचार बाहिरिएपनि त्यो गलत भएको उल्लेछ गरिएको छ । खण्डनमा लेखिएको छ, ‘कर्णाली सरकार मन्त्रीपरिषदबाट १ करोड दिने निर्णय भएपनि हालसम्म समाचारमा उल्लेख भएको जस्तो १ करोड ५० लाख प्राप्त नगरेको कुरा जानकारी गराउदछौं ।’ अस्पतालमा कोरोना संक्रमितलाई उपचार नगरिएको समाचारमा पनि कुनै सत्यता नभएको उल्लेख गरेको छ । कोरोनाको जस्तै लक्षण देखिएका र क्वारेन्टाईनमा बसेका रुकुम र सल्यानका केहि बिरामीहरुलाई उपचारपछि घर पठाईएको र केहि उपचारक्रममा रहेको अस्पतालले बताएको छ । हेर्नुहोस यस्तो छ अस्पतालको खण्डन पत्र
फेसबुक प्रतिक्रियाहरु