मेगराज खड्का
रुकुम
यतिवेला विश्व मानव समुदाय कोरोना भाइरस (कोभिड १९ ) को महामारीमा संग लडिरहेको छ ।
संसारका सयौं देशहरु कोभिड १९ महामारीको कारण लकडाउनको अवस्थामा छन । संसारमा मानिसहरुको भिडभाड देखि व्यापार व्यावसाय ठप्प छ ।
भने कोरोना भाईरस महामारीलाई मध्यनजर गरी कतिपय अस्पतालहरु वन्द गरिएका छन ।
तर रुकुम पश्चिमको चौरजहारी अस्पतालमा भने नेपाल सरकारले लक डाउनको आदेश जारी गरेको दिन यता विभिन्न प्रकृतिका साढे १२ हजार विरामीले उपचार सेवा लिएका छन ।
रुकुम सल्यान र जाजरकोट जिल्ला वाट आएका विभिन्न प्रकृतिका समस्या भएका विरामीहरुले अस्पताल वाट स्वास्थ्य सेवा लिएका हुन ।
अस्पतालमा आकास्मिक सेवा अन्तरंग र वहिरंग सेवा लिने विरामीको संख्या १२ हजार ८ सय ५४ पुगेको अस्पतालका प्रशासक डिल वहादुर गिरीले जानकारी दिए । अस्पतालमा १६६ जना महिलाहरुले प्रसुति सेवा ९ सय ७४ जनाले आकास्मिक सेवा २ सय शिशुहरुले खोप सेवा लिएका छन ।
भने ३ सय ११ जनाको शल्यक्रिया गरिएको अस्पतालले वताएको छ । सामान्य समय भन्दा हाल ३० प्रतिशत विरामीहरुले अस्पताल वाट उपचार सेवा लिईरहेका छन । अस्पतालमा एपेन्डिसाईटीस सिसेक्सन र अन्य सामान्य तथा जटिल समस्या भएका विरामीहरुको शल्यक्रिया हुदैआईरहेको अस्पतालका मेडिकल डाईरेक्टर कालेव वढाले वताए । हाडजोर्जी,उच्चरक्त चाप,पेट दुख्ने ,नाक कान घाँटी,महिलाहरुको तल्लो पेट दुख्ने,लगाएतका समस्या भएका ६ हजार २ सय ८३ जना विरामीहरुले ओपिडी सेवा लिएका छन । अस्पतालको अन्तरंग वार्डमा भर्ना भएर ७ सय २३ जना विरामीहरुले उपचार सेवा लिएका छन । भने अस्पतालले स्थापना गरेको हेल्थ डेष्कमा ४ हजार १ सय ९७ जनाको स्वास्थ्य परिक्षण तथा उपचार सेवा प्रदान गरीएको वताईएको छ । यस अघि नै अस्पतालले कोभिट १९ को महामारीलाई लक्षित गरी १५ वेडको आईसोलेसन वार्ड भवन निर्माणको काम सम्पन्न गरीसकेको छ । क्वारेन्टाईनमा वसेका नागरिकहरु स्वास्थ्यकर्मिको निग्रानीमा रहेको र दैनिक रुपमा उन्ीहरुको स्वास्थ्य अवस्थाको वारेमा जानकारी लिने काम भैरहेको अस्पतालको भनाई छ । पछिल्लो समयमा भने अस्पतालमा उपचार सेवा लिन आउने विरामीहरुको संख्यामा वृद्ध भएको छ । अस्पतालमा दैनिक १ सय भन्दा वढी विरामीहरु आउने गरेका छन
। अस्पतालले कोभिड १९ को महामारीलाई ध्यानमा राखी जटिल प्रकृतिका विरामीहरु मात्र अस्पतालमा आउन सूचना जारी गरेको भएपनि अस्पतालमा आउने विरामीहरुको संख्यामा वृद्धि भएको अस्पतालका प्रशासक गिरीको भनाई छ । अस्पतालमा कार्यरत स्वास्थ्यकर्मिहरुकको टिम दिनरात खटेर विरामीहरुको सेवा लागेको उनको भनाई छ । अस्पतालमा उपचार सेवा लिन आउने विरामीहरुको भौतिक दुरीकायम गरी उपचार सेवा प्रदान गर्दै आईरहेको अस्पतालले वताएको छ ।
