रुकुम पश्चिम बाँफिकोट गाउँपालिका वडा नम्बर १० का युवा व्यवसायी हरि चन्दले रुकुम पश्चिमका पत्रकारहरुको लागि मास्क र स्यानी टाइजर सहयोग गरेका छन । कोरोना भाइरस कोभिड–(१९) को रिर्पोटिङमा खट्ने पत्रकार तथा सञ्चारगृहका लागि मास्क र स्यानीटाइजर सहयोग गरेका हुन । उनले २ थान एन–९५ मास्क, ३२ थान सर्जिकल मास्क र ५ सय एमएलका १० बोतल स्यानीटाइजर सहयोग गरेका हुन । कोरोना भाइरसको महामारीको बेलामा जोखिम मोलेर फिल्डमा काम गर्ने पत्रकारको लागि सहयोग गरेको चन्दले बताए । आवश्यक परेको खण्डमा थप सहयोग पनि गर्ने चन्दको भनाई छ । त्यस्तै नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशका महासचिव दिपेन्द्र शर्माले पनि रुकुम पश्चिमका पत्रकारलाई मास्क र सेनिटाईजर पठाएका छन । उनले एक सय थान मास्क र ५ सय मिलिलिटरको एक बोत्तल स्यानीटाइजर पठाएका हुन । प्राप्त मास्क र स्यानीटाइजर जिल्ला स्थित सञ्चार गृहलाई प्रदान गरिएको नेपाल पत्रकार महासंघ रुकुमका सचिव हरि गौतमले जानकारी दिए ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto

तिहारको शुभकामना । Happy Tihar


This will close in 20 seconds