आहा सञ्चार संबाददाता
रुकुम पश्चिमको त्रिबेणी गाउँपालिकाका बिभिन्न क्वारेन्टाइनहरुमा २ सय ४३ जना ब्यक्तिहरु रहेका छन । जसमा भारत लगायतका तेस्रो मुलकबाट आउने १ सय ४३ जना रहेको त्रिवेणी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र रावलले जानकारी दिए । उनका अनुसार अहिले गाउँपालिकाका बिभिन्न १३ वटा बिद्यालयलाई क्वारेन्टाइनको रुपमा विकास गरेर बाहिरबाट आउने ब्यक्तिहरुलाई व्यवस्थापन भैरहेको छ । गाउँपालिकाका २ सय ५४ जना ब्यक्तिहरु क्वारेन्टाईनको तोकिएको अवधी पुरा गरेर घर फिर्ता भैरहेका छन । क्वारेन्टाइनमा रहेका ब्यक्तिहरुको स्वाव परिक्षण कार्य जारी रहेको र एकदुई दिन भित्र सबैको परिक्षण कार्य सकिने पनि गाउँपालिकाले जनाएको छ । हेर्नुहोस त्रिबेणी गाउँपालिकाभर रहेका क्वारेन्टाइन स्थल र त्यसको विवरण

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto