आहा सञ्चार संबाददाता
रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाले कोरोनाभाइरस रोकथाम,उपचार तथा सचेतनाका लागि बिभिन्न उपायहरु अपनाईरहेको छ । हाल गाउँपालिकाका बिभिन्न ११ वटा बिद्यालयहरुलाई क्वारेन्टाइनको रुपमा विकास गरेर बाहिरबाट आउने ब्यक्तिहरुलाई व्यवस्थापन भैरहेको गाउँपालिकाका अध्यक्ष झक्कुप्रसाद घर्तीमगरले बताए । उनका अनुसार हाल गाउँपालिकाका बिभिन्न क्वारेन्टाइनमा १ सय ७८ जना रहेका छन भने जसमा ६६ जना भारतबाट आएका ब्यक्तिहरु हुन । भारतबाट आएका लगायतका अन्य सबै ब्यक्तिहरुको स्वास्थ्य अवस्था समान्य रहेको छ । हालसम्म चेकजाँच गरिएका कसैमा पनि कोरोना पोजिटिभ नदेखिएको गाउँपालिकाले बताएको छ । गाउँपालिकामा रहेका क्वारेनटाइन र त्यहाँ रहेको ब्यक्तिहरुको बिस्तृत विवरण हेर्न माथी गाउँपालिकाको सूचना हेर्नुहोला ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto