आहा सञ्चार संबाददाता
मुसिकोट नगरपालिका रुकुम पश्चिमले स्थापना गरेको मुसिकोट नगरपालिका स्थानीय तह प्रकोप ब्यबस्थापन कोषमा साढे तिन लाख बढी रकम सम्म भएको छ । सोमबार सम्म बिभिन्न १६ वटा ब्यक्ति तथा संस्थाहरुले रकम जम्मा गरेका छन । जसमा ५ हजार देखि ७५ हजार रुपैयाँ सम्म रकम जम्मा गरिएको मुसिकोट नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नरबिर खड्काले जानकारी दिए । कोरोनाभाईरस बाट सृजित परिस्थितिको सामाना गर्न नगरपालिकाले प्रकोप व्यवस्थापन कोष स्थापना गरेको थियो भने त्यसमा स्वच्छिक रुपमा रकम जम्मा गरिएको हो । कोषमा सबैभन्दा बढी मल्ल हार्डवयर एण्ड जनलर अर्डर सप्लायर्सले ७५ हजार रुपैयाँ सहयोग गरेको छ । त्यस्तै सोमबार मात्र रुकुम (पश्चिम)को मुसिकोट ४, सोलाबाङमा रहेको मिलन एग्रोभेट सेन्टरले २० हजार १ सय ५ रुपैयाँ नगद रकम जम्मा गरेको छ । उक्त सेन्टरका प्रोप्राइटर मोहनलाल केसी र एग्रोभट सेन्टर लगायत हालसम्म सहयोग गर्ने सबैलाई नगरपालिकाले धन्यवाद ब्यक्ति गरेको छ । यो सँगै मुसिकोट नगरपालिका स्थानीय तह प्रकोप ब्यबस्थापन कोषको खातामा ३ लाख ५५ हजार १ सय ५ रुपैयाँ जम्मा भएको छ । त्यस्तै अन्य ब्यक्ति तथा ब्यक्तिलाई पनि उक्त कोषमा सहयोग गर्न हार्दिक अपिल गर्दछौं । हालसम्म सहयोग गर्ने ब्यक्ति तथा निकायहरुको विवरण माथी नगरपालिकाको पत्रमा हेर्नुहोला ।
फेसबुक प्रतिक्रियाहरु